काठमाडौँ, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण मुद्दामा शुक्रबार सर्वोच्च अदालतले आदेश सुनाउँदै छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाशीशद्धय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई सकिएपछि आदेश सुनाउने तयारी भइरहेको हो । यसैबिच लामिछानेका समर्थक सर्वोच्च पयिरसरमा भेला भएका छन् । लामिछाने रिहा हुने अपेक्षासहित समर्थकको सर्वोच्च अगाडि भीड लागेको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेका थिए । उनलाई गैर कानूनी थुनामा राखिएको भन्दै लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।
सर्वोच्च परिसरमा रवि समर्थकको भीड

प्रतिक्रिया दिनुहोस्