काठमाडौं, ८ जेठ । सत्तारुढ दल नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाकाबारे भइरहेको प्रचारप्रति आपत्ति जनाएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै सभापति देउवाको धारणा भन्दै प्रकाशित भएको भ्रामक र कपोलकल्पित समाचारको खण्डन गर्नुभएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘ऐतिहासिक जनआन्दोलन २०६२र६३ मा नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट प्राप्त उपलब्धि अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र सम्वद्र्धन गर्दै नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्याय सहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनु भएको छ ।’
कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्था बारे उहाँको धारणा भनि संचार माध्यममा गलत सूचना संप्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य भएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, उहाँले कहि कतैं नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आम संचारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो । जो सुकैले यस्तो कार्य गरेको भएता पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।’कांग्रेस सबै आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई रक्षा गर्न प्रतिवद्ध रहेको दोहोर्याउँदै यस्ता समाचारप्रति विश्वास नगर्न आम नागरिकलाई अपिल गरेको छ।
प्रतिक्रिया दिनुहोस्