जनता टाइम्स

२८ बैशाख २०८२, आईतवार १४:३८

जनआन्दोलन समितिको बैठकस्थलबाट शिवसेनाका अध्यक्ष पक्राउ, अदालतको पुर्जी लिएर गएको थियो प्रहरी


काठमाडौं, बैशाख २८ । शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थलबाट बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले अदालतको पक्राउ पुर्जी बोकेर सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा आएका थिए । बस्नेतलाई पनि गत १५ चैतको राजावादी आन्दोलनमा संलग्न रहेको आरोप लगाइएको छ । चैत १५ को आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटको काममा बस्नेत संलग्न रहेको अनुसन्धानले देखाएको प्रहरीको दावी छ ।