काठमाडौं, जेठ १२ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी १० औँ महाधिवेशनमा क्षितिज थेबे र सुमन पुरी दुवै जना प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिनुएको छ ।
सोमबार हुने मतदानका लागि आइतबार मनोनयन दर्ताको समय तोकिएको थियो । मनोनयन दर्ता गर्ने समयमा दुवै अध्यक्षका उम्मेदवारहरु पार्टी निर्देशनबिपरित प्यानल बनाएर उम्मेदवारहरू खडा गरी चुनावमा होमिनुभएको हो ।
बर्तमान अध्यक्ष थेबेको टिममा उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दर्ता गराउनु भएको छ । सो प्यानलबाट महासचिवमा महेश चौलागाईँले मनोनयन दर्ता गराउँदा उपमहासचिवमा उपेन्द्र शाहीले मनोनयन दर्ता गराउनु भएको छ ।
थेबेको प्यानलबाट खुला सचिवमा मदन भण्डारी र देबु बस्नेतले उम्मेदवारी दिनुभएको छ । यस्तै महिला सचिवमा निशा लिम्बु र मधेसी सचिवमा मोबिन आलमको उम्मेदवारी दिनुभएको छ ।
यसैगरी लेखा आयोगको अध्यक्षमा किसुन जैशीले मनोनयन दर्ता गराउनुभएको छ । निर्वाचन आयोग अध्यक्षमा मदन गिरी, अनुशासन आयोगमा मोहम्मद मिजाम र युवा विज्ञ परिषदमा चीन लामा थेवेको टीमबाट अध्यक्षको उम्मेदवार बन्नुभएको छ ।
नेतृत्व चयनका लागि सोमबार मतदान हुँदै छ । सहमतिमा नेतृत्व चयन हुन नसकेपछि मतदान हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्