काठमाडौं, १२ जेठ । नेकपा एमाले गणतन्त्र दिवस मनाउने तयारीमा जुटेको छ ।
गणतन्त्र दिवसलाई झाँकी सहित भव्य रूपमा मनाउने पार्टी सचिवालय बैठकको निर्णय अनुसार तयारी सुरु भएको हो । सोमबार बसेको पार्टी सचिवालय बैठकले काठमाडौं उपत्यकामा झाँकी सहितको कार्यक्रम गर्ने र स्थानीय तहसम्म दिवसको कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
कार्यक्रम तयारीका लागि नेकपा एमाले जनसंगठन संयन्त्रको आयोजनामा जनसंगठनका पदाधिकारीको बैठक सुरु भएको छ । बैठक जेठ १५ मा काठमाडौंमा गर्ने जनप्रदर्शनमा केन्द्रित रहेको छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख तथ्यतामा सुरु भएको बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, लेखराज भट्ट,पद्मा अर्याल, गोकर्ण विष्ट लगायत सहभागी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्