जनता टाइम्स

९ जेष्ठ २०८२, शुक्रबार २०:११

२६ उपसचिवको सरुवा, ४ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी को काँहा सूचिसहित


काठमाडौं, ९ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका २६ जना उपसचिवको पदस्थापन तथा सरुवा भएको छ । लोक सेवा आयोगको सिफारिसमा आन्तरिक प्रतियोगितामार्फत नियुक्त भई मन्त्रालयको अतिरिक्त समूहमा रहेका २३ जना र विभिन्न निकायमा कार्यरत ३ जनालाई मन्त्रालयले शुक्रबार पदस्थापन तथा सरुवा गरेको हो ।

मन्त्रालयको अतिरिक्त समूहमा रहेका २३ जना उपसचिवको पदस्थापन तथा सरुवा गर्दा ४ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ । जसमा अमरबहादुर वलीलाई चितवनको राप्ती नगरपालिकामा, अमनकुमार कर्णलाई धनुषाको नगराईन नगरपालिका, राजन थापालाई उदयपुरको कटारी नगरपालिका र राजकुमारी खत्रीलाई दोलखाको जिरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

को कहाँ हेर्नुहोस

26-US-Saruwa