जनता टाइम्स

१४ असार २०८२, शनिबार ०७:५९

आज प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपतिले एउटै मञ्चबाट सम्बोधन गर्दै


काठमाडौं, १४ असार । मदन भण्डारी जयन्तीको अवसरमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एउटै मञ्चबाट सम्बोधन गर्दै हुनुहुन्छ । आज ७४ औं मदन जयन्तीको अवसरमा आयोजना गरिएको मदन भण्डारी फाउन्डेशनको कार्यक्रमको ओली र भण्डारीले सम्बोधन गर्न लाग्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथी प्रधानमन्त्रीतथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाइएको छ । तर आजको कार्यक्रममा प्रधानमन्त्री ओली र भण्डारीबाहेक अरु वक्ताहरू को–को रहने भन्ने खुलाइएको छैन ।