जनता टाइम्स

७ माघ २०७९, शनिबार २१:५६

बाल्कोटमा देखेको त्यो अदभूत दृष्य


ओली निवास बाल्कोट न हो, सधै भिड नलागेको क्षण हुँदैन । आज कसैसँग भेटन मिल्दैन भनेको दिन पनि कम्तीमा ५० जना त पुगेकै हुन्छन । शनिवार पनि बिहानैदेखि भेटन आउनेको भिड थियो । सत्ता गठबन्धनका नेतादेखि पार्टी नेता कार्यकर्ताको लामै पंक्ति थियो । त्यसमाथि उपसभामुखको निर्वाचनको दिन पनि थियो शनिवार । अन्य दिनभन्दा निकै ब्यस्थ र भेटन आउनेको ताँती लामै थियो बालकोटमा ।

गणेश बस्नेत

बिश्वको सर्वाेच्च शिखर अनि नेपालको गौरव सगरमाथा हिमालको पटक–पटक आरोहण गरेका आरोहीहरु आफ्नो जन्मथलोको पीडा सुनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बाल्कोट पुगेका थिए शनिवार । दोलखाको दुर्गम गाउँ अनि नेपालको स्थानीय समयको मापक गौरीशंकर हिमालको फेदमा रहेको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ बेदिङ गाउँका आरोहीहरुलाई ओलीसँग भेट गराउन जानुभएको थियो–एमाले पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभाका सदस्य इश्वरी रिजाल र पुराना नेता बशन्तराज कार्की ।

आफ्नो समस्या समाधान गर्ने र सवै नेपालीको समस्यालाई आफ्नो समस्या ठान्ने एकमात्र नेता केपी ओली नै हो भन्ने बिश्वासका साथ आरोही टोली बाल्कोट पुगेको थियो । टोलीमा २१औं पटक सगरमाथा आरोहण गरेकादेखि विन्टर सिजनमा माउन्ट केटु समिट गरेका करिब १३ जना आरोहीहरु थिए ।

 

ओली निवास बाल्कोट न हो, सधै भिड नलागेको क्षण हुँदैन । आज कसैसँग भेटन मिल्दैन भनेको दिन पनि कम्तीमा ५० जना त पुगेकै हुन्छन । शनिवार पनि बिहानैदेखि भेटन आउनेको भिड थियो । सत्ता गठबन्धनका नेतादेखि पार्टी नेता कार्यकर्ताको लामै पंक्ति थियो । त्यसमाथि उपसभामुखको निर्वाचनको दिन पनि थियो शनिवार । अन्य दिनभन्दा निकै ब्यस्थ र भेटन आउनेको ताँती लामै थियो बालकोटमा ।

यहीबीचमा बेदिङदेखि आएका हिमाल आरोही टोली प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डसमेत बार्दलीमा उभिएर ओलीसँग अभिवादन गर्नुभएको भवनको भूईतलामा कुरिरहेका थिए । समय नमिल्ने त्रासमा दोलखाकै बासिन्दा रहेका सांसद इश्वरी रिजाल तनावमा देखिनु हुन्थ्यो । उहाँको अनुहारमा कतै नभेटी पठाउनु पर्ने त होइन भन्ने त्रास झल्कथ्यो । मेरै गाउँपालिका गौरीशंकर ९ बेदिङका आरोही भन्ने सुनेपछि मलाई चासो नहुने कुरै भएन, म अध्यक्ष ओली बस्नुभएको कक्षमा छिरें ।

सांसद रिजालले गणेशजीकै गाउँपालिकाका पर्छ उहाँहरुको भन्दै अध्यक्ष ओलीतिर देखाउनु भयो । भेटन आउनेको लर्काेसँगै बिगतमा कतिपय पार्टी केन्द्रीय कमिटीकै नेताहरुले समय नपाएर अर्काे दिन भन्दै हिडनु परेको दृष्य देखेकै कारण होला, रिजालले बेदिङ अर्थात मेरै गाउँपालिका गौरीशंकर वडा नं ९ हो भन्दै अध्यक्ष ओलीतिर देखाउनु भयो । उहाँको तनाव महसुस गरेरै होला अध्यक्ष ओली मुस्कुराउनु भयो । अच्छा भन्दै अघि बढनुभयो ।

अध्यक्ष ओली गौरीशंकरको फेद बेदिङबाट आएको हिमाल आरोही टोली भेटन अर्काे भवनतिर लाग्दा आँगनमा एक सय भन्दा बढी कार्यकर्ता थिए । फोटो खिच्दै केही समयपछि फेरि कुरा गर्ने भन्दै बिदा गरेपछि अध्यक्ष ओली आरोही टोलीलाई राखेको कक्षमा छिर्नुभयो । त्यसबेलासम्म जसपाका अध्यक्ष उपेन्द्र यादव बाल्कोट आउनु भएको समय आधा घण्टा भइसकेको थियो । सचिवालयका सदस्यहरुलाई समय ब्यवस्थापन गर्न निकै जटिल बनिरहेको थियो । छोटो समयमै टुंग्याऔं है भन्दै अध्यक्ष ओलीले कुरा थाल्नुभयो । सवैले आफ्नो परिचयसहित कत्ति पटकसम्म हिमाल आरोहण गरियो भन्ने जानकारी गराए ।

आरोहण टोलीको कुरा अध्यक्ष ओलीले निकै रुचिपुर्वक सुन्नुभयो । आरोही टोलीले सवैले आफूले श्रद्धापुर्वक बोकेर ल्याएको खादा झिकेर नेपालको राजनीतिमा सर्वाेत्कृष्ट नेता मान्दै पालैपालो लगाएर ओलीलाई बधाई दिई तस्विर खिचाए । सचिवालयका सदस्यहरु छोट्याउन भन्दै थिए, अध्यक्ष ओली एकाएक सोही कक्षमा राखिएको बिभिन्न बाजातर्फ मोडिनुभयो । पहिला तवला बजाउनु भयो । डमरु उठाउनु भयो, अन्य बाजागाजा पनि देखाउँदै अवलोकन गर्नुभयो । संग्राहलयमा राखिए जस्तै गरी सजाएर राखिएको नेपाली कला संस्कृतिका प्रतिक मानिने सवै बाजाहरु देखाउँदै ओलीले एकाएक बाँसुरी छान्नुभयो ।

जव अध्यक्ष ओलीले बाँसुरीमा आवाज दिनुभयो, हिमाल आरोही सवै त्यतै लागेर सुन्न थाले । उहाँको बाँसुरी बजाउने कला देखेर सवै चकित परे । उहाँले केही क्षण बाँसुरीमा आवाज निकाल्दा कुनै ब्यावसायिक कलाकारको भन्दा कम थिएन । उहाँको त्यो कला देखेपछि हिमाल आरोहीसँगै म पनि चकित परे । त्यो दृष्य अनि उहाँको सन्देश निकै बृहत र अदभुत थियो ।

२०५१ सालदेखि निकटमै रहेर सघाउने मान्छे, जो उहाँको क्षमताको धेरै पाटोमा जानकार पनि हुँ, बाँसुरीको बिषयमा जानकार थिईंन । उहाँको त्यो अदभुत बाँसुरी बजाई देखेर मैले सोधें– यो कुरा त अहिलेसम्म पत्तै दिनुभएन बा, तपाईंलाई नआउने कुरा चाँहि के हो ? अव त त्यो पो सोध्नुपर्ने भयो । उहाँले जवाफ दिनुभयो, ‘सवै कुरा सिक्नुपर्छ । म सिक्न चाहने यात्री हुँ, जे कुरा पनि सिक्न चाहन्छु, सिकिरहेको छु ।’

मेरो दिमागका उहाँको कुरा सिधै घुस्यो । एक शब्दमै जवाफ मिल्यो । उहाँले एकाएक बाँसुरी किन बजाउनु भयो ? तवलातिर किन हात लानुभयो ? अध्यक्ष ओली आफैले नेतृत्व गर्नुभएको पार्टी स्कूल बिभागको सचिवको भूमिका निर्वाह गर्नुभएका एमाले केन्द्रीय कार्यालय सचिव रहनुभएका इश्वरी रिजाल स्वयं पनि अचम्मित बन्नुभयो । अनि मलाई हेरेर संकेत गर्नुभयो, ‘अघिसम्म भेटन समय नै निकै गाह्रो थियो, ५ मिनेट भनेर तपाईतिर देखाएँ, अहिले त यतातिर (बाजागाजा निरीक्षण र आफैले बजाउने काम) गर्नुभयो । यस्को अर्थ के हो ?

मैले जवाफ दिएँ, हिमाल आरोहीहरुको बिदेसीसँग राम्रै सम्बन्ध अनि सम्पर्क हुन्छ, नेपालको मौलिक संस्कृतिबारे उनीहरुलाई सम्झाउनु पर्छ भन्ने कुरा बुझाउन यस्तो गर्नुभएको हो । आरोही टोलीले जव बेदिङलाई फ्रान्स र स्वीटजरल्याण्डको चर्चित आरोहण स्थल देखाएर तुलना गरे, अध्यक्ष ओली अच्छा भन्दै बाजागाजा राखिएको स्थानतिर जानुभयो । अनि आफैले बजाउनु भयो । यस्को सोझो अर्थ थियो, ‘नेपाली कला संस्कृतीबारे बिदेसीलाई बुझाउनु, सम्झाउनुस वा ट्रान्सफर गर्नुस ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली मौलिक संस्कृतिप्रति निकै चाख र रुची राख्ने नेतामा पर्नुहुन्छ । बिदेसी संस्कृतिमा रमाएर नेपाली भाषा बिकृत बनाएकोमा निकै चिन्तित ओलीले सच्याउन पहलकदमी लिँदा बुद्धिजिवी भनाउँदाहरुबाट चर्काे आलोचनाको शिकार हुनुपर्यो । प्रधानमन्त्री रहेकै बेला नेपाली भाषाको बिकृत रुपप्रति उहाँले औला ठड्याउनु भयो ।

आफूलाई ठूला र घरानिया सम्पादक ठान्ने र सामाजिक अभियन्ता बताउनेहरुले ‘केपी ओली आफूलाई तपाईं नभनेकोमा रिसाए’ भन्ने जस्ता तुच्छ शब्द प्रयोग गरेर ओली आफ्नो मान सम्मान खोज्ने नेता’ भने जस्तो भाष्य निर्माण गरियो । तर उहाँ अंग्रेजीको रुपान्तरण नेपालीमा भएको तथ्य राख्दै नेपाली भाषा र संस्कृतिको जगेर्नामा अडिग रहनुभयो । अहिले पनि ओली भन्नुहुन्छ, ‘नेपालको मौलिक भाषा र संस्कृतिको रक्षा गर्नुपर्छ । दुनियाँका सवै भाषा भन्दा नेपाली भाषा उत्कृष्ट छ ।’

आजको बिहानी बाँसुरी र तवलामा धुन सुनेपछि केपी ओलीको नेपाली कला र संस्कृतिप्रतिको लगाव अनि मोह नबुझ्ने कुरै भएन । उहाँको अंग्रेजी भषाको दक्षतादेखि धेरै कुरामा जानकार भए पनि यो तवला र बाँसुरीको धुन आफ्नै अगाडि देख्न र सुन्न पाइएको थिएन । आज देखियो । सायद एमाले अध्यक्ष केपी ओली जस्तै अध्ययनसीलता, खोज, अनुसन्धान र अदभुत प्रतिभा अनि हरेक बिषयमा चाख राख्ने मानिसकै लागि कल्पना गरेर माओत्सेतुङको भनेको हुनुपर्छ, ‘निरन्तर लागिरहनुको अर्थ नै विजयी हुनु हो ।’