काठमाडौं, २४ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएराति ललितपुरको लाकुरीभञ्याङस्थित टेरेस रिसोर्टमा लडेको पाइएको छ । एक स्रोतकाअनुसार प्रचण्डसहितका व्यक्ति मंगलबार टेरेस रिसोर्टमा रात बिताउने गरी जानुभएको थियो । सोही क्रममा रिसोर्टमा लडेर घाइते भएको उच्च स्रोतले जानकारी दियो ।
गएराति रिसोर्टमा लडेर टाउकामा चोट लागेपछि उहाँलाई मेडिसिटी अस्पताल ल्याइएको थियो । टाउकामा तीन वटा टाँका लगाएपछि उहाँ फर्किनुभएको थियो । यता प्रचण्डको सचिवायलय बाथरुममा लडेको बताए पनि कहाँको बाथरुम भन्नेबारे केही पनि उल्लेख गरेको थिएन । छोरी गंगा दाहालले बाथरुममा लडेर चोट लागेको र तीन वटा टाँका लगाइएको सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्