दक्षिण गोलाद्वमा प्रजातन्त्र अब्वल रहेको छैन । तानाशाही शासन व्यवस्थाहरूले चिनियॉ शासन प्रणालीलाई प्रचूर मात्रामा प्रयोग गर्दै तानाशाही पद्धतिलाई बलियो बनाउने गर्दछ । चीनमा सैनिक भन्दा पुलिसमा अधिक खर्च रहेको छ । यस अर्थमा रसिया, इरान, पाकिस्तान जस्ता मुलुकहरू चीनको पक्षमा उभिएको छ । शीतयुद्धमा प्रजातान्त्रिक शक्तिहरू वीच सहकार्यको टड्कारो आवश्यकता छ । समग्रमा भन्दा प्रथम शीतयुद्ध भन्दा द्वितीय शीतयुद्ध बढी जटिल हुन सक्ने सम्भावनालाई नकार्न सकिदैन ।
विपिन देव
रसिया–युक्रेन युद्ध र इजरायल–हमास भिडन्तले गर्दा शक्ति केन्द्रहरूको धुव्रीकरण चुलिएको छ । यीवाहेकका पनि द्वन्द्वका विन्दुहरू (हट स्पट) हरू मध्ये एसिया, दक्षिण चीनसागर, दक्षिण एसिया र पूर्वीय चीनसागरहरूमा समेत देखिएको छ । भारत-चीनबीच सीमा तनाव सन् २००० मा सुरू भएतापनि तनाव शिथिलीकरण भएको छैन । जापान-चीनबीच सिनकाकु टापुको विवादले गर्दा जापान आफ्नो राष्ट्रिय सुरक्षा नीतिमा खर्च अभिवृद्धि गर्दै कर्वाड (जापान, अमेरिका, भारत, अष्ट्रेलिया) मा सहभागिता भएको छ ।
चीनियाँ नीतिले गर्दा अष्ट्रेलियावाहेक अक्स (विट्रेन, अमेरिका र अष्ट्रेलिया) मा सहभागी भएका छन । सन् १९७९ सम्म चीनसँग भिडन्त गरेको भियतनाम भारतसंग ब्रहमोस खरिद गरेर आफ्नो सामरिक नीतिमा व्यापक परिर्वतन गर्दै चीनिया पूँजी र प्रविधिलाई भियतनाममा भण्डारण गर्ने गृहकार्यका साथ अगाडि बढिरहेको छ । यी तनावका बाछिटाहरूले गर्दा द्वितीय शीतयुद्धको वातावरण निर्माण भएको जानकारहरूको बुझाई छ । तर द्वितीय शीतयुद्ध प्रथम शीतयुद्धभन्दा बढी खतरनाक हुने जानकारहरूको बुझाई रहेको छ ।
प्रथम शीतयुद्धका महाशक्तिहरू सोभियत रुस र अमेरिका थिए । वर्तमान परिवेशमा चीन र अमेरिका एकअर्का विरुद्ध उभिएका छन् । सोभियत रुस कम्युनिष्ट मेनिफेस्टो (रेड बुक) का साथ संसारमा आफ्नो विचार र प्रभाव फैलाएको थियो । तर चीनको रणनीति पृथक रहेको छ । चीनले आफ्नो आर्थिक कारोवारबाट आफ्नो प्रभाव र दवदवा बढाइरहेको छ । अमेरिकी समाजमा रसियनहरूका कुनै खास प्रभाव थिएन । तर चीनियाँ मुलुका नागरिकहरूको अमेरिकी समाजमा प्रचूर मात्रामा पहुँच र पकड रहेको छ । आर्थिक पक्षलाई आधार मान्ने हो भने पि.पि.ट्रमका अनुसार चीन अमेरिका भन्दा अब्वल देखिएको छ । चीनले “कनफ्युसियस स्कुल”को माध्यमबाट चिनिया संस्कृतिको प्रभावको वारेमा अमेरिका र युरोपमा धेरै कार्यक्रमहरू परिचालित गरेको छ । फुकुयमाको पुस्तक “द इंड अफ हिष्टी”ले सङ्केत गरेझै अमेरिकी र चीन वीचको कटुता सहज हुने छैन ।
शीतयुद्धको कारक तत्वहरूमध्ये ताइवान र दक्षिण चीन सागर हुने जानकारहरूको दावी रहेको छ । “ताइवान”को कारणले गर्दा अमेरिका र चीनको वीच टकराहट बढ्नुका विभिन्न आयामहरू छन् । ताइवानका वारेमा अमेरिकाको सामरिक (स्ट्रारेजिक एमवीगिग्युरी) रहेको छ । सत्तरीको दशकमा निक्सन र हेनरी किसिनजरको नीतिले गर्दा अमेरिको एक चीन नीतिलाई अनुमोदन गरेको थियो । कालान्तरमा अमेरिकी नीतिमा व्यापक परिर्वतन देखियो । ताइवान, अमेरिकालगायत युरोपका लागि ठूलो महत्व रहेको छ । आधुनिक प्रविधि सेमिकन्डकटरमा टिकेको छ । संसारमा सर्वाधिक सेमिकन्डकटर (चीयस) उत्पादन गर्ने ताइवान रहेको छ ।
वर्तमान भू-राजनीति भुमण्डलीकरणले गर्दा जटिल भएको छ । ताइवान चीनको पूर्व अधिपत्यमा जाने वित्तिकै भारतको “सप्mट वेयर”मा धरासाही हुने छ । चीनले ताइवानलाई आफ्नो अधिनमा लिने वित्तिकै ताइवानमा प्रजातान्त्रिक वस्तीको अन्त्यष्टि हुनेछ । ताइवान प्रजातन्त्रको परीक्षण केन्द्र हो । प्रजातान्त्रिक पद्धतिबाट उच्च आर्थिक विकास गर्न सकिन्छ भने प्रश्नको उत्तर ताइवानको विकास र समृद्धिले प्रमाणित गरेको छ । यस अर्थमा ताइवानलाई जोगाउनुको अर्थ प्रविधि र पूँजीलाई जोगाउनु समेत हो । ताइवानको टिम.एम.सी.कम्पनीको प्रभाव विश्वबजारमा सर्वत्र देखिन्छ । टि.एम.सी (ताइवान सेमिकन्डकटर कम्पनी) संसारको चीप्सको ठुलो कारखाना रहेको हो ।
ताइवानको वारेमा अमेरिकी नीतिमा व्यापक परिर्वतन आउनुको कारण प्रविधि र प्रजातन्त्र रहेको छ । जानकारहरूले ताइवानको समस्यालाई हङकङ र युक्रेनको चस्माबाट समेत व्याख्या गरेको देखिन्छ । तर ताइवान पृथक रहेको छ । ताइवान सरकारले ताइवानको सैन्य सुरक्षामा कुल बजेटको २ प्रतिशत खर्च गरे तापनि हिन्द महासागरीय क्षेत्रमा अमेरिकी “सेभेन फिलिट”को उपस्थितिले गर्दा चीन अगाडि बढ्न सकेको छैन । सन् २०१९ को काङ्ग्रेसका राष्ट्रपति सी ले आफ्नो कार्यकाल बढाउनुको प्रमुख कारण मध्ये ताइवान रहेको कुरा उल्लेख गरेका छन् । जानकारहरू यसलाई सीको रणनीतिको रूपमा व्याख्या गरेका छन् ।
बास्तवमा सन् १९७९ पश्चात चीनले कुनै युद्ध लडेको छैन । तर द्वितीय विश्वयुद्ध पश्चात अमेरिकी सैनिक कार्यवाही संसारको कुना कुनामा भएको छ । शितयुद्धमा अमेरिका नै विजय हुन सक्ने धेरै आधारहरू छन् । संसारको उच्च कोटिको जनशक्तिको चाहना अमेरिकी वसाई रहेको छ । अमेरिकी नीतिले विश्वको उच्च स्तरीय विज्ञहरूको ज्ञानभूमि र तपोभूमि हार्वट, एयल, स्टायडफ्रोड रहेको छ । शोध संस्थानहरूको शोधबाट मुलुकको सार्मथ्य बढ्छ । अमेरिका जस्तो लाभ चीनसंग छैन । चीनले अमेरिकी प्रविधिलाई नक्कल गरेर बजारमुखी मात्र बनाउने हो । अर्का कारण चीनसंग जनसंख्या लाभांश (डेमोग्राफीक डिभिडेन्ड) छैन ।
चीनमा बुढा मान्छेहरु संख्या अधिक भइरहेको छ । चिनियाँ प्रविधिमा विश्वको विश्वास रहेको छैन । चिनिया कोभिड भ्याक्सिन” यसको उदाहरण हो । २३ प्रतिशत चीनिया पूँजी चीनको रियल स्टेटमा लगानी भएको छ जुन जीर्ण अवस्थामा रहेको छ । चीनको भिमकायी रेसम मार्ग (वि.आर.आए) गुरूयोजनाको सर्वत्र र्भत्सना भइरहेको छ । श्रीलङ्का पाकिस्तान र जिम्वावे जस्ता मुलुकहरू यी भिमकायी योजनाबाट पिल्सिएका छन् भने युरोपको इटाली जस्ता मुलुकहरू वि.आर.आए.बाट आफ्नो सहभागिता हटाएको छ ।
दक्षिण गोलाद्वमा प्रजातन्त्र अब्वल रहेको छैन । तानाशाही शासन व्यवस्थाहरूले चिनियॉ शासन प्रणालीलाई प्रचूर मात्रामा प्रयोग गर्दै तानाशाही पद्धतिलाई बलियो बनाउने गर्दछ । चीनमा सैनिक भन्दा पुलिसमा अधिक खर्च रहेको छ । यस अर्थमा रसिया, इरान, पाकिस्तान जस्ता मुलुकहरू चीनको पक्षमा उभिएको छ । शीतयुद्धमा प्रजातान्त्रिक शक्तिहरू वीच सहकार्यको टड्कारो आवश्यकता छ । समग्रमा भन्दा प्रथम शीतयुद्ध भन्दा द्वितीय शीतयुद्ध बढी जटिल हुन सक्ने सम्भावनालाई नकार्न सकिदैन ।
प्रतिक्रिया दिनुहोस्