जनता टाइम्स

१० जेष्ठ २०८२, शनिबार १५:४८

वैशाख मसान्तसम्ममा झन्डै ४ हजार वटा विरोध कार्यक्रम, ५० करोड रुपैयाँभन्दा धेरैको प्रत्यक्ष क्षति


काठमाडौं, १० जेठ ।  चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्ममा नेपालमा झन्डै ४ हजार वटा विरोध कार्यक्रम भएका छन् । प्रहरी प्रधान कार्यालयले हिजो सार्वजनिक गरेको विवरणानुसार १० महिनामा ३ हजार ९ सय ६३ विरोध तथा प्रदर्शनका कार्यक्रम भएका हुन् ।

साउनपछि १२ पटक हड्ताल, १२ पटक चक्काजाम, ८ सय १६ वटा तालाबन्दी, ७ सय ८२ वटा धर्ना, १ सय ३४ वटा अनशन, १ सय १८ पटक बाटो अवरोध र २ हजार ८९ वटा विरोध र्‍याली भएका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक ९डीआईजी० रमेश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार १० महिनामा भएका विरोध प्रदर्शनका क्रममा देशभरि ७६ वटा गाडीमा आगजनी र ३१ वटा गाडीमा तोडफोड भएको थियो । यस्तै गाडी तोडफोड, आगजनीतर्फ ९ करोड ५१ लाख ४० हजार ३ सय ६५ रुपैयाँ र भौतिक पूर्वाधारतर्फ ४० करोड ७५ लाख ११ हजार ८ सय ८७ रुपैयाँ गरी कुल ५० करोड २६ लाख ५३ हजार २ सय ५२ रुपैयाँ अनुमानित क्षति भएको छ ।

विरोध प्रदर्शन गर्ने ६ सय ६६ जनालाई पक्राउ गरेकोमा १ सय ३६ जनालाई कानूनी कारबाहीमा ल्याएको प्रहरीले जनाएको छ ।