जनता टाइम्स

३० बैशाख २०८२, मंगलवार २२:१४

सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषा र शैलीबाट व्यक्तिको चरित्रको निर्माण हुन्छ : शंकर पोखरेल 


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मानिसको चरित्र उसको भाषा र शैलीबाट थाहा हुने बताउनुभएको छ ।

सूचना र प्रविधिको युगमा सामाजिक सञ्जालको विशेष महत्त्व रहेको पोखरेलको भनाइ छ । सामाजिक सञ्जालले समेत व्यक्तिको चरित्र निर्माण गर्ने उहाँले बताउनुभएको छ ।

सामाजिक सञ्जालमा प्रयोग गरिने भाषा र शैलीले उसको चरित्रको पहिचान दिने पोखरेलको धारणा छ । ‘सूचना प्रविधिको युगमा हरेक व्यक्तिले सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषा र शैलीबाट समेत उसको चरित्रको निर्माण भइरहेको हुन्छ’, सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेख्नु भएको छ ।