जनता टाइम्स

१६ बैशाख २०८२, मंगलवार १३:४४

शिक्षकलाई उकासियो, आन्दोलन भड्काउने को हो छर्लंग छ– सांसद पौडेल


काठमाडौं, १६ वैशाख । सत्तरूढ दल नेकपा (एमाले)का सांसद दामोदर पौडेल ‘बैरागी’ले शिक्षक आन्दोलनमा पूर्वप्रधानमन्त्रीको तरिका राम्रो नदेखिएको टिप्पणी गर्नुभएको छ। मंगलबार (वैशाख १६) प्रतिनिधिसभा बैठकमा उनले रचनात्मक आन्दोलन  भइरहेका बेला उकासेर वैशाख १४ गते झडप हुन पुगेको जिकिर गर्नुभयो ।

“उकासेको पनि देखियो, उकासिएको पनि देखियो । त्यति मात्रै देखिएन सभामुख महोदय, हिजो त पूर्वप्रधानमन्त्रीको फोटो पनि देखियो । यसले के देखाउँछ भने यहाँ चर्काचर्का कुरा गर्ने त्यहाँ गएर उकास्ने गरिएको देखियो,” उहाँले भन्नुभयो । शिक्षक आन्दोलन भड्काउने खोज्ने को हो भन्ने छर्लंग भएको उहाँको भनाइ थियो । “शिक्षक आन्दोलन भड्काउने र शिक्षकका मागलाई अन्त मोड्ने, माग पूरा नगर्ने को हो भन्ने छर्लंग देखिएको छ,” उहाँले भन्नुभयो।
उहाँले सरकारले संयमता नअपनाएको भए ठूलो दुर्घटना गराउन खोजेको देखिएको जिकिर गर्नुभयो। वर्तमान सरकारले शिक्षकका माग पूरा गर्ने उहाँले बताउनुभयो ।