काठमाडौं, बैशाख १७ । नेकपा एमालेका सचिव योगेश भट्टराईले शिक्षक आन्दोलनलाई राजनीति स्वार्थ पुरा गर्ने माध्यम बनाउन खोजिएको बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुक मार्फत भट्टराईले सोही कारण शिक्षक आन्दोलन जटिल बनेको स्पष्ट पार्नुभएको छ । सबैले राजनीतिक स्वार्थ छाडिदिने हो भने शिक्षकका समस्या तत्काल समाधान हुने भट्टराईको धारणा छ ।
भट्टराईले शिक्षक आन्दोलनमा लगाइएको राजनीतिक स्वार्थको चाबी खोलिदिन पनि आग्रह गर्नुभएको छ ।
‘जस-जसले शिक्षक आन्दोलनमा आफनो राजनीतिक स्वार्थको चाबी लगाउनु भएको छ, आफूले लगाएको चाबी खोलिदिनुहोस्, तत्काल सरकार र शिक्षक बिचमा समझदारी हुन्छ, ऐन पनि आउँछ, अन्य माग पनि पुरा हुन्छ’, उहाँले लेख्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्