जनता टाइम्स

१३ भाद्र २०७५, बुधबार १२:०७

ट्वीटरमा ब्ल्याक प्यान्थरको कीर्तिमान


बक्स अफिसमा राज गरेको हलिउड सुपरहिराे फिल्म ब्ल्याक प्यान्थरले ट्वीटरमा सर्वाधिक ट्वीट हुने फिल्मको कीर्तिमान बनाएको छ।हालसम्म उक्त फिल्मको बारेमा ३ करोड ५० लाखले ट्वीट गरिसकेको अंग्रेजी सञ्चारमाध्यमहरुले जनाएका छन्। ब्रायन कुगलर निर्देशित फिल्म ‘स्टार वारस्ः द फोर्स अवेकन्स्’ लाई पछि पार्दै ब्ल्याक प्यान्थर सर्वाधिक टुविट भएको फिल्म बनेको हो। फिल्मको बारेमा  अमेरिकन र्यापर तथा गीतकार केन्ड्रिक लामारको गीतसहितको पोस्ट २ लाख ४० हजार पटक रिट्वीट भएको छ। त्यसैगरी मिसेल  ओबामाको ट्वीट १ लाख ३९ पटक रिट्वीट भएको छ।