जनता टाइम्स

११ जेष्ठ २०८२, आईतवार १५:१५

साँगामा सडक विस्तारका क्रममा पहिरो खस्दा मजदूर घाइते


भक्तपुर, ११ जेठ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–साँगा खण्डमा आज सुक्खा पहिरो खस्दा एक जना मजदूर घाइते भएका छन् ।भक्तपुरको जगाती–साँगा खण्ड र साँगा–धुलिखेल खण्डमा भइरहेको सडक विस्तारका क्रममा अत्यन्तै जोखिमस्थलका रूपमा रहेको सूर्यविनायक नगरपालिका–१० साँगाको झोलुङ्गे पुलमुनि सुक्खा पहिरो खस्दा बर्दियाको बारबर्दिया नगरपालिका–५ घर भई सूर्यविनायक–९ पलासेँ बस्दै आएका ५२ वर्षीय तुलारा थारू घाइते भएका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । घाइतेको तत्कालै उद्धार गरी उपचारका लागि सूर्यविनायक नगर अस्पताल लगिएको छ ।

सडक निर्माणमा भएको ढिलाइ, साँझापख भक्तपुरको पलासेँ खण्डमाथिबाट पहिरो झर्ने, सडक तल ठूलो भीर रहेकाले मजदूरले जोखिम मोलेर काम गर्ने र यात्रीले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् ।