सोफिया स्मिथ गेलर
एक दिन सरसको मेलबक्समा अपरिचित केटीको इमेल आयो । अपरिचित व्यक्तिले सोधेकी थिइन् ‘के म कुमारी नै छुँ ?’ सर्रासले पहिलो पटक यस्तो तस्विर देखेकी थिइन्, जसलाई उनले ‘वेजिना सेल्फी’ नाम दिएकी थिइन् । त्यतिबेला उनले कसरी जवाफ दिने भन्ने बुझेकी थिइनन् ।
त्यतिबेला सरस अरबी भाषामा ‘लभ म्याटर्स’ नामको फेसबुक पेजको एडमिन थिइन् । यो फेसबुक पेज मार्फत सामाजिक सञ्जालमा सम्बन्ध र यौन सम्बन्धि शिक्षा अरबी भाषामा दिइन्छ ।
सर्रासले भनिन्, ‘अपरिचित व्यक्तिले आफू अहिलेसम्म रिलेशनशिपमा रहेको र अहिले उनको इन्गेजमेन्ट हुन गइरहेको बताएकी थिइन् । उनी आफ्नो भर्जिनिटी टुटेको छैन भनेर पहिले नै पक्का गर्न चाहन्थिन ।’
यति भनिसकेपछि सारस केही बेर रोकिएर भन्छिन्, ‘मलाई यो ’मफ्तुहा’ शब्द धेरै घृणा लाग्छ । हाइमेन (योनि झिल्ली) ‘खोलिएको छ’। ’
वास्तवमा, अपरिचित केटीले सरसलाई सोध्न खोज्दै थिइन् कि उनले आफ्नो हाइमेन देखिनन् ? उनीहरूले यकिन जानकारी दिनै पर्छ कि उनी कुमारी नै छन् । किनभने उनीहरूको समाजमा विवाहको समयमा कुमारी हुनुको दबाब धेरै हुन्छ । उनले बिहेपछि श्रीमानले आफू कुमारी भएको प्रमाण हेमेन फुटेको रगतको रुपमा हेर्न चाहेको बताएकी थिइन् ।
केटीको हाइमेन केही नभएकोे भएमा अहिलेसम्म यौनसम्पर्क नगरेको र कुमारीत्व सुरक्षित रहेको विश्वास गरिन्छ । तर, २०१८ मा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भर्जिनिटी जाँच गर्ने यस विधिलाई मानवअधिकारको उल्लंघन भएको बताएको थियो ।
केटीहरूको यस्तो परीक्षण धेरै तरिकाले गर्ने गर्छन् । उदाहरणका लागि, योनी छोएर, हाइमेन जाँच गर्न वा योनिको लचिलोपन हेरेर वा हनिमुनमा सेक्स पछि तन्नामा परेको रगतको दाग देखेर आफन्तहरूलाई देखाउने ।
यद्यपि यसको कुनै वैज्ञानिक आधार छैन र कुमारीत्व कुनै वैज्ञानिक तर्क बिनाको एक सामाजिक मिथक हो, तैपनि संसारभरका करोडौं मानिसहरू विश्वास गर्छन् कि कुनै पनि महिलाको यौन सम्बन्धको इतिहास उनको हाइमेनबाट थाहा हुन्छ ।
पहिलो पटक पुरुषसँग सम्बन्ध राख्दा केटीको योनीबाट रगत निस्कन्छ भन्ने लाखौं मानिसको विश्वास छ । स्पष्ट रूपमा यी मध्ये कुनै पनि सही छैन । तैपनि हामी सबै समाज र धर्महरूमा यस्ता अन्धविश्वासहरू पाउँछौ ं।
मेरो पुस्तक ‘लुजिङ इटः सेक्स एजुकेशन फर द २१ औं शताब्दी’ मा मैले हाइमनको यो मिथकलाई विस्तारित गर्ने प्रयास गरेको छु । यसमा सरसजस्ता व्यक्तिले सोध्ने प्रश्नको जवाफ खोज्ने प्रयास गरिएको छ ।
यस्तो मिथक कहिले, कहाँ र कसले सिर्जना र प्रवद्र्धन गरेको बताइन्छ । शताब्दीयौंदेखि चलिआएको यो मान्यताको पछाडि वैज्ञानिक अनुसन्धानको कमी छ कि छैन भन्ने पनि बताइएको छ ।
यद्यपि, मैले फेला पारे कि हाइमेनसँग सम्बन्धित मिथकहरू तोड्न धेरै वैज्ञानिक अनुसन्धानहरू गरिएको छ । तर मैले यो पनि सिकें कि धेरै डाक्टरहरूले पहिलो पटक फुटेको हाइमेन र रगत बग्ने विचारलाई बढावा दिन्छन् ।
जनताले चुनेका कयौं सदनले पनि यस्ता कुरामा आफ्नो छाप लगाएका छन् । संसारका यस्ता धेरै क्षेत्रमा हाइमेनको सही जानकारीलाई यौन शिक्षामा पूर्णतया बेवास्ता गरिन्छ ।
हाइमेन भनेको के हो?
हाइमेन, वा योनि कोरोना, तन्तु वा तन्तुको सानो भाग हो, जुन योनिको खोलको छेउमा पाइन्छ । निर्दोष जस्तो देखिने यो सानो टिस्युको बारेमा यति धेरै अनावश्यक र गलत कुराहरू भनिन्छ भनेर पत्याउन सकिँदैन ।
हाइमेनको अस्तित्व र यसको उपयोगिताको बारेमा वैज्ञानिक समाजमा धेरै भिन्नता छ ।
के यो हाम्रा स्तनधारी पुर्खाहरूबाट विरासतमा आएको हो जो पानीबाट जमिनमा आएका थिए् ? के नवजात शिशुको दिसामा पाइने ब्याक्टेरियालाई योनीमा पस्नबाट रोक्नको लागि हाइमन हो ? आखिर प्रकृतिले किन बनायो, यसको उत्तर कसैलाई थाहा छैन ।
मांसपेशीको यो सानो टुक्राको प्रयोग केही अन्य जीवहरूको पोथी जातिमा पनि पाइन्छ । उदाहरणका लागि, ‘गिनी पिग’ को हाइमेन तिनीहरूको प्रजननको लागि समय आउँदा पग्लिन्छ । र त्यो चरण समाप्त भएपछि, हाइमेन फेरि पलाउँछ । तर, हाइमेनको यस्तो चमत्कार मानिसमा देखिएको छैन ।
महिलाको हाइमेन धेरै प्रकारको हुन सक्छ । जुन तस्बिरहरू माथि कुँदिएका छन्, धेरै महिलाहरूले यो उमेरको कुनै पनि अवधिमा देखेका हुदैनन् । यो तस्विरले हाइमेन कस्तो देखिन्छ भनेर देखाउँछ ।
हाइमेनले योनिको मुख बन्द राख्छ भन्ने धेरैको गलत धारणा हो । यदी यस्तो हुन्थ्योे भने महिलाहरुको महिनावारी हुदैन थ्यो भन्ने उनीहरुलाई थाहा छैन ।
यद्यपि कतिपय महिलाको हाइमेनले आफ्नो योनिको मुख बन्द राख्छ र त्यस्ता महिलाहरूले शल्यक्रिया गरेर योनीको मुख खोल्न सक्छन् ।
यसको सट्टा, अधिकांश महिलाहरूको हाइमेनको आकार अर्धचन्द्राकार वा अर्ध गोलाकार हुन्छ । तिनीहरूको मोटाई पनि फरक हुन सक्छ । उमेर संगै, यो हाइमेन पनि परिवर्तन हुन्छ ।
कतिपय महिलाको योनिमा यो हुँदैन वा कतिपय महिलाहरु यौनसम्पर्क गर्ने उमेर पुग्दासम्म यो पूर्ण रुपमा गायब भइसकेको हुन्छ ।
त्यसो त यो झिल्ली धेरै प्रकारका गतिविधिहरूको कारण च्यातिन्छ । यो धेरै पटक व्यायाम गर्दा वा महिनावारीको समयमा च्यातिन सक्छ । र हो, यो सम्भव छ कि सेक्स गर्दा हाइमेन फुट्न सक्छ ।
तर यसको मतलब यो होइन कि तपाईले महिलाको यौन सम्बन्धको इतिहास उनको हाइमेन हेरेर बताउन सक्नुहुन्छ ।
उदाहरणका लागि, ३६ गर्भवती किशोर किशोरीहरूमा २००४ को अध्ययनले पत्ता लगायो कि केवल दुई केटीहरूसँग यौन सम्बन्धको बलियो प्रमाण थियो ।
सन् २००४ को अर्को अध्ययनले यौन सम्पर्क गर्ने ५२ प्रतिशत किशोरहरूले यौनसम्पर्क गरेपछि पनि ‘हाइमेनमा कुनै फरक महसुस नगरेको’ बताएका छन् ।
निस्सन्देह, हामीले सेक्स नगरेको प्रमाणको रूपमा हाइमेनको उपस्थिति र यौन सम्पर्कको प्रमाणको रूपमा यसको अनुपस्थिति देख्न सक्दैनौं ।
तन्नामा रगतलाई विश्वभर भर्जिनिटी परीक्षणको विधि मानिन्छ । यो कुरा पनि झुटमा आधारित छ । धेरै केटीहरूको हाइमेन पहिलो पटक तान्दा रगत बग्छ । यो तब हुन्छ जब त्यहाँ झटका लाग्छ ।
तर, जबरजस्ती यौनसम्पर्क गर्दा वा यौनसम्पर्क गर्दा भिज्ने अवस्था नभएको अवस्थामा मात्र योनीबाट रगत निस्कन्छ ।
पहिलो पटक यौनसम्पर्क गर्दा रगत निस्कन पनि सक्छ, नआउन पनि सक्छ । यौनसम्पर्कका क्रममा योनीबाट रगत बग्नुका धेरै कारण हुन सक्छन् । उदाहरणका लागि, तनावका कारण, यौनसम्पर्कका लागि पूर्णतया तयार नहुने वा संक्रमण जस्ता अवस्थाका कारण पनि योनिबाट रगत निस्कन सक्छ ।
जब एक डाक्टरले आफ्ना ४१ जना सहकर्मीलाई पहिलो पटक यौनसम्पर्क गर्दा रगत बगेको थियो ? भनेर सोध्दा ६३ प्रतिशतले यो प्रश्नको जवाफ ‘थिएन’ दिएका थिए ।
तर, अझै पनि केटीहरूको कुमारीत्वलाई ठूलो महत्त्व दिइने र उनीहरूको यौनसम्पर्कको अनुगमन गर्ने देशहरूमा त्यस्ता वैज्ञानिक तर्कहरू गर्ने धेरै ठाउँ रहेको देखिँदैन ।
टर्कीको डिच्ले विश्वविद्यालयमा सन् २०११ मा गरिएको एक अध्ययनले ७२ प्रतिशत केटीहरू र ७४ प्रतिशत विद्यार्थीहरूले हाइमेन कुमारीत्वको प्रतीक हो भनी विश्वास गरेका थिए । उक्त अध्ययनमा संलग्न ३० प्रतिशत पुरुषले विवाहको दिन परिवारलाई ‘रगतले भरिएको चादर’ देखाउनुपर्ने बताए ।
यस्ता मिथकहरूले महिलाहरूलाई राम्रो यौन स्वास्थ्यबाट वञ्चित गर्छ । यी मिथकहरू उनीहरूको आफ्नै यौन पहिचानको खोजीमा बाधा बन्छन् र यौन सम्बन्धमा तनाव पनि निम्त्याउँछन् ।
इजिप्टको गिजामा भएको एक समाजशास्त्रीय अध्ययनमा संलग्न अधिकांश महिलाले हनिमुनमा निकै तनावमा रहेको बताए । यौनसम्पर्कका क्रममा उनलाई धेरै पीडा र एक किसिमको डर भयो र त्यसपछि पनि उनी सामान्य अवस्थामा आउन सकिनन् । यसको कारण हाइमेन र अविवाहितको बारेमा फैलिएको मिथक थियो ।
सन् २०१३ मा युनिभर्सिटीका विद्यार्थीहरूबीच गरिएको एउटा अध्ययनमा ४३ प्रतिशत महिलाले हनिमुनमा सेक्स गर्दा रगत बग्दैन भन्ने डरले विवाहअघि यौनसम्पर्क गर्न नचाहेको बताए ।
२०१७ मा लेबनानमा गरिएको अर्को अध्ययनमा, ४१६ महिलाहरू मध्ये लगभग ४० प्रतिशतले आफ्नो हाइमेनलाई जीवित राख्न विवाह अघि केवल गुदा वा मुखमैथुन गरेको बताए ।
मेरो अनुसन्धानमा मैले अनगिन्ती अनलाइन पोष्टहरू फेला पारे जसमा महिलाहरू डराउँछन् कि यदि उनीहरूले हस्तमैथुन गरे पनि उनीहरूको योनि झिल्ली फुट्छ । उनी हाइमेनको बारेमा यति डराएकी थिइन् कि उनले उसलाई छुने हिम्मत गगरिनन् ।
हाइमेनको बारेमा यी मिथकहरूले महिलाहरूको यौन स्वास्थ्य र उनीहरूको समानताको अधिकारलाई मात्र असर गर्दैन, तिनीहरूको न्याय प्राप्त गर्ने बाटोमा बाधा पनि बन्न सक्छ ।
पाकिस्तानले हालै बलात्कारका घटनामा भर्जिनिटी परीक्षणमा प्रतिबन्ध लगाएको छ । धेरै देशहरूमा, विशेष गरी एसिया, मध्य पूर्व र उत्तर र दक्षिण अफ्रिकामा, महिलाहरूलाई अझै पनि कुमारीत्वको लागि स्क्रिनिङ गरिन्छ ।
यति मात्र होइन, विश्वभरका यस्ता धेरै डाक्टरहरूले ती महिलाको हाइमेनलाई शल्यक्रिया गरेर जोड्ने निकै नाफामुखी व्यवसाय पनि गरिरहेका छन् । हाइमेन रिपेयर गर्ने अधिकांश महिलाहरू हुन् जसले विवाहअघि यौनसम्पर्क राख्छन् र थाहा पाउछन् भनेर डराउँछन् ।
मैले यो पुस्तक लेख्नुभन्दा एक वर्ष अघि, र २०२२ मा, बेलायतका राजनीतिज्ञहरूले भर्जिनिटी परीक्षणलाई गैरकानूनी घोषणा गरे, मैले लन्डनका सर्जनलाई कौमार्य परीक्षणको बारेमा इ–मेल गरे ं।
उनीहरूको सहायकले तपाईको हाइमेन स्वस्थ छ भने तीन सय पाउण्ड (लगभग ३० हजार रुपैयाँ) शुल्क तिरेर तपाईको हाइमेन स्वस्थ भएको मेडिकल रिपोर्ट लिन सकिने बताए ।
र यदि हाइमेन च्यातिएको छ भने, मैले हाइमेन मर्मत शल्यक्रियाका लागि छ, ४०० पाउन्ड (रु. ६३ लाख) खर्च गर्नुपर्नेछ । त्यस पछि म यस्तो रिपोर्ट प्राप्त गर्नेछु ।
आज बेलायतमा हाइमेन मर्मत गर्ने शल्यक्रियामा प्रतिबन्ध लगाउने कानुनमाथि संसदमा बहस भइरहेका बेला केही शल्यचिकित्सकहरूले बेलायती भूमिमा यो सेवा दिएर नाफा कमाउन अन्तिम क्षणसम्म प्रयास गरिरहेका छन् ।
लन्डनका एक शल्यचिकित्सकले अनलाइन दाबी गरे कि हाइमेन मर्मत गर्नु ‘महिलाका लागि उपयुक्त हुन सक्छ जसको योनि यौन वा अन्य कुनै गतिविधिले क्षतिग्रस्त भएको छ ।’
तर प्रश्न यो छ, जब हाइमेनको प्रयोग नै छैन भने शल्यक्रिया गरेर मर्मत गरेर के फाइदा हुन्छ ?
संसारका सबै भागका डाक्टरहरूले त्यस्ता झूटहरूलाई प्रचार गर्छन् । एक लेबनानी शल्यचिकित्सकले ‘हिम्नोप्लास्टी गरेर एक महिलालाई उनको कुमारीत्व फर्काउने’ दाबी गरे ।
न्युयोर्कमा बसेका अर्का सर्जनले ‘हाइमेनोप्लास्टी भनेको हाइमेनलाई उही कुमारीत्वमा फर्काउनको लागि हो’ भनी दाबी गरे ।
त्यसोभए तपाईंले हाइमेन वा योनि झिल्लीको यो मिथकलाई कसरी हटाउनुहुनेछ ? यसका लागि केही अनुसन्धानमा फर्केर सुरु गर्न सकिन्छ ।
यसका लागि भर्जिनिटी जाँच गर्ने र डाक्टरहरूलाई मानिसहरूलाई भ्रममा पार्ने काम रोक्न पनि कदम चाल्न सकिन्छ ।
कुरा के हो भने यस्ता धेरै विचारहरू एउटा पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण मात्र हुँदैनन्; बरु, कहिलेकाहीँ उनीहरूलाई यस्ता विचारहरू पनि दिइन्छ, जुन वैज्ञानिक तथ्यहरूसँग मेल खादैनन् ।
यदि तपाइँ कुमारीत्वको सांस्कृतिक विचारमा विश्वास गर्नुहुन्छ र त्यसको साथमा लैङ्गिक असमानताको विचारलाई समर्थन गर्नुहुन्छ भने, तपाइँको विचारमा परिवर्तन ल्याउन समाजमा क्रान्ति आवश्यक छ ।
केही मानिसहरू सोच्छन् कि यो मिथकलाई सदाको लागि हटाउने एउटा तरिका यसको नाम परिवर्तन गर्नु हो । केही अनुसन्धानमा यो पत्ता लागेको छ कि यदि हाइमेनको नाम परिवर्तन गरियो भने, यसको बारेमा मानिसहरूको सोच परिवर्तन गर्न सकिन्छ ।
२००९ मा, स्वीडिश एसोसिएसन अफ सेक्शुअलिटी एजुकेशनले हाइमेनको लागि आफ्नो शब्द ‘मोडोमसिन्ना’ लाई ‘योनि कोरोना’ वा ‘स्लिडक्रान्स’ मा परिवर्तन गर्ने निर्णय गर्यो ।
उनले यो शब्द जताततै प्रयोग गर्न थाले । त्यसपछि यो नाम हरेक प्रकारको कुराकानीमा प्रयोग हुन थाल्यो । करिब १० वर्षपछि अनुसन्धानकर्ता क्यारिन माइल्सले सर्वेक्षणमा सहभागी ८६ प्रतिशत पेशेवरहरूले आफ्नो क्लिनिक र कक्षाकोठामा ‘योनि कोरोना’ शब्द प्रयोग गरिरहेको पत्ता लगाए ।
यद्यपि २२ प्रतिशत युवाहरूले मात्र यो नाम सुनेका थिए, तिनीहरूमध्ये धेरै थोरै थिए जसले हाइमनलाई परम्परागत पुरुषवादी सोचको दृष्टिकोणबाट हेरेका थिए ।
यी शब्दहरू प्रयोग नगर्ने धेरै व्यक्तिहरूले पनि स्वीडेनको एसोसिएसनका सेक्स सम्बन्धी पर्चाहरू जस्तै दोहोर्याउँदै थिए ।
यो नयाँ शब्द नबुझेका केही चुनिएका पनि धेरैले ‘मोडोमसिन्ना’ लाई ‘मिथक’ भनेका छन् । धेरैले यो सोच धेरै पुरानो भएको पनि भनेका छन् वा पहिले मान्ने गर्थे तर अहिले छैन ।
जाहिर छ, यो परिवर्तन भाषाले मात्रै रातारात ल्याउन सकिँदैन । तर यो राम्रो सुरुवात हो । धेरै अंग्रेजी बोल्ने देशहरूमा सेक्स सिकाउने धेरै व्यक्तिहरू छन्, जो अंग्रेजीमा पनि हाइमेनको सट्टा ‘योनि कोरोना’ भनिन्छ भन्ने विश्वास गर्छन् ।
अङ्ग्रेजी शब्द हाइमेन ग्रीक देवता हाइमेनबाट आएको हो, जो विवाहको देवता हुन्थ्यो । तर यस झिल्लीको वरिपरि बुनेको मिथकले हाइमेन शब्दलाई ठग बनाएको छ ।
यद्यपि स्विडिसहरूले हाइमेनको लागि आफ्नो शब्द मात्र परिवर्तन गरेनन्, उनीहरूले युवा मानिसहरू र पेशेवरहरूलाई पनि व्याख्या गर्न सक्षम थिए किनभने उनीहरूले शब्द परिवतित थियो ।
आज, जब विश्वभरका सरकारहरूले भर्जिनिटी स्क्रिनिङ र हाइमेन मर्मत शल्यक्रियाहरूमा प्रतिबन्ध लगाइरहेका छन् । उनीहरूले यी प्रतिबन्ध लगाउनाका कारण र तर्कलाई कक्षाकोठामा लैजान र युवाहरूलाई शिक्षित गरे झन उत्तम हुनेछ ।
सायद यस तरिकाले हामी त्यस्ता खतरनाक मिथकलाई पुनः उत्पन्न हुनबाट रोक्न सक्छौ ं। (बिबिसी हिन्दीबाट)
प्रतिक्रिया दिनुहोस्