काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा सफल हुनलाई वैचारिक स्पष्टता आवश्यक हुने बताउनुभएको छ ।
वैचारिक स्पष्टता भएको राजनीतिले मात्र सही दिशामा पुर्याउने पोखरेलको धारणा छ । राजनीतिमा विषयगत ज्ञान, धर्यता र समर्पण आवश्यक पर्ने पोखरेलको ठम्याइ छ । ‘अबको राजनीतिमा सफल हुनका लागि वैचारिक स्पष्टता सहितको विषयगत ज्ञान, धैर्यता र समर्पणको खाँचो पर्दछ’, सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेख्नु भएको छ ।
राजनीतिमा धर्यता राख्न नसक्नेहरू चाँडै पलायन हुने पोखरेलले उल्लेख गर्नुभएको छ । ‘अधैर्यताले पलायनको जोखिम बढाउँछ’, पोखरेलले लेख्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्