बुटवल, ९ जेठ । बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले शुक्रबार आदेश सुनाउँदैछ । लामिछाने रिहा हुने अपेक्षा सहित उनका समर्थकहरू कारागार अगाडि भेला भएका छन् ।
लामिछानेलाई रुपन्देही जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर,उच्च अदालत तुलसीपुरले हिरासतमा राख्ने आदेश दिएपछि रविपत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्