जनता टाइम्स

१२ जेष्ठ २०८२, सोमबार १६:३७

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प


काठमाडौं, १२ जेठ । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज दिउँसो २ बजेर २५ मिनेटमा ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तक तिम्सिनाले जानकारी दिनुभयो ।
प्रमुख तिम्सिनाका अनुसार यो परकम्पन हो । जाजरकोट नजिकका जिल्लामा कम्पन महसूस भएको उहाँले जानकारी दिनुभयो । यसअघि जेठ २ गते बैतडीको खलङ्गा केन्द्रविन्दु भएर ५ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।