काठमाडौं, बैशाख ३० गते । पत्रकार फणिदेव महतको मंगलबार साँझ निधन भएको छ ।
लामो समयदेखि ब्रेन ट्युमर रोगबाट पीडित रौतहटको चन्द्रनिगाहपुर निवासी महतको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
महत प्रेस चौतारी नेपाल मधेस प्रदेशका निवर्तमान अध्यक्ष हुनुहुन्थ्यो । महतको निधन भएको प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिनुभयो ।
ट्युमरबाट पीडित महतले लामो समयदेखि सो रोगको उपचार गराउँदै आउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्