काठमाडौं, १८ वैशाख । नेकपा (एमाले का सांसद सूर्य थापाले आलोचकहरूलाई घाँसको संज्ञा दिनुभएको छ। एमालेबाट नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तको प्रशंसा गर्दै थापाले उहाँका आलोचकहरूलाई घाँस भन्नुभएको हो । घाँसहरूले हुर्मत लिन खोजेका थिए, उहाँ (शिक्षामन्त्री) ले समाधान दिएर तिनलाई मुखतोड जवाफ दिनुभयो, थापाले भन्नुभएको छ। फेसबूकमा लेखेका उनले अगाडि भन्नुभएको छ मन्त्री रघुजी पन्तको शैक्षिक उपाधि (डिग्री) को कुरा उठाउनेहरू मध्यरातियता मौन र नाजवाफ नै हुन पुगेका देखिन्छन्। काम गर्ने भिजन, नेतृत्व क्षमता, अनुभव र तरिकाले हो। शिक्षामन्त्री नियुक्त भएपछि आलोचकहरूले पन्तको शैक्षिक योग्यतामाथि प्रश्न उठाएका थिए। त्यसका प्रति लक्षित हुँदै थापाले उनीहरूलाई घाँस भन्नुभएको हो ।
शिक्षामन्त्रीको प्रशंसा गर्दै थापाले भन्नुभयो – घाँसहरूले हुर्मत लिन खोजेका थिए

प्रतिक्रिया दिनुहोस्