काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बङ्गलादेशका समाज कल्याण मन्त्री शर्मीन सोनेया मुर्सिदले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।
नेपालले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमा बङ्गलादेशी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउनुभएका मुर्सिदले प्रधानमन्त्री निवास बालुलाटारमा ओलीसँग भेट गर्नुभएको हो । भेटका अवसरमा दुई देशबिच रहँदै आएको आपसी मित्रवत् सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको थियो ।
भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी हुनुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्