प्रहरी प्रशासनलाई पटकपटक लामिछानेलाई छुटाउन दबाब दिइरहरयो । साथै नेपालका सञ्चारकर्मीहरु पनि सबै लामिछाने कै पक्षमा लागे । लामिछानेसँग पैसा, शक्ति र मिडिया सबै थियो र उनले यसकै आडमा न्याय नै किने । साथै लामिछानेलाई प्रहरीले समातेको २४ दिनमा नै तारिखमा छुटायो । यता पुडासैनीको पक्षमा न त जनता नै थिए त न सञ्चारकर्मी नै । पत्रकार महासंघ, नागरिक समाज, बुद्धिजीवि, मानव अधिकारकर्मी, आफन्तजनक वा नुवाकोटबासीहरु समेत उनले न्याय पाउनुपर्छ भनेर सडकमा आएनन्
रुषा थापा
नेपालका राजनितिक दलको कार्यकर्ता आन्दोलन गर्दा मरेमा वा प्रहरीले समातेमा बन्द हडताल, तोडफोड, गाडी बन्द र सडक आन्दोलन गर्ने गरिन्छ । साथै राजनितिक दलको कार्यकर्ता मरेमा राजनितिक दलले सरकारलाई दबाब दिने गर्छ र सरकारले पनि उसलाई सहिद घोषण गरेर १० लाख क्षतिपूर्ति दिने गर्दछ । यता सवारीसाधनको ठक्करबाट कुनै मानिस मरेमा विघार्थी संगठन वा विभिन्न मानिसहरुले आन्दोलन, आगालागी र तोडफोड गर्ने गर्छ ।
यसरी आन्दोलन, तोडफोड र हडताल गरेमा यातायात व्यवसायीले पनि मरेका मानिसको आफन्तलाई १० लाख दिने गर्छ तर आन्दोलन वा तोडफोड गर्न नसक्नेको आफन्तलाई एक लाख मात्रै दिने गर्दछन् । यता पार्टीको कार्यकताले ठुलो गल्ती गरेर प्रहरीले उसलाई समात्यो भनेपनि राजनितिक दलको दबाबमा वा आर्थिक लेनदेनमा उनीहरुलाई छोड्दिने गरिन्छ ।
तर उता बाटोमा हिडिरहेका सिधासाधी जनताले केही गल्ती नगरेमा पनि प्रहरीलाई रिस उठीरहेको छ भने बिना कसुर नै सजाय दिने गरिन्छ । कोहीको आफन्त मरेको छ र उसले न्याय र क्षतिपूर्ति पाएको छैन भने मरेको मानिसको आफन्त , नागरिक समाज, मानव अधिकारकर्मी, विघार्थी संगठनहरु सबै जना न्याय र क्षतिपूर्तिको मागमा सडकमा उत्र्रिने गर्छन् । साथै यता प्रहरीले अपराधीलाई समात्न नसकेको भनेर जनताहरु पनि सडकमा आन्दोलन गर्छन् र सञ्चारकर्मीहरुले पनि उनीहरुलाई साथ दिने गर्दछ ।
त्यस्तै सरकारले पनि अपराधीलाई कानुनको दायरामा ल्याउन मद्त गर्दछ र उनीहरुले न्याय र क्षतिपूर्ति पाएर नै छोड्छन् । यस्ता घटनाहरु धेरै रहेका छन् र हामी सबैले देखेका पनि छौँ । तर यहाँँ त ठयाक्कै एउटा उल्टो घटना भएको छ । केही वर्षअघि शालिग्राम पुडासैनीले रुदैँ भिडियो बनाउँदै आफुलाई मर्न बाध्य बनाएका अपराधीको नाम भिडियोमा खुलासा गरेका थिए ।
राज्यका चौथौं अंगसमेत रहेका पुडासैनीले मर्नुअघि आफ्नो अपराधीलाई समात्न सजिलो होस् भनेर आफ्नो सक्दो प्रयास गरे । उनले मर्नुअघि तयार पारेको भिडियोमा उनलाई मर्न बाध्य बनाउने व्यक्ति रवि लामिछानेको नाम स्पष्ट रुपमा खुलस्त गरिएको थियो । साथै लामिछानेले पटकपटक दिइरहेको दबाबका कारण उनी मर्न वा आत्महत्या गर्न बाध्य रहेका भनेर समेत भिडियोमा स्पष्ट रुपमा भनिएको थियो ।
लामिछाने गैरकानुनी काम गरेर अपुग सम्पत्ति कमाएको र पटकपटक धम्की वा दबाब दिइरहेको भन्दै पुडासैनीले मर्नुअघि रुदैँ भिडियो तयार पारेका थिए । यसरी पुडासैनीले भिडियो रिर्केड गर्नुको एउटै उदेश्य थियो । जुन थियो , सरकारलाई अपराधी समात्न सजिलो होस् ।
पुडासैनी मरेपछि त्यो भिडियो सञ्चारमाध्यमबाट धमाधम बाहिर आउनथाल्यो र प्रहरीले पनि अनुसन्धान अगाडी बढायो । पुडासैनीले मर्नुअघि बनाएको भिडियोकै आधारमा प्रहरीले पनि लामिछानेलाई समात्यो । तर यता लामिछानेलाई प्रहरीले समात्नेबित्तिकै लामिछानेका आफन्त वा संगठनहरुले सडक आन्दोलन गर्न थाले ।
यहाँ त एउटा र्निदोष मानिस तै कसैको दबाब सहन नसकेर मर्नुपर्ने अनि मर्न बाध्य बनाउने मानिस तै राजनितिक पार्टी खोलेर नेता बनेर हिड्ने । कस्तो देश हो यो हाम्रो । के यँही हो हाम्रो कानुन । गरिबलाई लाग्ने तर धनीलाई मानिस मारे पनि नलाग्ने ? प्रहरीलाई शंका लाग्ने बित्तिकै प्रहरीले मानिसलाई प्रमाणबिनै अनुसन्धानका लागि समात्ने गर्दछ र त्यस मानिसलाई अदालतबाट पटकपटक म्याट थपेर अनुसन्धानका लागि २४ दिनसम्म हिरासतमा राख्ने गर्छ साथै कुनै गल्ती नै गरेको छैन भनेपनि एउटा मुद्दा लगाएर जेल पठाउने गर्छ । तर पुडासैनीले त मर्नुअघि भिडियो रिर्केड गरेका थिए नि त । साथै उनले बनाएको त्यो भिडियो सक्कली नै थियो र मरेका मानिस पनि पुडासैनी नै थिए ।
प्रहरी प्रशासनलाई पटकपटक लामिछानेलाई छुटाउन दबाब दिइरहरयो । साथै नेपालका सञ्चारकर्मीहरु पनि सबै लामिछाने कै पक्षमा लागे । लामिछानेसँग पैसा, शक्ति र मिडिया सबै थियो र उनले यसकै आडमा न्याय नै किने । साथै लामिछानेलाई प्रहरीले समातेको २४ दिनमा नै तारिखमा छुटायो । यता पुडासैनीको पक्षमा न त जनता नै थिए त न सञ्चारकर्मी नै । पत्रकार महासंघ, नागरिक समाज, बुद्धिजीवि, मानव अधिकारकर्मी, आफन्तजनक वा नुवाकोटबासीहरु समेत उनले न्याय पाउनुपर्छ भनेर सडकमा आएनन् । पुडासैनी एक गरिब घरपरिवारमा जन्मिएका थिए र उनको घरपरिवारसँग पुडासैनीलाई न्याय दिलाउन सक्ने पहुँच वा आर्थिक रहेको थिएन । यता पैसाकै आधारमा कसैले न्याय नै किने त कसैले न्याय पाएनन् ।
साथै पुडासैनीका घरपरिवारहरुले कुनै पनि राजनितिक पार्टीको झोला पनि बोकेका थिएनन् । तर यसको विरोधमा बोल्ने र कलम चलाउने कोही भएन । पुडासैनी मरेको मरै भए तर उसलाई मर्न बाध्य बनाउने अपराधी आज राजनितिक पार्टी खोलेर हिडिरहेका छन् । अपराधीलाई न त जेल चलायन नै भयो न त पुडासैनीका घरपरिवारले न्याय र क्षतिपूर्ति नै पाए । अब अदालत र प्रहरी प्रशासनले भन्नुपर्छ, के पुडासैनीले मर्नुअघि बनाएको भिडियो पनि नक्कली थियो ? यदि नक्कली थियो भने प्रमाणित गर्नुपर्छ । होइन भने अपराधीलाई सजाय दिनुपर्छ ।
अहिले लामिछाने नेता भएर हिड्दा पुडासैनीका घरपरिवारको मन कति दुखेको छ होला ? यदि पुडासैनीको ठाउँमा हामी भएको भए र हाम्रो घरपरिवार यो अवस्थाबाट गुज्रिएको भए कस्तो हुन्थ्यो होला, आफैँ सौचौँ । लामिछानेको अगाडी नागरिक समाज, प्रहरी प्रशासन, पत्रकार, कानुन व्यवसाय, अदालत सबै झुके । झन् जनताहरु त पुडासैनीले न्याय पाउनुपर्छ भनेर न त सडक आन्दोलन गर्न नै उत्र्रिए न त उनको पक्षमा नै बोलदिए ।
लामिछानेको अगाडी सरकारदेखि जनतासमेत निरीह बने । अहिले अपराधी चितवन क्षेत्र नम्बर २ बाट स्वतन्त्र राष्ट्रिय पार्टीबाट चुनाव लड्ने तयारीमा छन् भने पुडासैनीका घरपरिवारहरु आजपनि आफ्नो छोरा मरेको दुःखमा नै दबिएर बसिरहेका छन् । अहिलेसम्म पनि सञ्चारकर्मीहरुले पुडासैनीको घरपरिवारको अवस्थाको बारेमा केही कुरा बाहिर ल्याएको छैन र जनताले पनि पुडासैनीले न्याय पाउनुपर्छ भनेर आवाज उठाएका छैनन् ।
यहाँ त एउटा र्निदोष मानिस तै कसैको दबाब सहन नसकेर मर्नुपर्ने अनि मर्न बाध्य बनाउने मानिस तै राजनितिक पार्टी खोलेर नेता बनेर हिड्ने । कस्तो देश हो यो हाम्रो । के यँही हो हाम्रो कानुन । गरिबलाई लाग्ने तर धनीलाई मानिस मारे पनि नलाग्ने ? प्रहरीलाई शंका लाग्ने बित्तिकै प्रहरीले मानिसलाई प्रमाणबिनै अनुसन्धानका लागि समात्ने गर्दछ र त्यस मानिसलाई अदालतबाट पटकपटक म्याट थपेर अनुसन्धानका लागि २४ दिनसम्म हिरासतमा राख्ने गर्छ साथै कुनै गल्ती नै गरेको छैन भनेपनि एउटा मुद्दा लगाएर जेल पठाउने गर्छ । तर पुडासैनीले त मर्नुअघि भिडियो रिर्केड गरेका थिए नि त । साथै उनले बनाएको त्यो भिडियो सक्कली नै थियो र मरेका मानिस पनि पुडासैनी नै थिए ।
के त्यो भिडियो प्रहरी वा अदालतका लागि प्रमाण होइन र । तर त्यो भिडियोलाई नै नक्कली बनाएर , प्रहरीको मिसिल कमजोर बनाइयो र अदालतले पनि लामिछानेलाई थुनामा राख्नका लागि प्रमाण पुगेन भन्दै तारिखमा छोड्दियो । लामिछाने त शक्ति वा पैसाको आडमा न्याय नै किनेर नेता भएर हिडे तर एउटा र्निदोष मानिसको त ज्यान गयो नि त । अहिले पुडासैनीको विषयमा न त सञ्चारकर्मी नै कलम चलाउँछन् न त जनता नै सडकमा उत्र्रिन्छन् ।
अब यो घटना वा पुडासैनीले मर्नुअघि तयार पारेको भिडियो फेरिपनि कसैले बाहिर ल्याउँदैन र पुडासैनीले न्याय पाउँदैनन् । सञ्चारकर्मीहरु सबै लामिछानेसँग डराउँछन् अनि त्यो भिडियो कसले बाहिर ल्याउँछ त । यदि सञ्चारकर्मीहरु लामिछानेसँग डराउँदैनन् भने किन फेरिपनि त्यो भिडियो बाहिर ल्याउँदैनन् र पुडासैनीले न्याय पाउनुपर्छ भनेर कलम चलाउँदैनन् ।
यता कुनै पनि राजनितिक दलका नेताहरु पनि पुडासैनीले न्याय पाउनुपर्छ र लामिछानेलाई कानुनी कारबाही हुनुपर्छ भनेर बोल्दैँनन् । पुडासैनी पनि एउटा नेपाली नागरिक नै थिए र उसको पनि बाँच्न पाउनुपर्ने अधिकार त संविधानमा थियो नि त । के लामिछानेको मात्र सरकार वा न्यायालय हो । लामिछाने अपराधी भएपनि अदालत र सरकारले उसलाई सफाइ दियो तर पुडासैनीलाई दिएन ।
के पुडासैनीका घरपरिवारहरु तै नेपाली नागरिक थिएनन् र । होइन भने किन उनीहरुले न्याय पाएनन् । पुडासैनीको पक्षमा बोलदिने कोही भएन । उनका घरपरिवारहरु सबैतिरबाट एक्लिए । पुडासैनीका घरपरिवार आर्थिक र राजनितिक पहुँचबाट कमजोर रहेको थियो त्यसैले पनि उनले न्याय पाएनन् । यता मर्न बाध्य बनाउने मानिस भने पार्टी खोलेर बसिरहेका छन् भने पुडासैनीका घरपरिवार आजपनि त्यहँी दुःखमा बसिरहेका छन् ।
सुन्नोस पुढासैनीको आत्महत्याअघिको कुरा
अहिले बजारमा दुईओटा कुराको निकै बहस चलिरहेको छ । एउटा, लामिछाने आफ्नो कर्तुत लुकाउन राजनितिमा आएका र अर्को, लामिछानेसँग अपुग सम्पत्ति रहेको वा धेरै क्षेत्रमा उनको लगानी रहेको र यो सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारले छानबिन गर्छ भनेर लामिछाने राजनितिमा आएको भनेर सुनिन्छ । लामिछाने सँगसाँगै काम गर्ने पत्रकारहरु आजपनि भाडामा नै बस्छन् र उनीहरुले आफ्नो बालबच्चा पनि सरकारी विघालयमै पढाए । उनीहरु आजपनि जहाँको त्यहँी रहेका छन् ।
तर लामिछानेले यत्रो सम्पत्ति कताबाट जोडे । यो त जनता र राष्ट्रको लागि ठुलो चासोको कुरा हो, होइन र ? लामिछाने पनि एउटा आर्थिक कमजोर भएकै घरपरिवारमा जन्मिएका हुन् र उनले यो सम्पत्ति सबै पछिल्लो समय मात्र जोडेको जस्तो देखिन्छ । लामिछानेको सम्पत्ति अब ढिलोचाँडो अख्तियार वा शुद्धीकरण विभागले छानबिन गर्ला तर अहिले बजारमा बच्चादेखि बुढासम्मले एउटै कुरा गर्छन् । अब पुडासैनीका घरपरिवारले न्याय पाउनुपर्छ । यदि पुडासैनीका घरपरिवारसँग पुडासैनीलाई न्याय दिलाउने पैसा छैन भने पनि जनता सहयोग गर्न तयार छन् भनेर बहस चलिरहेको छ ।
साथै एउटा कमिटी गठन गर्नुपर्छ र लामिछानेलाई तारिखमा छोड्ने न्यायाधिशमाथि छानबिन गर्नुपर्छ । करोडौँ पैसाको आडमा लामिछानेले न्याय पाएका हुन् भनेर पनि अहिले बजारमा चर्चा रहेको छ । अब फेरिपनि त्यो मुद्दा व्युताउनुपर्छ, होइन भने पुडासैनीका घरपरिवारले फेरिपनि नयाँँ मुद्दा हाल्नुपर्छ । जनताले मानवअधिकारवादी , नागरिक समाज, कानुन व्यवसायी, पत्रकार महासंघ, प्रहरी प्रशासन, सर्वोच्च अदालत, गृहमन्त्री बालकृष्ण खाँणलाई सोध्छन, पुडासैनीले न्याय पाउने कि नपाउने ?, अपराधीलाई कानुनको दायरामा ल्याउने कि ल्याउने ?
यसप्रति अहिले चौतर्फी जनताको चासो रहेको छ र पुडासैनीका घरपरिवारले न्याय नपाएकोमा जनताहरु दुःखी रहेका छन् । पुडासैनी पनि कसैका छोरा थिए र उनको पनि बाँच्नु पाउनुपर्ने अधिकार रहेको थियो तर उनलाई मर्न बाध्य बनाइयो । सरकारले कसैलाई मुख छोडेकै भरमा पनि एक वर्षदेखि डेढ वर्षका लागि जेल हाल्छ तर यहाँँ त मर्न बाध्य बनाउने मानिसको नाम समेत पुडासैनीले भिडियोमा बताउँदापनि सरकार अपराधीलाई कारबाही गर्दैन ।
जनताले सरकारसँग एउटै माग गर्छन्, कि पुडासैनीले मर्नुअघि तयार पारेका भिडियो नक्कली प्रमाण गर्नुपप्यो होइन भने लामिछानेलाई कारबाही गर्नुपर्यो । यदि पुडासैनीको साटो हामी त्यो ठाउँमा परेको भए र हाम्रो घरपरिवार आज न्यायबाट नै वञ्चित भएको भए त्यो पीडा कस्तो हुन्थ्यो होला । जसलाई काँडाले घोच्छ, उसलाई मात्र त्यसको पीडा थाहा हुन्छ । त्यसैले अब सरकारले एकलाई काखा र अर्कोलाई पाखा गराउन मिल्दैँन ।
जनताले सरकारसँग एउटै माग गर्छन्, कि पुडासैनीले मर्नुअघि तयार पारेका भिडियो नक्कली प्रमाण गर्नुपप्यो होइन भने लामिछानेलाई कारबाही गर्नुपर्यो । यदि पुडासैनीको साटो हामी त्यो ठाउँमा परेको भए र हाम्रो घरपरिवार आज न्यायबाट नै वञ्चित भएको भए त्यो पीडा कस्तो हुन्थ्यो होला । जसलाई काँडाले घोच्छ, उसलाई मात्र त्यसको पीडा थाहा हुन्छ । त्यसैले अब सरकारले एकलाई काखा र अर्कोलाई पाखा गराउन मिल्दैँन
अहिले बजारमा एकतिर भन्छन्, बिर्सिएको वा पुराना कुरा कोटाउनु हुदैँन र अर्कोतिर भन्छन्, पुडासैनीले न्याय पाउनुपर्छ र लामिछानेलाई कानुनी सजाय हुनुपर्छ । कानुनी व्यवसायी, मानव अधिकारवादी, नागरिक समाज वा जनताहरु पनि अहिले पुडासैनीले न्याय पाउनुपर्छ र लामिछानेलाई सजाय हुनुपर्छ भनेर भनिरहेका छन् । अब लामिछानेको विरोधमा जनताहरु सडकमा उत्र्रिन्छन् र ढिलो भएपनि पुडासैनीको घरपरिवारले न्याय पाउँछन् ।
सञ्चारकर्मीहरुले पनि अब पुडासैनीको घरपरिवारको अवस्था, छोरा गुमाएको दुःख र न्यायबाट वञ्चित रहँदाको पीडा बाहिर ल्याउनुपर्छ । सञ्चारकर्मीहरुले पनि पुडासैनीको घरपरिवारलाई न्याय दिन मद्त गर्छन् भन्ने जनताको आश रहेको छ । पुडासैनीको घरपरिवारलाई न्याय पाउन पनि सञ्चारकर्मीको धेरै आवश्यकता रहेको छ ।
पुडासैनी मर्दा उसको घरपरिवारले आफ्नो छोरा मात्र नगुमाइ राज्यले समेत एउटा असल पत्रकार गुमाएको छ । पुडासैनीले न्याय नपाउँदा पत्रकार महासंघ र जनता कोही पनि उनको पक्षमा बोलिदिएन । मर्ने मानिस त मरेर गयो तर उनलाई मर्न बाध्य बनाउन मानिस झन् हिरो भयो । यो त अचम्म जस्तो लाग्दैँन र ? र्निदोष मानिसले ज्यान गुमाउँदा त जनता र सरकारले न्याय दिदैँन भने अरुबाट त के नै आश गर्न सकिन्छ र ?
अदालत र प्रहरी प्रशासन शक्ति र पैसाको पछाडि लाग्छन् भनेर अब हामीले पुडासैनीको घटनाबाट बुझ्रनुपर्छ । प्रहरी र न्यायधीशहरुले जनताले तिरेको नै करबाट तलब खान्छन् तर न्याय दिने बेला भेदभाव गर्छन् । पैसाकै आडमा समेत न्याय किनिन्छ र अबदेखि पैसा हुनेले मात्र न्याय पाउँछ भनेर बुझ्रनुपर्छ । अबदेखि अदालत जाँदा पनि आफ्नो आर्थिक अवस्था र पहुँच हेरेर मात्र जानुपर्छ भनेर यो घटनाबाट बुझिन्छ । भनिन्थो न्याय किनेर किनिदैँन तर यहाँँ त पैसा भयो भने न्याय त के मानिसको ज्यानसमेत किन्न पाइँदो रहेछ ।
([email protected] भक्तपुर)
प्रतिक्रिया दिनुहोस्