जनता टाइम्स

२७ बैशाख २०८२, शनिबार १८:१३

अमेरिकी राष्ट्रपति ट्रम्पको खुलासा : भारत-पाकिस्तान युद्धविराम गर्न सहमत


काठमाडौं, बैशाख २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम भएको घोषणा गर्नुभएको छ । राष्ट्रपति ट्रम्को दाबी अनुसार अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि दुवै देश युद्धविरामका लागि सहमत भएका हुन ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले युद्धविराम घोषणा गर्न पाउँदा खुसी भएको जानकारी दिनुभएको छ । ‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकोमा दुवै देशलाई बधाइ छ,’ ट्रम्पले भन्नुभएको छ ।

बिगत केही दिनयता भारत र पाकिस्तानबीच तनाव उत्पन्न भएको छ । दुवै देशले युद्धको घोषणा गरेर आक्रमण बढाएपछि अमेरिकाको मध्यस्थतामा बार्ता भएको र सो बार्तामा सहमति जुटेको जानकारी ट्रम्पले दिनुभएको छ ।