जनता टाइम्स

११ फाल्गुन २०८०, शुक्रबार ०७:४६

खाना नखाएको सजिलै थाहा पाउने केपी अंकल


झण्डै तीन दशकको पत्रकारितामा निरन्तर लाग्दा धेरै आरोह/अवरोह आए । मैलै यस्तो चाहियो भनेर कहिल्यै कसैसँग कुनै गुनासो गरिन । पत्रकारिता र राजनीति लिनका लागि भन्न पनि दिनका लागि हो भन्ने मेरो मान्यता छ । आफू जतिसुकै अप्ठेरो भोगेर पनि अरुका लागि केही गर्नुपर्छ भन्ने केपी अंकलबाट पाठ सिकको छु । तर, त्यो बाटो सधैँ पछ्यााउन सक्छु कि सक्दिन थाहा छैन 

७३ औँ जन्मदिनको अवसरमा समर्पण

कृष्ण केसी

जिम्मेवारी र दायित्वको जतिसुकै ठूलो भारी बोके पनि सानातिना कुरामा असाध्यै ख्याल गर्नुहुन्छ केपी अंकल । खासगरी बालबालिका भनेपछि भुतुक्कै हुने उहाँको स्वभाव छ । झण्डै २७/२८ वर्षअघिका केही घटनाले मलाई अहिले पनि अचम्म लाग्छ । भर्खरै एसएलसी उत्तीर्ण गरेर पहिलो पटक राजधानी छिरेको एउटा सामान्य गाउँले ठिटोले उहाँबाट पाएको माया र सामिप्यताको स्मरण अहिले पनि आइरहन्छ ।

२०५१ सालमा एमालेको अल्पमतको सरकार बनेपछिका झण्डै डेढ वर्ष उहाँसँगै बस्ने अवसर मिल्यो । पुल्चोक होस या  पाटनको महापाल । उहाँ गृहमन्त्री हुँदा मेरो काका बिलबहादुर खत्री नेपाली सेनाबाट उहाँको सुरक्षार्थ खटिनुभएको थियो । उहाँमार्फत मैले त्यो अवसर मिलेको थियो । मैले उहाँलाई अंकल नै भनेर सम्बोधन गर्थेँ अहिलेसम्म पनि भेट्दा अंकल नै भन्ने गरेको छु ।  भर्खरै एसएलसी उत्तीर्ण गरेर लमजुङबाट काठमाण्डौ गएको एउटा फुच्चे केटोलाई उहाँले गर्नुभएको माया र सहयोग म कहिल्यै भुल्न सक्दिन । म काकासँग बस्थे र मन्त्री क्वार्टरमा काममा सहयोग गर्थे । पछि भद्रकालीमा एक महिना टाइपराइटर सिकेर मन्त्री क्वार्टरमा केही समय त्यो काम गरे । त्यति बेलासम्म मन्त्री क्वार्टरमा कम्प्युटर थिएन । टाइराइटरबाटै काम चलाउनु पथ्र्याे ।

गृहमन्त्री त्यसै व्यस्त हुने जिम्मेवारी । भेट्ने मान्छेको अति नै भिडभाड हुन्थ्यो । तर पनि उहाँ फुर्सद भयो की हामीलाई जिश्काउनु् ह्ुन्थो ।‘ ‘कोही छ चेस र क्यारिम बोर्डमा मलाई जित्ने भन्दै खेल्न तम्सनु हुन्थ्यो ।’उहाँसंग हामीले खेल्थ्यौ तर न उहाँलाई न चेसमा हराउन सकियो नत क्यारिम बोर्डमा नै । उहाँको ७३ औँ जन्मदिन (फागुन ११ गते) मनाईरहँदा उहाँसंगको बसाईमा धेरै अनुभवहरु अहिले पनि स्मरणमा ताजै छन् । सायद एउटै लेखमा सकिँदैन होला । उहाँ गृहमन्त्रीबाट हटेपछि पाटनस्थित महापालमा डेरामा सर्नुभएको थियो । म बेलाबेलाामा उहाँको डेरा पाटन महापाल जान्थे । खाना नखाई गएको बेला अनुहार हेरैरै छुट्टाउनुहुन्थो ‘बाबु तिमीले आज खाना खाएको छैनौ ।’ राधिका आन्टीलाई भेटेर खाना खाऊँ । उहाँकोमा अत्यन्तै भिड हुन्थ्यो । मैले झुटो बोलेर खाएँ भन्दा पनि उहाँलाई विश्वास दिलाउनै नसकिने । हातमै समातेर किचनमा लिएर जानु हुन्थ्यो । राधिका आन्टीले पनि धेरै माया गर्नुहुन्थ्यो ।

उहाँ गृहमन्त्री भएकै बेला नेपालगंजको भेरी नदि नजिकै भएको तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी र उहाँलगायत चढेको जहाज दुर्घटनाको खवरले हामी त्यतिवेला सबैभन्दा दुःखी भएका थियौ । तर, पालइलटको सावधानीले अप्रिय घटना हुन पाएन । हामी एयरपोर्ट पुग्दा उहाँ प्लेनको ढोकाबाट हाँस्दै र हात हल्लाउँदै निस्कनु भयो । त्यसपछि उहाँ शिक्षण अस्पाल महाराजगंजमा भर्ना हुनु भयो । केहीदिन म पनिसँगै अस्पताल बसे । उहाँको पान खानेबानी थियो । राधिका आन्टीले पान नखानोस् भनेर धेरै सम्झनुहुन्थ्यो । राधिका आन्टी आँखा छलेर उहाँले मलाई पान लिन पठाउनुहुन्थ्यो । म टाढा/टाढा पुगेर पनि पान लिएर आउँथे । राधिका अन्टीलाई भने उक्त सहमतीअनुसार कुरा गोप्य नै राखिन्थ्यो ।

उहाँसँग जोडिएको अर्को घटना पनि त्यतिकै रोचक छ । मैले गृहमन्त्रीको निवास पुल्चोकस्थित ल्याण्डलाइन मा फोन गरेँ, । उताबाट हेलो गर्ने मान्छेलाई  मैले भनेँ ‘म कृष्ण बोलेको ‘अंकल (बिलबहादर खत्री) लाई म आज साथीको बस्ने भएँ, आउँदिन भनेर खवर भन्दिनोस् न । ’मैले यो शब्द मात्र के व्यक्त गरेको थियो । उताबाट जवाफ आयो ‘बाबु तिमीलाई धेरै जाडो भएजस्तो छ । बाक्लो कपडा लगाएनौ ।’   म दङग पर्दै भने ‘भएको छैन अंकल’ । सायद म बोल्दा स्वर केही कापेको हुनुपर्छ । मैले पातलो कपडा लगाएको थिएँ तर भर्खरकै केटो भएर होला धेरै जाडोको महसुस भएको थिएन । त्यसो भन्ने व्यक्ति अरु कोही नभएर तत्कालीन गृहमन्त्री केपी शर्मा ओली हुनुहुँदो रहेछ । म २ महिनाकै समयमा उहाँसँग नजिक भइसकेकोे थियो । त्यति ठूलो जिम्मेवारीमा बसेको मान्छेले फोनमै मलाई जोडो भएको थाहा कसरी थाह पाउनुभयो होला । मलाई यो जिज्ञासा अझै मनमा खेलिरहन्छ ।

विगत २ महिनादेखि मन्त्री निवासमा आफ्नै काकासँग बसेको म एकदिन बाहिर नसोधी गएकोले काकालाई खबर छोड्न मैले टेलिफोन गरेको थिएँ । त्यतिवेला मोबाइल चलनचल्तीमा थिएन ।  भोलिपल्ट बिहान म फर्केँ । अनि उहाँले मेरो पातलो ज्याकेटमा समात्दै यस्तो कपडाले पनि काठमाण्डौको जाडो धान्दैन भन्दै नयाँ ज्याकेटको व्यवस्था गरिदिनु भयो । म खुसीले रमाएँ । त्यो उमेरसम्म मैले त्यति न्यानो ज्याकेट लगाएको थिइन । मनमनै धन्यवाद दिए ।

जागिरको सिफारिश लिएर आउनेहरुलाई उहाँले दिएको जवाफ अहिले पनि म सम्झन्छु ।‘ ‘पहिले भोको पेटलाई हेर्नुहोस् । आफन्तको सिफारिश गर्न छोड्नुहोस् ।’ गरिब, दःुखी र अप्ठेरो अवस्था लिएर आउनेहरुलाई उहाँले गरेको नम्र र मायालु व्यवहार देख्दा एउटा १५/१६ बर्षको केटोलाई यस्तो लाग्थ्यो ‘कम्युनिष्ट भनेका साच्चै यस्तो हुँदा रहेछन् ।’ जागिरको सिफारिश लिएर आउनेहरुलाई उहाँले दिएको जवाफ अहिले पनि म सम्झन्छु ।‘ ‘पहिले भोको पेटलाई हेर्नुहोस् । आफन्तको सिफारिश गर्न छोड्नुहोस् ।’ गरिब, दुःखी र अप्ठेरो अवस्था लिएर आउनेहरुलाई उहाँले गरेको नम्र र मायालु व्यवहार देख्दा एउटा १५/१६ वर्षको केटोलाई यस्तो लाग्थ्यो ‘कम्युनिष्ट भनेका साच्चै यस्तो हुँदा रहेछन् ।’

झण्डै तीन दशकको पत्रकारितामा निरन्तर लाग्दा धेरै आरोह/अवरोह आए । मैलै यस्तो चाहियो भनेर कहिल्यै कसैसँग कुनै गुनासो गरिन । पत्रकारिता र राजनीति लिनका लागि भन्न पनि दिनका लागि हो भन्ने मेरो मान्यता छ । आफू जतिसुकै अप्ठेरो भोगेर पनि अरुका लागि केही गर्नुपर्छ भन्ने केपी अंकलबाट पाठ सिकको छु । तर, त्यो बाटो सधैँ पछ्यााउन सक्छु कि सक्दिन थाहा छैन । मैलै यो प्रसंग कुनै लाभको पद पाउन वा अवसर लिन यहाँ व्यक्त गरेको होइन । भर्खरै एसएलसी परीक्षा दिएर राजधानी छिरेको एउटा फुच्चे केटोको मनमा त्यतिवेला परेको गहिरो छाप मात्रै उल्लेख गरेको हो । आफ्नो सम्पूर्ण जीवन र सम्पत्ति राष्ट्रको नाममा समर्पण गर्नुभएका राजनेता केपी अंकललाई जन्मदिनको  हार्दिक मङ्गलमय शुभकामना ।