जनता टाइम्स

२५ बैशाख २०८२, बिहीबार ०६:३७

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने


काठमाडौं, २५ बैशाख ।   संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुने संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आजको बैठकमा सरकार ल्याएको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।

यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि गत सोमबारदेखि निरन्तर छलफल भइरहेको छ ।