जनता टाइम्स

१७ बैशाख २०८२, बुधबार १८:०५

रेशम चौधरीको पक्राउलाई ठुलो षड्यन्त्रको रुपमा लिएका छौँ : सीके राउत


काठमाडौं, बैशाख १७ । जनमत पार्टीका अध्यक्ष सीके राउतले रेशम चौधरीको पक्राउलाई समान्य घटनाको रुपमा नलिएको बताउनु भएको छ ।

चौधरी रिहा भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै राउतले पार्टी एकता घोषणासभा स्थलबाटै नागरिक उन्मुक्ति पार्टीका संरक्षकलाई पक्राउ गरिनुले ठुलो षड्यन्त्रको रुपमा आफूले लिएको बताउनु भयो ।

‘यसलाई ठुलो षड्यन्त्रको रुपमा लिएका छौँ । ठुलो शक्ति बन्न लाग्दा भाँड्नका लागि यो सबै भयो’, राउतले भन्नुभयो, ‘यो सामान्य पक्राउ होइन । कर्मचारीलाई मोहरा मात्रै बनाइएको छ । यो धेरै माथिबाट भएको छ ।’

नागरिक उन्मुक्ति र जनमतबीचको पार्टी एकता घोषणा गर्न राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रम स्थल पुग्नेबित्तिकै चौधरी पक्राउ परेका थिए । तर, उनी पक्राउपछि सर्वोच्चको कर्मचारीले फेक पत्र कारागार कार्यालय डिल्लीबजारलाई पठाएको पुष्टि भएको थियो ।