जनता टाइम्स

२ बैशाख २०८२, मंगलवार १९:११

पाँच तारा साकोसको अविष्मरणीय यात्रा : त्यो रात साँच्चै विशेष थियो


त्यो रात साँच्चै विशेष थियो, सागर र सम्राटको गिटारको धुनमा झुमेका स्वरहरू, केकको मिठास, नाचगानमा आनन्दित मनहरु र हरेकमा झुल्किएका हाँसोहरू अब जीवनभर साथ रहनेछ । मनोरञ्जनकै बीच कटेको रातपछि, नव वर्ष २०८२ को उमंग लिएर बिहानी आयो ।

अञ्जु कार्की

सहकार्य, समर्पण र सामाजिक उत्तरदायित्वको मिशन लिएर अघि बढ्दै आएको पाँच तारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड १७ वर्षे यात्राको साँक्षी बन्यो । यात्रा केवल आर्थिक कारोबारको सीमामा मात्र बाँधिएको छैन । यसले समुदाय, सम्बन्ध र मानवीय सम्वेदना जोड्दै अघि बढिरह्यो । आम सदस्यको आत्मसम्मान र भावनाको कदरबाटै कुनै पनि संस्था अघि बढने हो भन्ने अनुभुति पनि यस यात्रामा दिलायो ।

बर्ष २०८१ को अन्तिम महिना चैत २० देखि बर्ष ८२ वैशाख एक गतेसम्म मनाइएको १७औँ वार्षिकोत्सवले संस्थाको भावनात्मक धरोहरहरू पुनः उजागर गर्यो । रक्तदानदेखि वृक्षारोपणसम्म अनि वृद्ध सहायता, जेष्ठ नागरिक स्वास्थ्य परीक्षण, फुटसल, कार्यालय डकुमेन्टेसनदेखि बचतकर्तासँग गहन अन्तरक्रिया जस्ता विविध गतिबिधि केवल झारा टार्ने काम मात्रै थिएनन, यी थिए–सहकार्य र सेवाभावनाका जीवन्त प्रतिनिधिमुलक घटनाहरू ।

उत्सवको मूल समारोह चैत ३१ गते सम्पन्न भयो–सादा तर सभ्य, अनुशासित तर आत्मीय ! त्यसदिनको सबैभन्दा मर्मस्पर्सी क्षण थियो–राष्ट्रिय, अन्तराष्ट्रिय सहकारी संस्थामा समर्पित पात्र ओमदेवी मल्ललाई गरिएको विशेष सम्मान । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष मल्लको लगनशीलता, कर्मठता, निष्ठा र प्रेरणादायी उपस्थितिले संस्थालाई निकै दृढ बनाएको सन्देश सिंगो माहोलमा फैलिएको महसुस गर्यौं हामी सवैले ।

उत्सव केवल औपचारिकता मात्र थिएन, त्यसपछि सुरु भयो, आत्मीयपनको रमाइलो यात्रा । यात्राको गन्तव्य थियो, सुकुटेको सेराबीच । उत्सव सकिएलगत्तै हामी सञ्चालक समितिका सदस्यहरू मिलेर, गेटवे स्कुलको बस चढेर, न्यानो हावासँग रमाउँदै अगाडि बढ्यौं ।

भाटभटेनीमा खानेकुरा किन्ने क्रममा लागेको समय लामो लागे पनि बसमा सागर र सम्राटले रमाइलो माहोल सिर्जना गरे । त्यो माहोलले फर्खाइ अनि अल्छीपनालाई मनोरञ्जनमुलक हाँसोमा परिणत गरिदियो । सिपालु चालक भाईले गाडी उकाली–ओराली गर्दै रमाउदै अघि बढाउँदा नाच्दै गाउँदै हामी साँझ गन्तव्यमा पुग्यौं । सुकुटे सेराबिच पुगेपछि हरेक अनुहारमा छछल्किएको थियो, उत्साह, उमंग र उत्सव । जानेबित्तिकै खाजा खाएर नाचगान सुरु भयो । beyond the imagination चरम रमाइलो– डिजेमा मस्त गीतहरू, नाचगानले भरिएको रात । यी पलहरू केवल रमाइलोका लागि मात्रै थिएनन, सम्झनाका माला पनि बन्न पुग्यो सेराबीच ।

त्यो रात साँच्चै विशेष थियो, सागर र सम्राटको गिटारको धुनमा झुमेका स्वरहरू, केकको मिठास, नाचगानमा आनन्दित मनहरु र हरेकमा झुल्किएका हाँसोहरू अब जीवनभर साथ रहनेछ । मनोरञ्जनकै बीच कटेको रातपछि, नव वर्ष २०८२ को उमंग लिएर बिहानी आयो । त्यो बिहानी निकै पवित्र र ताजगीले भरिएको थियो । बिहानको नित्यकर्म सकेर सबै जना तयार भयौं अनि सुरु भयो फोटो सेसन । हरेक कोणबाट, हरेक पोजमा, हरेक अनुहारमा उल्लास थियो। कहिले सामुहिक फोटो खिच्यौं, कहिले एक्लाएक्लै—तर हरेक क्लिकले एउटा मिठो सम्झना कैद गरियो ।

यात्रा यत्तिमा मात्र सिमित रहेन । त्यसपछि काभ्रेको पलाञ्चोक भगवती मन्दिर जाने सल्लाह भयो । पलाञ्चोक भगवतीको मन्दिर पुग्यौं, धुपको सुवास, शंखध्वनि भक्तजनको लामलस्कर भिड श्रद्धाले भरियेको हाम्रो हृदय झन पवित्र भयो । फूलप्रसादी भगवतीलाई अर्पण गर्यौं ।

त्यस क्षण प्रत्येक पाइलामा आस्था मिसिएको थियो । त्यसपछि साँगामा खाइएको परम्परागत फापरको ढिँडो र लोकल कुखुराको स्वादले जिब्रो नै रसाइरहने बन्यो । त्यो स्वादले बाल्यकालको सम्झना दिलायो, गाउँघरको तातो मायाले भरिएको स्वादको आनन्द मिल्यो ।

मेरो छोरा अधिराज, जो सधैँ प्रविधिको संसारमा रमाउथ्यो । त्यही यात्राबाट फर्किएपछि स्मारिकाको पछाडिको सामूहिक तस्बिर पल्टाएर हेर्दै नाम र पद खोज्न थाल्यो । त्यो उसले महसुस गरेको आत्मीयता र अपनत्वको प्रतिबिम्ब थियो । व्यवस्थापकको आत्मीय अंकमाल, अध्यक्षले ‘छोरा आएर राम्रो भयो भनेपछि फुरुङ्ग बनेको अधिराज अहिले पनि त्यही आत्मीयतामा रमाइरहेको छ । आउनु पर्छ, चिनजान बढ्छ, भनेर बिजया मेडमको हामी त सबै आफ्नै हो भन्ने शब्दले ऊ थप उत्साहित बनेको थियो । सबैले देखाएको प्रेमिल बातावरणले ऊ दंग पर्यो ।

मेरो छोरा अधिराज, जो सधैँ प्रविधिको संसारमा रमाउथ्यो । त्यही यात्राबाट फर्किएपछि स्मारिकाको पछाडिको सामूहिक तस्बिर पल्टाएर हेर्दै नाम र पद खोज्न थाल्यो । त्यो उसले महसुस गरेको आत्मीयता र अपनत्वको प्रतिबिम्ब थियो । व्यवस्थापकको आत्मीय अंकमाल, अध्यक्षले ‘छोरा आएर राम्रो भयो भनेपछि फुरुङ्ग बनेको अधिराज अहिले पनि त्यही आत्मीयतामा रमाइरहेको छ ।

आउनु पर्छ, चिनजान बढ्छ, भनेर बिजया मेडमको हामी त सबै आफ्नै हो भन्ने शब्दले ऊ थप उत्साहित बनेको थियो । सबैले देखाएको प्रेमिल बातावरणले ऊ दंग पर्यो । अनि फर्कदा खाएको चिसो लस्सी, त्यो त मिठासको अन्तिम थोपाजस्तै थियो—सयपत्रीको माला जस्तै सुगन्धित र दीर्घकालीन । आहा ! अहिले सम्झदा पनि ओठ रसाउने, मन आनन्दित हुने ।

यस उत्सवमा युवा उपसमितिको जोसिलो सहभागिता पनि विशेष रह्यो । सम्राट, सागर, सचिन, सोनिया प्रसाईलगायतका युवा पुस्ताले यात्रा व्यवस्थापनदेखि गीत–संगीत, हास्यव्यङ्ग्य, फोटो खिचाइसम्मका पाटोलाई उज्यालो बनाइदिए । उनीहरूको ऊर्जा, आत्मीयता र रमाइलोपनले सम्पूर्ण उत्सवलाई ‘युवा स्पर्श’ को अनुभुति दिलायो । हामी सबैले एकछिनका लागि आफ्नो उमेर सम्म बिर्सियौं ।

अध्यक्ष भोलानाथ पाठक, उपाध्यक्ष विजय मल्ल र विन्दा कुँवर, सचिव लोचनहरि प्रसाई, व्यवस्थापक राधा कडरिया, सञ्चालक सदस्यहरू गोपाल तामाङ, सुशिल प्रसाईलगायत सबैको उपस्थिति र साथले त्यो सानो यात्रा एक सशक्त संस्थागत अभिव्यक्तिमा रूपान्तरित भयो ।

१७औँ वार्षिकोत्सव केवल एउटा सहकारीकोमात्र उत्सव थिएन, यो त आत्मीय सम्बन्धको उत्सव थियो । यो हाम्रो साझा प्रतिबद्धताको उत्सव पनि थियो । अब हामी यही उत्साहलाई आत्मसाथ गरेर १८औँ वर्षतर्फ स्मृति र संकल्पका साथ अघि बढ्दैछौँ ।