जनता टाइम्स

१२ जेष्ठ २०८२, सोमबार ११:३७

कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : गृह मन्त्री निर्दोष, राजीनामा दिनु पर्दैन 


काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसले त्रिभुवन विमानस्थल अध्यागमनबाट भइरहेको भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकको नाम जोडिएको प्रति आपत्ति जनाएको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले कतै पुष्टि नभएको विषयलाई सामाजिक सञ्जालमार्फत अफवाह फैलाइएको भन्दै आपत्ति जनाएको हो । सामाजिक सञ्जालमा अफवाह फैलाइएका भरमा गृह मन्त्रीले पदबाट राजीनामा दिनु नहुने निष्कर्ष कांग्रेसको छ ।

पदाधिकारी बैकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सो प्रकरणमा गृह मन्त्रीको कुनै दोष नभएको बताउनुभयो ।  अध्यागमनका कर्मचारीले गरेको गलत कामको दोष मन्त्री माथि लगाउनु गलत हुने उहाँको धारणा छ । सो प्रकरणमा हालसम्म भएका सबै विषयवस्तु गृह मन्त्रीले संसद् बैठकमा राख्ने उहाँले जानकारी दिनुभयो ।

शेखर कोइरालालगायतका केही नेताले कुरै नबुझी गृहमन्त्रीको राजीनामा माग गरेकोमा कांग्रेस बैठकमा आलोचना भएको छ । नेताहरूले वास्तविकता नबुझी त्यस्ता कुरा बोल्नु नहुने र अब नबोल्ने उहाँले बताउनुभयो ।