जनता टाइम्स

१३ कार्तिक २०८१, मंगलवार १०:४०

संगीतका पारखी बैंकर गोबिन्दको कामको परिणाम : कृषि बिकाश बैंकको हरेक इन्डिकेटरमा देखियो लोभलाग्दो सुधार


आर्थिक वर्ष २०७८/७९ मा यस बैंकले २ अर्ब २२ करोड ५७ लाख ६५ हजार रुपैयाँ मुनाफा आर्जन गरेकोमा आर्थिक वर्ष २०७९÷८० मा यस बैंकले ३ अर्ब ९ करोड ९३ लाख ३७ हजार रूपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ६५ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । यसरी गुरुङको नेतृत्वमा बैंकले निरन्तर मुनाफा बढाउदै आएको छ । यस अवधीमा बैंकको खराब कर्जा प्रतिशत पनि निरन्तर घटदै आएको छ ।

यतिबेला सरकारी स्वामित्वको कृषि बिकाश बैंकको परिदृष्य फेरिएको छ । परिदृष्य मात्र होइन, हरेक काम र प्रगतिका इन्डिकेटर पनि माथि नै पुगेको छ । महंगा गाडी चढेर आउनेदेखि चप्पल लगाएर आउनेसम्म सवैलाई कार्यकारी प्रमुख अर्थात प्रमुख कार्यकारी अधिकृत (सीईओ) को हसिलो र समान ब्यवहारले बैंकको कायापलट नै गरिदिएको छ भन्दा फरक पर्दैन । छोटो अवधीमै कृषि बिकाश बैंकको पहिचान फेर्न सफल बैंकर हुनुहुन्छ गोविन्द गुरुङ । उहाँ बैंकिङ क्षेत्रमा निकै सुपरीचित नाम पनि हो । काममा अब्बलताको पहिचान बनाउनु भएका गुरुङ यतिबेला सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हालीरहनु भएको छ ।

सीईओेका लागि सिफारिसको सर्टलिष्टमा राष्ट्रिय सहकारी बैंकका सीईओ बद्रीप्रसाद गुरागाई र नेपाल एसबिआई बैंकका डिसीईओ विष्णुदेव यादवको नाम सर्टलिस्टमा सिफारिस भएकोमा बैंक सञ्चालक समितिले प्रस्तुती र कामको पहिचानका आधारमा पनि गुरुङलाई रोज्यो । उहाँ कृषि विकास बैंकमा खुला प्रतिस्पर्धाबाट २०७९ फागुन ६ गते सिईओ नियुक्त हुनुभएको हो । त्यसबेला कृषि विकास बैंकको सञ्चालक समितिले बैंकिङ क्षेत्रका अनुभवी गुरुङलाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको थियो ।

उहाँ कृषि विकास बैंकको सीईओ बनेपछि बैंकको सेवा प्रवाहमा छिटोछरितोपन आएको छ । संस्थागत सुशासन बढेको छ । बैंकको निक्षेप, कर्जा,शाखा सञ्जाल, सूचना प्रविधि, सुशासन र मुनाफा बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा यस बैंकले २ अर्ब २२ करोड ५७ लाख ६५ हजार रुपैयाँ मुनाफा आर्जन गरेकोमा आर्थिक वर्ष २०७९/८० मा यस बैंकले ३ अर्ब ९ करोड ९३ लाख ३७ हजार रूपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ६५ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । यसरी गुरुङको नेतृत्वमा बैंकले निरन्तर मुनाफा बढाउदै आएको छ । यस अवधीमा बैंकको खराब कर्जा प्रतिशत पनि निरन्तर घटदै आएको छ ।

गुरुङ कृषि विकास बैंकको सीईओ बनेपछि बैंकको खराब अवस्थामा धेरै सुधार भएर यो बैंक पुरानै अवस्थामा फर्किन लागेको छ । अहिले बैंकको खरावकर्जा ३.३० प्रतिशतमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो खराव कर्जा ४.२० प्रतिशत थियो । यसरी सीईओ गुरुङले अघिल्लो आर्थिक वर्षकोभन्दा गत आर्थिक वर्षमा खरावकर्जा ०.९० प्रतिशत घटाउन सफल हुनुभएको छ ।

कृषि बिकाश बैंकलाई राजनीतिक र प्रशासनिक हस्तक्षेपबाट मुक्त बनाउँदै ब्यावसायिक बैंक बनाउन गुरुङले धेरै मेहनत गरी निकै ठुलो सफलता हासिल गर्नुभएको छ । उहाँले कर्मचारीहरूलाई अनुशासनमा राखेर काममा लगाउन पनि सफल हुनुभएको छ । कृषि उत्पादन बढाउने, रोजगारी सिर्जना हुने, निर्यात बढाउने र राजस्व संकलनमा पनि योगदान पुर्याउने गरी कर्जा लगानी बढाएर राष्ट्रमा उत्पादन बढाउन कृषि विकास बैंकले महत्वपूर्ण योगदान गर्दै आएको पाइन्छ ।

गुरुङ सिभिल बैंकका पूर्वसीईओ हुनुहुन्छ । कृषि विकास बैंकमा सीईओ हुनुअघि उहाँ दुई वर्ष म्यानमार सिटिजन बैंकमा सीईओको रुपमा कार्यरत हुनुहुन्थ्यो । कृषि विकास बैंकको सीईओ छनोट समितिले सीईओमा नियुक्तिका लागि गुरुङसहित तीन जनाको नाम बोर्डमा सिफारिस गरेको थियो । ती तीन जनामध्येबाट बोर्डले गुरुङलाई सीईओ बनाउने निर्णय गरेको थियो । उहाँ सिभिल बैंकका पूर्वसीईओ हुनुहुन्छ । सीईओ गुरुङसँग बैंकिङ्ग क्षेत्रमा करिब २९ वर्ष काम गरेको अनुभव छ । त्रिभुवन विश्वविद्यालयको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गर्नुभएको छ ।

२९ वर्षअघि बैंकिङ करिअर सुरु गर्नुभएका गुरुङसँग हिमालयन बैंक, ग्लोवल आइएमई बैंक, मेगा बैंक, सिभिल बैंक र म्यान्मार सिटिजन बैंकमा काम गरेको अनुभवले नै कृषि विकास बैंकमा सीईओ बन्न सफल हुनुभएको हो । निजी वाणिज्य बैंकको तुलनामा सरकारी लगानीको कृषि विकास बैंकमा तलव तथा सुविधा अति नगन्य छ । तर  २७ वर्ष नीजि बैंकमा काम गरेर प्रशस्त पैसा कमाउनु भएकाले पनि सुविधा र तलवको पर्वाह नगरी सरकारी लगानीको कृषि विकास बैंकलाई सुधार गरेर कृषि क्षेत्रमा कर्जा लगानी बढाउँदै कृषि उत्पादन बढाएर नेपाली जनताको जीवनस्तर बढोत्तरी गर्न उहाँ कृषि विकास बैंकको सीईओ बन्न तयार हुनुभएको थियो ।

गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गर्नुभएको थियो । उहाँले हिमालयन बैंकमा करिव १० वर्ष ६ महिना काम गर्नु भएको थियो । त्यसपछि उहाँले ग्लोबल आइएमई बैंकको वरिष्ठ प्रबन्धक पदमा रहेर काम गर्नुभयो । ग्लोबल आइएमई बैंकमा गुरुङले करिव ३ वर्ष ६ महिना जति काम गर्नुभयो । गुरुङ २०६७ पुस मसान्तसम्म ग्लोबल बैंकमा एजिएम पदमा कार्यरत हुनुहुन्थ्यो ।

ग्लोबल बैंकमा रहँदा गुरुङको मासिकतलब १ लाख २५ हजार रुपैयाँ थियो । त्यसपछि गुरुङ मेगा बैंक नेपाल लिमिटेडमा नायब महाप्रबन्धक भएर जानुुभएको थियो । उहाँलाई तात्कालिन सीइओ अनिलकेशरी शाहले हलोदेखि हाइड्रोसम्म लगानी गर्ने बैंक सुरूदेखि स्थापित गर्न तपाई जस्ता क्षमता, दक्षता र अनुभव भएका काविल युवाले मलाई सहयोग गर्नुपर्याे भन्दै लैजानुभएको कुरा त्यसबेला मेगा बैंकमा खुवै चर्चाको बिषय बनेको थियो ।

नयाँ–नयाँ बैंकहरू खुल्ने लहड चलिरहेको त्यसबेला मेगा बैंकका सीईओ शाहले बैंक स्थापनापूर्व नै गुरुङलाई मासिक ४ लाख ७० हजार मासिक तलब, ८० लाख होम लोन र ६० लाखको आकर्षक सवारी साधन सुविधा प्रदान गर्दै नायब महाप्रबन्धकमा नियुक्ति दिनुभएको थियो । मेगा बैंकले गुरुङलाई ५ करोडसम्मको कर्जा स्वीकृति गर्ने अधिकारसमेत दिएको थियो । उहाँ त्यस बैंकमा महाप्रबन्धकसम्म हुनु भयो ।

तर, मेगा बैंकको व्यवस्थापनमा सञ्चालक समितिको हस्तक्षेप बढेपछि यो बैंक लामो समयसम्म यथास्थितिमा सञ्चालन हुन सक्दैन भन्ने निश्कर्षसहित दुई वर्ष ६ महिनापछि अर्थात २०६९ असोज ३ गते उहाँले मेगा बैंक छाड्नु भयो । गुरुङले मेगा बैंक छाडेर सिभिल बैंकमा जाँदा मेगा बैंकका माइक्रो क्रेडिटको प्रमुखसहित महत्वपूर्ण आठ कर्मचारीलाई पनि साथमै लिएर जानुभएको थियो । मेगा बैंकमै हुँदा उहाँ सिभिल कोलोनीमा बसोबास गर्न थाल्नु भएको थियो ।

मेगा बैंकमा पाइरहेको भन्दा बढी सेवा सुविधा लिएर गुरुङ सिभिल बैंकमा डेपुटी सीईओ भएर जानुभएको थियो । सिभिल बैंकमा गुरुङले डिपुटी सीईओका रुपमा करिव चार वर्ष ६ महिना काम गरेपछि सीईओ किशोर महर्जनले बैंक छाडेपछि २०७४ साउन १५ मा सीईओमा बढुवा हुनुभएको थियो । उहाँले त्यहाँ सीईओको हैसियतमा एक कार्यकाल काम गर्नुभयो ।

सिभिल बैंकमा करिव ८ वर्ष ६ महिना उच्च नेतृत्वमा रहेर काम गर्दा गुरुङले भर्खरै स्थापना भएर बामे सर्दै गरेको सिभिल बैंकलाई धेरै ठुलो मेहनत र लगनशिलताका साथ चुक्ता पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाल र मुनाफा वृद्वि गराउनु भयो । त्यस अवधीमा उहाँ बैंकको सूचना प्रविधिलाई उच्च बनाइ सेयर लाभांशसमेत बढाएर लगानीकर्ताहरूलाई खुशी तुल्याउदै राम्रो वाणिज्य बैंकका रूपमा स्थापित गराउन सफल हुनुभयो ।

लमजुङमा जन्मिनु भएका गुरुङ गीत संगीत क्षेत्रमा पनि निकै सक्रिय हुनुहुन्छ । उहाँले कालजयी गीतहरू लेख्नुका साथै गाउनु पनि भएको छ । उहाँ संगीतको समेत पारखी हुनुहुन्छ ।

उहाँले कमजोर अवस्थामा रहेको सिभिल बैंकलाई पुराना र अब्बलभनिएका बैंकसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुर्याउनु भएको थियो । तर पछि सिभिल बैंकमा जथाभावी कर्जा प्रवाह गर्न सञ्चालन समितिबाट दबाब आउन र हस्तक्षेप बढन थालेपछि उहाँले सीईओको कार्यकाल पूरा हुनुभन्दा तीन महिनाअगाबै २०७८ बैशाख १७ गतेदेखि लागू हुनेगरी २०७७ चैत १६ गते सञ्चालक समिति समक्ष राजीनामा दिनु भएको थियो । राजीनामा बुझाउनु भएका सीईओ गुरुङलाई बैंक सञ्चालक समितिले बैंकले राम्रो मुनाफा आर्जन गरिरहेको र थप एक कार्यकाल बैंकमा रहन अनुरोध गरेको थियो । तर गुरुङले मान्नुभएन, राजीनामा फिर्ता नलिइ बैंकबाट बिदा हुनुभएको थियो ।

गुरुङ सिभिल बैंकको सीईओबाट राजिनामा दिएर म्यान्मारको सिटिजन बैंकमा राम्रो सुविधासहित सीईओ बन्न जानुभयो । त्यसबेला म्यानमार सिटिजन्स बैंकको सिनियर भाइस प्रेसिडेन्ट नेपाली टेकराज पराजुली हुनुहुन्थ्यो । गुरुङलाई उहाँले सीईओ बनाएर म्यानमार लैजानुभएको थियो । उहाँले छाडेको एक वर्षपछि नै सिभिल बैंकको स्थिति बिग्रिएको थियो । विदेशी बैंकको सीईओ बन्ने गुरुङ पहिलो नेपाली नागरिक हुनुहुन्छ । यसरी विदेशी बैंकमा समेत सीईओ बनेर काम गरेको अनुभव गुरुङसँग छ ।

२९ वर्षअघि बैंकिङ करिअर सुरु गर्नुभएका गुरुङसँग हिमालयन बैंक, ग्लोवल आइएमई बैंक, मेगा बैंक, सिभिल बैंक र म्यान्मार सिटिजन बैंकमा काम गरेको अनुभवले नै कृषि विकास बैंकमा सीईओ बन्न सफल हुनुभएको हो । निजी वाणिज्य बैंकको तुलनामा सरकारी लगानीको कृषि विकास बैंकमा तलव तथा सुविधा अति नगन्य छ ।

तर  २७ वर्ष नीजि बैंकमा काम गरेर प्रशस्त पैसा कमाउनु भएकाले पनि सुविधा र तलवको पर्वाह नगरी सरकारी लगानीको कृषि विकास बैंकलाई सुधार गरेर कृषि क्षेत्रमा कर्जा लगानी बढाउँदै कृषि उत्पादन बढाएर आम नेपाली जनताको जीवनस्तर बढोत्तरी गर्न उहाँ कृषि विकास बैंकको सीईओ बन्न तयार हुनुभएको थियो । लमजुङमा जन्मिनु भएका गुरुङ गीत संगीत क्षेत्रमा पनि निकै सक्रिय हुनुहुन्छ । उहाँले कालजयी गीतहरू लेख्नुका साथै गाउनु पनि भएको छ । उहाँ संगीतको समेत पारखी हुनुहुन्छ ।