जनता टाइम्स

२५ कार्तिक २०८०, शनिबार १३:५१

बालबालिकाको मुद्धालाई प्राथमिकता दिनुपर्नेमा जोड


काठमाडौं, २५ कात्तिक । बालबालिकाको मुद्धालाई प्राथमिकताका साथ ठाउँं दिएर मिडियाले प्रकाशन प्रशारण गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । बालबालिकालाई सचेत र संगठित बनाउन सके मात्रै भोलिको देशको भविष्य राम्रो हुने भन्दै सहभागीहरुले बालबालिकासँंग सम्वन्धित समाचारले ठाउँं पाउनुपर्ने बताउनुभयो ।

आमसञ्चारमाध्यममा बालबालिकाको संवेदनशिलताका विषयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत समाचारदाताहरुसँंगको राजधानीमा भएको अन्तरक्रियामा सहभागी डा. कुन्दन अर्यालले गैर राजनैतिकको दायरा जबसम्म फराकिलो हुँदैन, तबसम्म बाल संवेदनशीलतामा परिवर्तन आउन नसक्ने बताउनुभयो ।

कार्यक्रमको बाल अभियन्ता तारक धितालले विभिन्न नेपाली सञ्चार माध्यमका संवाददाताहरूसंग बाल संवेदनशीलता सम्बन्धी अभिमुखीकरण गर्नुभएको थियो । उहाँले सञ्चार माध्यममा बालबालिकाको बिषय किन र बालबालिकाको विचार र भावनाको कदर, बालबालिकाको समस्या र मुद्दा उठान, बालबालिकाको सहभागितामा समावेसीलगायतका बिषयका अभिमुखीकरण गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा चाइल्ड नेपालका कार्यकारी निर्देशक मोहन दँगालले बालबालिकाको समाचार सम्प्रेशन गर्दा तथ्यमा अधारित सामग्रीहरू माथि सम्बोधन गर्न, बालबालिकाको विषयबस्तुलाई निरन्तर प्रकृयाको रूपमा प्रयोग गरिदिन अनुरोध गर्नुभयो । उहाँले समाचारमा बालबालिकाको विषयबस्तुमा प्रभावकारी ढंगले सम्प्रेशन गर्न पनि सुझाव दिनुभयो । यसकारण बालबालिका सम्वन्धीका समाचारको लेखनमा विशेष गाम्भीर्यता अपाउनुपर्ने उहाँले बताउनुभयो ।