जनता टाइम्स

९ बैशाख २०८०, शनिबार ०७:३५

चार भन्ज्याङ चार सुरुङ मार्ग, अध्ययन पनि सकिएन


काभ्रेपलाञ्चोक, ९ वैशाख । आव २०७९र८० को सङ्घीय सरकारको बजेटमा सुरुङ मार्ग निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइएको थियो। मुलुकका विभिन्न स्थानमा सुरुङ मार्ग निर्माण गर्नेलगायत सरकारले काठमाडौँ उपत्यकाका लागि ‘चार भन्ज्याङ चार सुरुङ मार्ग’ कार्यक्रम ल्याएको थियो।

गत वर्षको जेठ १५ गते संसद्मा पेस गरिएको आव २०७९र८० को बजेट वक्तव्यमा उल्लेख छ, “चार भन्ज्याङ चार सुरुङ मार्ग’को अवधारणाअन्तर्गत काठमाडौँ उपत्यकाका तीन भन्ज्याङतर्फ टोखा–छहरे, गोदावरी–पनौती र साँगा–बनेपा सडकखण्डको सुरुङ मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गरिनेछ।” सुरुङ मार्गको विकास कार्यक्रमका लागि एक अर्ब १९ करोड रुपियाँ विनियोजन गरिएको थियो।

टोखा–छहरे–गुर्जु भन्ज्याङ सुरुङ मार्गको अध्ययनका लागि चीन सरकारसँग सम्झौता भएको छ। ललितपुरको गोदावरी–पनौती ९मानेदोभान० सडकखण्डमा सुरुङ मार्ग निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययनको मस्यौदा प्रतिवेदन तयार भएको छ। ताथली ९भक्तपुर०–रविओपी–पाँचखाल सुरुङ मार्गको सम्भाव्यताको प्रारम्भिक अध्ययनको काम भने सुरु भएको छैन।

टोखा–छहरे–गुर्जु भन्ज्याङ सुरुङ मार्ग

टोखा–छहरे–गुर्जु भन्ज्याङ सुरुङ मार्ग निर्माणको विस्तृत सम्भाव्यता अध्ययनका लागि चीन सरकारले चासो राखेको छ। उक्त सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययनका लागि सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा र चीन सरकारबीच सम्भाव्यता अध्ययन सम्झौता ९एमओयू० भएको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनिरयर ९सीडीई० दीप बाराहीले जानकारी दिनुभयो। उहाँले अरनिको राजमार्गअन्तर्गत प्रस्ताव गरिएको साँगा–बनेपा सुरुङ मार्गको विषयमा आफूलाई कुनै जानकारी प्राप्त नभएको बताउनुभयो।

गोदावरी–पनौती ९मानेदोभान० सुरुङ

गोदावरी ९ललितपुर०–पनौती ९मानेदोभान० सडकखण्डको सुरुङ मार्गको प्रारिम्भक सम्भाव्यता अध्धयनको मस्यौदा प्राप्त भएको सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान विकास केन्द्र ललितपुरले जनाएको छ।

केन्द्रका सिनियर डिभिजनल इन्जिनिरयर ९सीडीई० दीप बाराहीले गोदावरी–पनौती ९मानेदोभान० सडकखण्डमा सुरुङ मार्ग निर्माण गर्न उपयुक्त हुने देखिएको बताउनुभयो। यो सुरुङ मार्गको लम्बाइ ३ दशमलव ६ किलोमिटर हुने प्रारिम्भक मस्यौदामा उल्लेख छ। उक्त सुरुङ मार्गको प्रारिम्भक अध्ययन इन्भारोन्मेन्ट एन्ड रिसोर्स मेनेजमेन्ट कन्सल्टेन्टले गरेको हो। यो सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि चालु आर्थिक वर्षमा दस लाख रुपियाँ बजेट विनियोजन भएको थियो।

ताथली–रविओपी–पाँचखाल सुरुङ

अरनिको राजमार्गको दूरी घटाउने गरी परिकल्पना गरिएको ताथली–रविओपी–पाँचखाल सुरुङ मार्गको सम्भाव्यताको प्रारम्भिक अध्ययनको काम भने सुरु भएको छैन। गुणस्तर अनुसन्धान विकास केन्द्रकी इन्जिनियर सोनी श्रेष्ठले ताथली–रविओपी–पाँचखाल सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोट भएर सम्झौताको चरणमा रहेको बताउनुभयो । उहाँका अनुसार ताथली–रविओपी सुरुङ मार्ग करिब ४ दशमलव ९ किलोमिटरको हुन सक्ने अनुमान गरेर केन्द्रले इस्टिमेट तयार गरेको छ।

ताथली–रविओपी सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि सरकारले चालु आर्थिक वर्षमा ५० लाख रुपियाँ बजेट विनियोजन गरेको केन्द्रले जनाएको छ। ताथलीदेखि रविओपी–पाँचखालसम्म सुरुङ मार्ग निर्माण गर्न सकिएको खण्डमा अरनिको राजमार्ग हुँदै चीनको सीमा जोड्ने करिब ३५ किलोमिटर सडक छोटिनेछ।

बेथानचोकमा सुरुङ मार्गको अध्ययन

काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाले पनि चालु आर्थिक वर्षको कार्यक्रममा सुरुङ मार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम राखेको छ। यो सुरुङ मार्गको सम्भाव्यता अध्ययन काठमाडौँ विश्वविद्यालय ९केयू०ले गरिरहेको छ।

बेथानचोक गाउँपालिकाको वडा नं। ४ को सेतीभीरको सुक्खा पहिरोलाई छलेर सुरुङ मार्ग निर्माण गर्ने गरी काठमाडौँ विश्वविद्यालय ९केयू०ले डिजाइन तयार गरिरहेको छ। केयूले गाउँपालिकाले पहिरोमुनि पर्ने गरी प्रस्ताव गरेको वडा नं। २ को दुर्लुङखोला बाइस सय ढुङ्गा हुँदै वडा नं। १ को च्याम्राङबेँसी चौतारासम्म सुरुङ मार्गको अध्ययन भइरहेको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभाग प्रमुख डा। श्यामसुन्दर खड्काले बेथानचोकमा सुरुङ मार्गको प्रारिम्भक अध्ययन गर्ने क्रममा करिब एक हजार तीन सय मिटर र एक हजार २५० मिटर लम्बाइको दुईवटा मार्गको डिजाइन तयार गरिरहेको बताउनुभयो। उहाँले अध्ययनको अन्तिम प्रतिवेदन बनाउने क्रममा आठ मिटर चौडाइको सुरुङ मार्ग बनाउने कि राष्ट्रिय राजमार्गको मापदण्डको ११ मिटर चौडाइको बनाउन सक्ने गरी प्रतिवेदन तयार गरिने बताउनुभयो।

केयूले सुरुङ बनाउँदै

काठमाडौँ विश्वविद्यालयले अध्ययन, अनुसन्धान प्रयोजनका लागि विश्वविद्यालय परिसरमा सुरुङ मार्ग निर्माण गरिरहेको छ। यो सुरुङ मार्गको प्रवेशद्वारतर्फ दस मिटर र आउटलेट ९बाहिर निस्कने०तर्फ करिब सात मिटर सुरुङ निर्माण गरिसकेको विश्वविद्यालयका सिभिल इन्जिनियरिङ विभाग प्रमुख डा। श्यामसुन्दर खड्काले जानकारी दिनुभयो। यो सुरुङको लम्बाइ २४० मिटर हुनेछ। “विश्वविद्यालय परिसरमा निर्माण भइरहेको सुरुङ मार्ग केयूमा अध्ययन गर्ने विद्यार्थीका साथै अन्य सरोकारवालाका लागि हो।

नेपालको मध्यपहाडी तथा विभिन्न स्थानको भू–बनोटअनुसार कसरी र कस्तो सुरुङ मार्ग बनाउन सकिन्छ भनेर अध्ययन गर्ने स्थलका रूपमा यो सुरुङ मार्ग रहनेछ,” केयू सिभिल इन्जिनियरिङ विभाग प्रमुख डा। खड्काले थप्नुभयो। उहाँले काठमाडौँ विश्वविद्यालयमा सुरुङ मार्गको अध्ययन विद्यावारिधि ९पीएचडी०का एक जना शोधकर्ता र स्नातकोत्तर तहमा अध्ययनरत पाँच जना विद्यार्थीले गरिरहेको जानकारी दिनुभयो। केयूले सन २०१४ देखि नै नेपालमा पहिलो पटक स्नातक तहमा सुरुङ मार्गसम्बन्धी पठनपाठन गराउँदै आएको छ।

विश्वविद्यालयले सुरु गरेको सुरुङ मार्ग निर्माणका लागि पर्याप्त बजेट नभएका कारण सुरुङ मार्गलाई द्रुत गतिमा अगाडि बढाउन नसकिएको डा। खड्काले बताउनुभयो। “हामीसँग सुरुङ निर्माणका लागि पर्याप्त बजेट छैन, यदि सुरुङ मार्गसम्बन्धी काम गर्ने कुनै कम्पनी वा राज्यको तर्फबाट सहयोग भएको खण्डमा यो काम द्रुत गतिमा अगाडि बढाउन सक्थ्यौँ,” उहाँले थप्नुभयो। विश्वविद्यालयको आफ्नै केही रकम र केही परियोजनाको सहायताबाट सुरु निर्माणको काम भइरहेको जानकारी दिँदै उहाँले हालसम्म सुरुङ मार्ग निर्माणका लागि करिब ८५ लाख रुपियाँ खर्च भएको बताउनुभयो। गोरखापत्रबाट