लन्डन, असोज १० । गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसिसी) को महासचिव पदमा प्राध्यापक डाक्टर हेमराज शर्माले आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ । लामो समय एनआरएनए गतिबिधिमा संलग्न प्राडा शर्माको उम्मेद्वारी घोषणासँगै आम एनआरएनए मतदातामा उत्साह छाएको पाइएको छ । डा. शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुनुहुन्छ । गैर एनआरएनएको अभियानबारे नाम जोडिदा एउटा नछुट्ने नाम शर्मा नै हुनुहुन्छ । डेढ दशक लामो संघको अभियानमा कुनै न कुनै रुपमा उहाँको भूमिका महत्वपूर्ण रहदै आएको छ ।
ब्यापारी र धनाढ्य एनआरएनहरुले मात्र केन्द्रीय तहमा सधैँ राज गरिरहेको आरोप लागिरहेको बेला शर्माले काठमाडौँमा हुन गइरहेको संघको नवौं बिश्व सम्मेलनमा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ । एनआरएनएका केन्द्रीय तहमा विज्ञता हासिल गरेका ब्यक्ति पनि पुग्नुपर्छ भन्ने जोडदार आबाज डायस्फोरामा जोडदार बनेपछि सवैको आग्रहमा शर्मा उम्मेद्वार बनेको बताइएको छ । डा.शर्मा जस्ता अनुभबी बिज्ञहरु संघको केन्द्रीय तहमा पुग्ने आँट गर्नु आँफैमा महत्वपूर्ण ठानिएको छ । त्यतिमात्र होइन, शर्मा जस्तै विज्ञता हासिल गरेका अन्यलाई पनि संघको अभियानमा प्रत्यक्षरुपमा लाग्न प्रेरणा मिल्ने देखिन्छ ।
गत वर्ष काठमाडौंमा सम्पन्न अन्तराष्ट्रिय विज्ञ सम्मेलनमा शर्माको महत्वपूर्ण भूमिका रहेको थियो । समृद्ध नेपाल निर्माणका लागि विदेशमा सिकेको ज्ञान,सीप र अनुभव हस्तान्तरणको चर्चा हालसम्म सम्मेलनहरुमा मात्रै सिमित रहेको बेला केन्द्रीय तहमा काम गरेर यसलाई व्यावहारिकतामा ढाल्न डा. शर्माजस्तै विज्ञहरुको सहभागिता अनिवार्य रहेको छ । डा. शर्मासँग बेलायतको लोकप्रिय विश्वविद्यालय लिभरपुलमा सिनियर रिसर्च लेक्चरको अनुभव छ । सन् १९९७ मा उहाँले जापानको रिक्यो विश्वविद्यालयमा मास्टर्स कोर्स गरे। सन् १९९८ मा इटालीबाट थप मास्टर्स डिग्री हासिल गर्नुभएको थिया ।
उहाँले सन् २००२ मा फ्री युनिभर्सिटी बर्लिनबाट ‘फिजिक्स’ मै पिएचडी गर्नुभएको हो । के साँच्चिकै डा. शर्मा जस्तै बिज्ञहरु डायस्फोरामा छैनन् त ? छन् भने एनआरएनए अभियानमा उहाँहरुको भूमिका कहाँ छ ? सधैँ लगानीकै एकोहोरो भाषणमा केन्द्रित जस्तै देखिने यो बिशाल संस्थाभित्र दिग्गजहरुको आकर्षण किन उल्लेख देखिदैन ? उनिहरु प्रत्यक्ष अभियानमा जोडिन किन उत्साहित छैनन् ? एनआरएनको १२ औं युरोपेली बैठकमा व्यापार, लगानी, पर्यटन र बैदेशिक रोजगारसम्बन्धी नेपालको आर्थिक कुटनीतिबारे युरोपका नौ देशका दूताबासहरुले आआफ्ना अनुभवहरु सुनाए । यसैक्रममा बेलायतको दूतावासको प्रतिनिधित्व गरेका द्वितीय सचिव लव सुवेदीले एउटा तथ्याङ्क प्रस्तुत गर्नुभयो । तथ्यांकअनुसार बेलायतमा नेपालका १ हजार २ सय डाक्टर, पाँच हजार नर्स र एकहजार भन्दा बढि इञ्जिनियरहरु रहेछका छन ।
यसैबीचमा बेलायतमा नै कर्मथलो बनाएका डा. शर्मालाई एनआरएनए केन्द्रीय महासचिवमा उम्मेदवारी दिदै गर्दा प्रश्न उब्जन सक्छ। माथि उल्लेखित डाक्टर, इञ्जिनियरहरु र नर्सको संख्या दिग्गजहरुको एउटा ठुलो हिस्सा हो । तपाई बेलायतमा नै हुनुहुन्छ, यो अभियानमा आकर्षित गर्न कस्तो भूमिका रहला ? त्यसो त बेलायतमा पाँचसय भन्दा बढी नेपालीले रेष्टुरेन्ट ब्यबसायीहरु छन । अन्य क्षेत्रका गरी सयौं ब्यबसायीहरु पनि छन्। प्रश्न यही नेर पनि छ, संघको अभियानमा किन ब्यापारीहरु मात्र आकर्षित छन ? विज्ञता हासिल गरेको त्यति ठुलो संख्या रहे पनि खासै चासो किन देखिदैन ।
डा. शर्मालाई अब्बल उम्मेदवार ठानिए पनि उहाँका लागि यो परीक्षाको घडी मात्र हो । महासचिवको कार्यभार सम्हाल्न सफल हुनुभयो भने सन् २०२१ को अक्टोबरमा उहाँलाई एउटै प्रश्न गरिने छ, ‘तपाईजस्तै विज्ञता भएका गैर आबासीयहरु संघको अभियानमा अहिले कति छन् ?’ अब साँच्चिकै अब्बल बन्लान् वा नबन्लान् त्यो त समयले नै बताउने छ । तर शर्माको उम्मेद्वारी घोषणाले भने एनआरएनएभित्र तरंग पैदा गरेको बुझाई आम सदस्यहरुको छ ।
प्रतिक्रिया दिनुहोस्