जनता टाइम्स

१३ असार २०८२, शुक्रबार १३:३९

१२ वर्षीया बालिका बलात्कार आरोपमा एक भारितय पक्राउ


काठमाडौं, १३ असार । सुर्खेतमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार लोकेन्द्रपुर घर भएका २२ वर्षीय मन्टु कुमार छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
मन्टु कुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यसैगरी २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके नेपालगंज उपमहानगरपालिका–२ पुष्पलाल बस्ने दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ घर भएका ३३ वर्षीय वीरेन्द्र शाहीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।