जनता टाइम्स

३० असार २०८०, शनिबार ११:५०

‘१० सेकेन्डको छेडछाड अपराध होइन’ भन्ने अदालतको फैसालाको विरोधमा प्रदर्शन


रोम, ३० असार । यौन दुर्व्यवहारको एउटा घटनालाई लिएर इटालीको सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ ।

स्थानीय अदालतको एउटा निर्णयको त्यहाँका जनताले निन्दा गरिरहेका छन् । जसमा १७ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको अभियोगमा विद्यालयका चौकीदारले पाँच देखि दश सेकेन्डसम्मको मात्रै छोएको भन्दै सफाइ पाए पछि यो हंगामा मच्चिएको हो । राजधानी रोमसहित अन्य धेरै सहरका मानिसहरु अदालतको फैसलाको बिरूद्ध विभिन्न तरिकाले विरोध गरिरहेका छन् ।

मानिसहरूले टिकटक र अन्य सोशल मिडिया प्लेटफर्महरूमा त्यस्ता भिडियोहरू पोस्ट गरे, जसमा १० सेकेन्डसम्म किशोरीको प्राइभेट पार्ट्स छोएको देखिन्छ। आन्दोलनकारीको तर्क छ, ‘यसको पछाडिको उदेश्य भनेको अपराध हो, कसैलाई गलत नियतले छुनु अपराध हो, यसमा समय सीमा छैन, हुनुहुदैँन ।’

एबीसी न्यूजले रिपोर्टले जनाए अनुसार पीडित किशोरीले भनिन् कि उनी रोम हाई स्कूलको साथीसँग सिँढीहरू माथि हिंड्ने क्रममा लुगा मिलाएर पछाडिबाट आएकी थिइन र त्यसपछि चौकीदारले उनको भित्री लुगा तान्ने प्रयास गरे ।

यो मुद्दा गत वर्ष अप्रिल २०२२ मा बाहिर आएको थियो। सोही क्रममा अभियुक्तले बालिकालाई आफुले छोएको स्वीकार गरे पनि घटनालाई ठट्टा मात्र भएको अदालतसमक्ष दाबी गरेका थिए ।

तर, सोही बिषयलाई ठट्टा भन्दै अदालतले पीडकलाई छाडि दिए पछि अदालतको फैसलाको विरुद्धमा ठूलो प्रदशन भएको हो । इटालीका सबै सेलिब्रेटीले पनि छात्राको पक्षमा भिडियो पोस्ट गरिरहेका छन् ।

सिकोनेट्टीले भने, ‘१० सेकेन्डभन्दा कम समय छेडछाडको दायराभित्र पर्दैन भन्ने कसले निर्णय गर्छ ? तपाईलाई दुब्र्यवहार भएको बेला कसले सेकेन्ड गणना गर्छ ? कुनै पनि पुरुषलाई महिलाको मञ्जुरी बिना छुने अधिकार छैन, एक सेकेन्डको लागि पनि होइन, ५ वा १० सेकेन्ड पनि होइन।’