काठमाडौं, १ जेठ। विद्युत वितरण प्रसारणमा समस्या देखिएपछि विद्युत प्राधिकरका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रणाली सञ्चालन विभाग स्विचाटारको निरीक्षण गर्नुभएको छ । प्रणालीमा समस्या देखिएपछि कार्यकारी निर्देशक शाक्यले आकस्मिक अवलोकन गर्नुभएको हो ।
विभागमा प्रत्यक्ष रूपमा बसेर उहाँले ढल्केबर गृड महाशाखाका प्रमुख विनोद लोहनीलाई निर्देशन दिई समस्या समाधानका लागि अग्रसरता लिनुभएको छ ।
भारतबाट नेपालमा हाल बिजुली आयात भइरहेको ४०० केभी ढल्केबर मुजफरपुर लाइनमा भारततर्फ आएको समस्याले गर्दा पटकपटक विद्युत अवरुद्ध भइरहेको छ । ‘विशुद्ध प्राविधिक समस्याको कारण विद्युत प्रसारण पटकपटक अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । ‘यो विशुद्ध प्राविधिक समस्या हो । त्यसैले यसलाई लोडसेडिङ जोड्ने गलत छ ।’आजै तीनपटकसम्म प्रसारण अवरुद्ध भएको छ । पहिलोपटक साँझ साढे ६ बजेतिर अवरुद्ध भएको बिजुली करिब एक घण्टापछि आएको थियो ।करिब ८ बजे पुनः आएको बिजुली १५ मिनेटपछि पुनः अवरुद्ध भएको छ । यसबाट काठमाडौंसहित देशको अधिकांशको जनजीवन प्रभावित बनेको छ ।
प्रतिक्रिया दिनुहोस्