जनता टाइम्स

९ जेष्ठ २०८२, शुक्रबार २०:३१

ससुराद्वारा खुकुरी प्रहार गरी बुहारीको हत्या, प्रहरी समक्ष आत्म समर्पण 


रामेछाप, ९ जेठ। मन्थली नगरपालिका १२ गेलुका एक वृद्धले आफ्नै बुहारीको हत्या गरी प्रहरी समक्ष आत्मा समर्पण गरेका छन् ।

शुक्रबार साँझ ४ः३० बजे तिर ६१ वर्षीय मटकबहादुर बुढाथोकीले २८ वर्षीय बुहारी पवित्रा बुढाथोकीको हत्या गरी प्रहरी समक्ष आत्म समर्पण गरेका हुने ।  जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता कौशल न्यौपानेका अनुसार बुढाथोकीले प्रहरी चौकी खिम्तिमा आत्मा समर्पण गरेका छन् ।

पवित्राका श्रीमानले गत साउनमा आत्महत्या गरेका थिए । त्यस पछि पवित्रा मन्थली नगरपालिका–११ गेलु स्थित माइतमा बस्दै आएकी थिइन् ।

उनको छोरो भने हजुरबा मटकबहादुरसँग बस्दै आएका थिए तर पवित्राले छोरा आफूसँग राख्न पाउनु पर्ने बताउँदै आएकी थिइन् । मटक बहादुरले नाति आफूसँग राख्न पाउनु पर्ने माग राखेर जिल्ला अदालत रामेछापमा मुद्दा दायर गरेका थिए । जिल्ला अदालतले बच्चालाई आमासँग नै राख्न दिने गरी फैसला सुनाएको थियो ।

अदालतको आदेश अनुसार छोरो लिन ससुरा घरमा पुगेकी पवित्रा र ससुरा बिच झगडा भएको थियो । सोही क्रममा मटकबहादुरले बुहारी माथि खुकुरी प्रहार गरेका स्थानीयले बताएका छन् ।

छोराले आत्महत्या गर्नुको कारण बुहारी भएको आरोप मटबबहादुरको रहेको छ । छोराले आत्महत्या गरेका र नाति समेत लैजान खोजेपछि मटबहादुरले रिसको झोकमा बुहारीलाई खुकुरी हानेको हुन सक्ने बताइएको छ । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।