जनता टाइम्स

३१ बैशाख २०८२, बुधबार २२:५६

सरकारले गर्‍यो गभर्नर सिफारिस समिति पुनर्गठन


काठमाडौं, बैशाख ३१ । सरकारले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा सिफारिस समिति बनाएको छ । जसका सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा.पोषराज पाण्डे सदस्य रहनुभएको छ ।

यसअघिका समितिका सदस्य डा विश्व पौडेलको राजीनामापछि समिति पुनर्गठन गरिएको हो । यसअघि पनि समिति सदस्यबाट डा विजयनाथ भट्टराईले राजीनामा दिनुभएको थियो ।