जनता टाइम्स

२७ बैशाख २०८२, शनिबार १७:५०

सिन्धुपाल्चोकमा सून्यतिर झर्यो बाबुरामकाे पार्टी, जिल्ला अध्यक्ष नै फर्किए एमाले


काठमाडौं, बैशाख २७ । बाबुराम भट्टराई नेतृत्वको नेकपा  समाजवादी छाडेर नेकपा एमालेमा फर्कने क्रम फेरि ह्वात्तै बढेको छ । यही क्रममा शनिवार समाजवादीका सिन्धुपाल्चोक जिल्ला अध्यक्ष नै आफ्नो सवै टीमसहित नेकपा एमाले फर्किएका छन ।

नेपाल समाजवादी पार्टीका सिन्धुपाल्चोक जिल्ला अध्यक्ष भरत अधिकारी सिंगो टीमसहित एमाले फर्कनुभएको हो । उहाँले समाजवादी पार्टीकाे  आवश्यकता, औचित्य सकिसकेको कारण आफू एमालेमै फर्किएको बताउनु भयो । उहाँसँगै समाजसेवी सुरेन्द्र आचार्य पनि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

उहाँहरुलाई एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य शेरबहादुर तामाङसहितका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ ।

(समाचारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष भएकाेमा क्षमायाचनासहित सच्याइएकाे छ -सं)