जनता टाइम्स

१५ भाद्र २०७६, आईतवार १२:१४

नेपालगञ्जको गाइकाण्ड : धार्मिक सदभाव भडकाएर राज्यबिरुद्ध बिद्रोह गराउने ग्य्राण्डडिजाइन


यो प्रकरणलाई रास्ट्रब्यापी बनाउन लागिपरेको समूह केही जिल्लाहरुमा राम्रै सङ्ग उपध्रो मच्चायो । यो मच्चाउन रबि लामिछानेका ससुरा राप्रपाका केन्द्रीय कोषाध्यक्ष उद्धब पौडेल, केन्द्रीय महामन्त्री बिक्रम पाण्डेको लगानी हेर्दा सहजै अनुमान लगाउन गार्हो छैन

नेपालगन्ज उपमहानगरपालिकाद्वारा दैलेखको स्थानीय निकाय र मन्दिरहरुले मगाएको भनी पठाइएका २९९ थान गाई सुर्खेतको भिरमा गुल्टाइएका र मृत्युबरन गरेका ३० गाई र मर्ने तयारीमा रहेका बाँकी २७० वटा गाईको बारेमा गरमागरमम बहश चलिरहेको छ । नेपालको राष्ट्रिय जनावर गाईलाई यस्तो भिभत्स र बर्बरतापुर्बक तरिकाबाट भिरबाट खसालिनु आपत्तिजनक काम हो । नेपालगञ्ज उपमहानगरपालिका जस्तो जिम्मेवार निकायबाट प्रसासन समेतको अनुमतिमा रबाना भएका गाईहरु भिरबाट खसाल्ने काम साना तिना साजिस बिना सम्भव हुने कुरा होइन । अघोषित हिन्दुराज्य नेपालमा दुई बर्षअघि मकवानपुरमा मरेको गाई काटेर बिला (भागबन्डा) लाईरहेको अवस्थामा ३ जना तामाङ्ग भाईहरुलाई प्रसासनले पक्रेर अदालती कार्बाही गर्दै जेलमा पुर्याएको घटना ताजैछ ।

गाई मार्नेलाई राज्यले के कस्तो अपराधको रुपमा लिन्छ र कस्तो कार्बाही हुन्छ भन्ने जगजाहेर नै छ । ८१.५ हिन्दु जनसंख्या भएको मुलुकमा गाईलाई माता (आमा ) को रुपमा आदर सम्मान गर्दछौं र बर्षको एक दिन लक्ष्मी पुजा गरिन्छ । गाईको दुधमा पोसिला खाध्य तत्वहरु हुने र गाइको पिसाब समेत कृयापुत्रीहरुले आचमन गरेपछि ब्यक्ति तथा स्थान समेत शुद्ध हुने भनेर सदियौंदेखि चल्दै आएको छ । गाईको र पिसाब नियमित मात्रा मिलाएर खाने हो भने मात्र पनि ग्याष्ट्रिकदेखि २० वटा बिभिन्न रोगको अचुक औषधिको रुपमा आयुर्बेदमा समेत चर्चा गरेको पाइन्छ ।

गाईलाई आमाको रुपमा मान्ने हिन्दुहरुले एकैचोटी एउटा मात्र होइन, तीन सय गाई भिरबाट खसाल्ने योजना सानो तिनो ग्य्राण्ड डिजाइनमा हुन लागेको होइन भन्ने बुझ्न कठिन छैन । गाईको सामुहिक हत्या गराएर ठुलो समस्या सृजना गर्ने योजना हो भन्ने सजिलै बुझ्न सकिन्छ । बिगतमा नेपालगन्ज बजारभरी ८०÷९० को हाराहारिमा रहेका गाई यो बर्ष डबल कसरी भए ? भन्नेहरु बजारमा थुप्रै छन । अनि बजारमा केराको बोक्रा र मकै पोल्न खोल्साएका पात खाएर जिबिका चलाएका पशुहरुलाई नगरपालिकाले लाखांै रुपैया खर्च गरेर जेल (कान्जिहाउस) बनायो । भदौ लागेपछि मात्र इन्डियाबाट एक्कासी एक सय र सवा सय गाई नेपालगन्ज प्रबेश गरेको आशंका पनि गरिएको छ । आखिर इन्डियाबाट एकैचोटी यतिका छडुवा गाई किन आए होलान ?

यतिबेला नेपालगन्ज उपमहानगरपालिकाका मेयर र उपमेयर वार्ड नम्बर २ को वार्ड अध्यक्षलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएर उहाँहरु नगर बाहिर हुनुहुन्छ । एउटा लाटोले पनि बुझ्छ कि ३ सय वटा गाई अर्कै प्रदेशमा पठाउन के वार्ड अध्यक्षबाट सम्भव छ ? के यति धेरै गाईको सामुहिक हत्या हुँदा मेयर–उपमेयर शहर बाहिर जानू भनेको दरवार हत्याकाण्ड हुँदा तात्कालिन युबराज धिराज ज्ञानेन्द्र पोखरा बाँस बस्न जानू जस्तै होइन ? त्यति मात्र होइन, दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारीले जिल्लाका कुनै स्थानीय निकाय र मन्दिरहरुले नेपालगन्जबाट गाई मगाउने निर्णय र माग नभएको भन्ने बताइनुले पनि यो सामुहिक गौ हत्यामा राजनीती घुसेको छ भन्नेमा बुझ्न कुनै गाह्रो छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली साउन २८ गते पहिलो पटक सिङ्गापुरबाट फर्केको अर्को दिन साउन २९ गते १८ महिनापछि राष्ट्रिय पार्टीहरुको सर्वदलीय बैठकको आयोजना गर्नुभयो । बैठकमा प्रधानमन्त्रीले देशमा गणतन्त्र खतरामा पर्न सक्ने विभिन्न षडयन्त्र देश–बिदेशमा हुने गरेका पाइएकोले यस्तो षडयन्त्रलाई असफल पार्न सबैको भुमिका हुनुपर्ने प्रस्ताव गर्नुले प्रधानमन्त्रीले सिङ्गापुरमै षडयन्त्रका केही संकेत प्राप्त गरेको बुझ्न सकिन्छ । पूर्वराजा ज्ञानेन्द्र बेलाबेला थाइल्यान्ड र सिङ्गापुरको भ्रमण र विभिन्न शक्तिहरुसङ्ग भेटघाट र तानाबानाहरुको सूचनाको आधारमा राष्ट्रिय पार्टीहरुलाई एक ढिक्का राख्न देकाएको सजगता आफैमा बुद्धिमानीपुर्ण छ नै । परिस्थिति सङ्गाल्नै नसक्ने भएर काबुभन्दा बाहिर पुगेपछि सर्वदलीय बैठक आयोजना भएको भए ओलीलाई साथ दिने सायद कोही हुन्थेन । आफ्नै पार्टीबाट सर्वदलीय बैठकमा भाग लिने कुनै उपल्लोस्तर कै नेताले पनि खुन्चिङ्ग गरेर दोश प्रधानमन्त्री माथि थोपरेर बैठकमा प्रतिगामीकै स्वरमा स्वर मिलाउने प्रयत्न हुन्थ्यो होला ।

तथापी ओली नेपाली राजनितिमा हालका चलाख खेलाडी हुन भन्ने कुरा करिब २ बर्ष यता प्रमाणित हुँदै आएको छ । कांग्रेस, भारत, मधेसीबादी दलहरु एकातिर हुँदा स्थानीय चुनाबको ओलीको रणनीति बाहिर देखिन थालेको थियो । संघ र प्रदेशको चुनाबमा बामपंथी पार्टी मिले भन्ने समेत आरोप लगाउन नसक्ने गरी माओबादीसँगको चुनाबको लागि कार्यगत एकता र केहीपछि पार्टी एकता गराएर आफ्नो पार्टी सिङ्गो मुलुकको आधा भन्दा ठूलो शक्ति बनाएर प्रतिपक्षी पार्टी र भारतलाई समेत चकित पार्नु चानचुने कुरा थिएन । प्रतिपक्षीमै हुँदा मधेशवादी पार्टी, कांग्रेस र भारतको इच्छाबिपरित आफू अनुकुल परिस्थिति लिएका ओली आफै सरकारमा हुँदा न यहाँ भारत खुशी छ न यहाँ मधेसीबादी पार्टी खुशी छन न मुलुकको जिम्मेवार प्रतिपक्षी पार्टी खुशी छन । निकट भबिश्यमा आफू अनुकुल परिस्थिति नै निर्माण हुन सक्ने आशा । चारैतिर निराशा भएका शक्तिहरु राष्ट्रिय मुद्दाको अभाबमा भीरबाट खसेको मान्छे जस्तै भएका छन, हाँगा पाए हाँडा छोप्ने, पात पाए पात छोप्ने ।

एकहप्ता अघि पत्राकार रबि लामिछानेको गिरफ्तारीमा यो समूहले केही खेल्ने मौका पायो । खासगरी यतिबेला दरबारिया शक्ति भारतमा प्रधानमन्त्री नरेन्द्र मोदिको पुनः बिजय पश्चात आफ्ना गतिबिधिलाई र शक्तिलाई पुनर्जीवन दिन सकिने मुल्यांकनको साथ अघि बढेको सजिलै अनुमान लगाउन सकिने भएपनि केही घटना सतह मै आएका छन । रबि लामिछानेको नाम पोल्दै एक जना पूर्वसहकर्मीले आत्महत्या गरिसके पछि स्वयं रबि लामिछानेले उक्त घटनामा आफुले प्रहरीलाई अनुसन्धानको लागि सहयोग गर्दछु भन्दा भन्दै रबिका समर्थन गर्दछु भन्ने फ्यानहरुका नाममा यही स्वार्थ समुहले चितवनमा उतारेको रहस्य दिन दिनै खुल्दैछ । दबाबमा अपराधी करार गर्ने र दबाब मै छोडाउने दुबै कुरा अतिसयोक्ती हुन । आखिर जति ठूलो दबाब आएपनि राज्यले यहाँ कुन अवस्थाको खेल भैरहेको छ भन्ने बुझेको हुनाले दबाब महशुस गर्न परेन । मुद्दाले एउटा बाटो पक्री छोड्यो नत्र यो समुह हाबी भएको भए राज्य कमजोर साबित हुन्थ्यो ।

यो प्रकरणलाई रास्ट्रब्यापी बनाउन लागिपरेको समूह केही जिल्लाहरुमा राम्रै सङ्ग उपध्रो मच्चायो । यो मच्चाउन रबि लामिछानेका ससुरा राप्रपाका केन्द्रीय कोषाध्यक्ष उद्धब पौडेल, केन्द्रीय महामन्त्री बिक्रम पाण्डेको लगानी हेर्दा सहजै अनुमान लगाउन गार्हो छैन । खासगरी बर्तमान प्रधानमन्त्री ओलीको सरकार ढाल्न अब संभव छैन । ओली सरकारको बहिर्गमन नहुँदासम्म धेरैको निदहराम भएको छ । हटाउन पनि संभव छैन, काम पनि गरिरहेको छ । तर कसरी असहज अवस्था बनाउने भन्ने षडयन्त्र भने जारी छ । कांग्रेस लोकतान्त्रिक पार्टी भएको र गणतन्त्रमा आफ्नो समेत हिस्सा भएको भन्ने हिसाबले आफैले गराएको चुनाब जितेर आएको यो कम्युनिस्ट पार्टीको सरकारबिरुद्ध प्रत्यक्ष देखिने गरि सडकमा आउन पर्ने मुद्दा भेटाएको छैन ।

दुई कम्युनिस्ट पार्टीको एकताले मुर्तरुप लिन थालेको र अब सरकारले पनि कामले गति लियो र आपसमै कम्युनिस्ट बिभाजित भएनन भने करिब १५/२० बर्ष सत्ता भन्दा बाहिर बस्नु पर्ने हो कि भन्ने त्रासमा छन । यो परिस्थिति आउन दिनु भन्दा बरु राजाबाट खोसेर छिटो सरकारमा पुगिन्छ कि भन्ने बिचारमा कांग्रेस अल्मल्ली रहेको कारण कुनै आन्दोलनले गति लिन सकेका छैनन । काङ्ग्रेसका लागि यो सरकार ‘दिन भरिको सिकार, कान्छा बाउको अनुहार’ साबित भएको छ । कांग्रेसभित्रका केही अनुदारवादी नेताहरु अब राजाबादीलाई समेत साथमा लिएर काङ्ग्रेस अघि बढ्न पर्दछ भन्ने पनि देखिन थालेका छन ।

भारत पनि बर्तमान सरकारलाई नरुचाएको देख्न सकिन्छ । भाजपा पुन भर्खरै भएको निर्वाचनमा दुई तिहाई बहुमतसहित सत्तामा आयो । कस्मिरमा आफ्नै नागरिकहरुले उपयोग गरिरहेको विशेष अधिकार कटौती गरेर बलियो भारत के गर्दै छ भन्ने शन्देश दिन चाहेको देखिन्छ । “छोरी पिटेर बुहारी तर्साउने’ भारतको चालबाजी अब गत नाकाबन्दीमा नेपाललाई झुकाउन नसकेको बद्ला लिन सकिन्छ कि भन्ने सोचाईमा छ । अझ नेपालले चीनसँग गरेको पारबहन लगायत वान बेल्ट वान रोडको सम्झौता र कनेक्टिभिटिका दशौं सम्झौता देखेपछि निकै शसन्कित भएको छ । नेपाल आफ्नो नजिकबाट चीनको नजिक देखिएको उसलाई सहन नसकिने विषय त हुँदै हो । त्यसकारण जसरी पनि बर्तमान सरकार बहिर्गमन गर्नु वा असहज बनाउनु उसको प्रथम अनिबार्य लक्ष बनेको छ । भारत कसरी खेलिरहेको छ यसको सानो चिरफार यहाँ प्रस्तुत गरेको छु ।

१. भारत नेपालमा पुर्ण हिन्दुराज्य मुलुक बनाउन चाहन्छ । त्यसैगरी केन्द्रीय सत्तालाई कमजोर बनाउन तराईलाइ एक मधेश एक प्रदेश बनाएर तराई क्षेत्रमा मधेशबादी दलको सरकार बनाउदै तराईबाट आपूर्ति हुने खाद्यान्नन र सिमाहरु कडा पार्दै केन्द्रीय सत्तालाई कमजोर बनाउने र उक्त कमजोर सरकारबाट भुटानले जस्तै आफ्नो स्वार्थको लागि हरपल तयार रहने खालको बनाउने । उक्त चाहना गत २०७२ सालमा जारी भएको संबिधानले सम्बोधन गर्न नमानेकोले नेपालले ७ महिना लामो नाकाबन्दी ब्यहोर्न पर्यो ।

२. संबिधानन जारी हुँदा आफ्नो स्वार्थ समेट्न नपाएर ७ महिना नाकाबन्दी गरेपछि पुनः भारतले आफ्नो चाहना अनुसारको सरकार बनाउन सफल भयो । भारत त्यही सरकारमार्फत नेपालको सम्बिधानमा केही महत्वपूर्ण बुँदाहरु घुसाउन नखोजेको होइन । अङ्गिकृत नागरिक नेपालको ५ वटा मुख्य सम्बैधानिक पदमा जान नपाउने गरी बनेको संबिधान संशोधनमा जान पाउने । स्थानीय सरकारको अधिकार कटौती गरेर प्रदेशमा ल्याउने । स्थानीय निकायले राष्ट्रिय सभामा भोट हाल्न नपाउने र ५ नम्बर प्रदेशमा रहेका पहाडी जिल्लाहरु हटाएर संशोधन त ल्याइयो तर यो पनि एक तिहाई सदस्य भएको एमालेले नमानेको कारण हार खाएको भारत कालान्तरमा छिमेकी देश नेपालले भनेको खुरुखुरु मान्दै सम्बन्ध राम्रो छ भन्ने पार्न बाध्य छ । २४ बर्षदेखि नबनेको प्रहरी प्रतिष्ठान, २० बर्षदेखि नबनेको हुलाकी राजमार्ग बनाउने कि हात झिक्ने परिस्थितिको बिच गुज्रनु पर्दा कम्ता मन दुखेको होला ! भुकम्पमा बेलाको बोलेको रकम नदिए पनि हुन्छ कि भन्दै टारिरहेको बेला अस्ति बिदेशमन्त्री आफैले चेक बोकेर आए । देख्दा सानो छ, धम्काएर बसेको कुन ठुलादाई लाई मन पर्दछ ।भारत नेपाललाई हिन्दु रास्ट्र बनाउन सकिन्छ कि भन्ने दीर्घकालीन सोचाइमा छ । नेपालमा कम्युनिस्ट भारतको लागि पनि चिन्ताको बिषय हो । धर्म निरपेक्ष राष्ट्र बनेपछि भारत अबको दिनमा नेपालबाट कम्युनिस्टको पनि बहिर्गमन र हिन्दुराज्यको पनि स्थापना गर्ने ग्य्राण्ड डिजाइन बुन्न खोजेको छ । मोदी नेपालको मुक्तिनाथदेखि जानकीधाम र पशुपतिनाथदेखि लुम्बिनी किन दौडिरहन्छन भन्ने कुराले ठूलो अर्थ र आयाम ओगट्दछ । नेपालका नेताहरु खासगरी कम्युनिस्ट नेताहरु होली वाइन खाँदै क्रिश्चियन धर्म प्रचार गर्दैछन भनेर मिडियाबाजी गर्ने । हुन त यो होलिवाइन २०४८ सालदेखि कृष्णप्रसाद भट्टराईदेखि गिरिजाप्रसाद कोइराला अनि बाबुराम भट्टराईदेखि लोकेन्द्रबहादुर चन्द र सुशील कोइराला समेतले खाएका छ्न । तर उनीहरुको प्रचार भएन । उनीहरुले खाँदा धार्मिक सद्भाव भयो । कम्युनिस्ट नेताले गर्दा होलिवाइन बिरोधी अभियान सन्चालन गर्ने । कम्युनिस्टहरुले गाई मारे भनेर प्रचार गराउने र कम्युनिस्ट बिरोधी भावाना जनतामा सृजना गरि उत्तेजना फैलाउने नियत र लक्षका साथ अघि बढ्ने गरि नेपालगन्जमा घटाइएको गाई काण्डले ड्राइभरहरुलाइ मात्र बोलिको बोको बनाउने हुन कि ? साँच्चीकै अपराधीसम्म पुग्दा ? हेर्न बाँकी छ ।