जनता टाइम्स

२५ बैशाख २०७६, बुधबार १०:३७

आहा ! कति राम्रो काठमाडौं


काठमाडौं, वैशाख २५

देशकै राजधानी काठमाडौं भन्ने वित्तिकै धुवाधुलो र फोहोर मैला भन्ने झट्ट याद आउछ । तर यति बेला काठमाडौंको मध्य भाग मानिने सहिदगेट, टुँडिखेल, रत्नपार्क, दरबारमार्ग लगायतका स्थानको रौनक र सौन्दर्य अर्कै छ । मानिसहरु भन्न थालेका छन्, काठमाडौं यस्तो पनि छ र । हो अहिले बैजनी रंगमा फरलिरहेको ज्याकारान्डा फुलले काठमाडौंको रौनक बढाईरहेको छ ।

यो विरुवा विदेशबाट ल्याइएको हो । डिभिजन वन कार्यालय, काठमाडौंका प्रमुख रामबाबु पौड्यालका अनुसार यो विरुवा आयातित हो । ‘सहरमा हरियाली विस्तार गर्न यो संभावित विरुवा साबित भएको देखिन्छ’, उहाले भन्नुभयो, ‘आगामी दिनमा यसलाई विस्तार गर्नुपर्छ भनेर हामीले छलफल अघि बढाएका छौं । ’

तत्कालीन राजा वीरेन्द्रको पालामा भित्रिएकाले यसलाई वीरेन्द्र फूल पनि भनिन्छ । ‘विदेशी विरुवालाई नेपाली नामांकरण गर्दा वीरेन्द्र रहन गएका हो’, पौड्याल भन्नुहुन्छ, ‘सुन्दरता बढाउने भएकाले यसलाई प्रवर्द्धन गर्नेतिर ध्यानाकर्षण भएको छ ।’

तस्विर – कान्तिपुर