जनता टाइम्स

२ जेष्ठ २०८२, शुक्रबार १९:२५

काठमाडौंसहित देशभर भिषण हावाहुरी, तीन जनाको गयो ज्यान


काठमाडौं, जेठ २ । काठमाडौं उपत्यकालगायत देशभर भीषण हावाहुरी आएको छ । शुक्रवार साँझ आएको हावाहुरीले राजधानीसहित मुलुकका बिभिन्न भागमा वितण्डा मच्चाएको छ ।

तीव्र गतिको हावाहुरीका कारण काठमाडौं उपत्यकाको जनजीवन अहिले प्रभावित बनेको छ । तीव्र गतिको हावाहुरीका कारण सडकमा पैदल यात्रा गरिरहेका पैदलयात्रीहरू समस्यामा परेका छन भने साना गाडीहरू समेत गुड्न समस्या देखिएको छ ।

हावाहुरीका कारण बिद्युत आपुर्ति समेत छिनछिनमा अवरुद्ध हुन थालेको छ । प्रहरीका अनुसार शुक्रवार नै आएको भीषण हावाहुरीले रुख ढाल्दा च्यापिएर पश्चिम नवलपरासीको सुनवलमा दुई जना र कैलालीमा एक जनाको ज्यान गएको छ ।