काठमाडौं, बैशाख १८ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा काठमाडौंमा बृहद् रोड रेस प्रतिगोगिता सम्पन्न भएको छ । मदन भण्डारी रोड रेस च्याम्पियनशिप २०८२ नामको यो प्रतियोगितामा सात हजारभन्दा बढीको सहभागिता रहेको थियो ।
प्रतियोगिताका १० किलोमिटर खुल्ला दौडको पुरुषतर्फ मुकेश पाल प्रथम, राजन रोकाय द्धितीय र शुशिल साही तृतीय हुनुभयो । यस्तै १० किलो मिटरकै महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने प्रथम, निर्मल केसी द्धितीय र सिर्जना पाण्डे तृतीय हुनुभएको छ ।
यसैगरी १८ बर्षमुनीको ५ किलोमिटर दौडको छात्रतर्फ बादल कार्की प्रथम, कृष्ण परियार दोश्रो र अमृत बिश्वकर्मा तेश्रो हुनुभयो । ५ किलोमिटरकै छात्रातर्फ अस्मिता भुजेल प्रथम, भगवती खड्का दोश्रो र शर्मिला बिक तेश्रो हुनुभएको छ । बिजयीमध्ये खुल्लातर्फ प्रथम, दोश्रो र तेश्रोलाई क्रमशः५०, ३०, २०हजार तथा १८ बर्षमुनितर्फ प्रथम, दोश्रो र तेश्रोलाई क्रमशः२०, १५, १० हजार रुपैया नगद, शिल्ड र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।
खुल्लातर्फ उत्कृष्ट पाँच र १८ बर्षमुनिकातर्फउत्कृष्ट दशलाई पनिनगदसहित पुरस्कृत गरिएको थियो । दशरथ रंगशालाबाट सुरु भएको दौड राजधानीका विभिन्नभाग परिक्रमा गरी रंगशालामै पुगेर समापन भएको थियो । प्रतियोगिता समारोहलाई संवोधन गर्दै युवातथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदको बिकासले सबै पक्षमा सकारात्मक योगदान पुग्ने बताउनु भयो ।
कार्यक्रममा एकेडेमीका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्य, कार्यक्रम संयोजक तथा एकेडेमीका बागमती अध्यक्ष राम केसी, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री तथा नेपाल एथलेटिकक्स संघका संयोजक राजिबबिक्रम शाह, एकेडेमीका उपमहासचिब सुवर्ण श्रेष्ठ, सचिव कृष्ण तिमिल्सिना, राखेपका बोर्ड सदस्य जगत धामी, प्याप्सन काठमाडौंका अध्यक्ष नवराज भट्ट लगायतले बोल्नुभएको थियो ।
एकेडेमीका उपाध्यक्ष सुवर्ण श्रेष्ठका एकेडेमीद्धारा सञ्चालित रोड रेसको यो तेश्रो संस्करण हो । लगत्तै हरेक प्रदेशमा यस्तै प्रतियोगिता आयोजना हुँदैछन् ।
प्रतिक्रिया दिनुहोस्