जनता टाइम्स

२३ कार्तिक २०७६, शनिबार ०९:२५

कालापानी मुद्दामा आज सर्वपक्षीय बैठक : पूर्वप्रधानमन्त्री परराष्ट्रमन्त्रीदेखि सीमाविदसम्मलाई निम्तो


काठमाडौं, कात्तिक २३ । भारतले एकतर्फी रुपमा नेपाली भुमि कालापानी र लिपुलेक आफ्नो भन्दै नयाँ नक्सा जारी गरेपछि नेपालले राष्ट्रिय सहमतिका आधारमा प्रतिवाद गर्ने रणनीति अख्तियार गरेको छ । सोही निश्कर्षका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । नेपाली भूमि कालापानी र लिपुलेक आफ्नो भुभागमा पार्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि सो बिषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले आज दिउसो ४ बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सो बैठकमा संघीय संसद र प्रदेश संसदमा रहेका सवै दलका शीर्ष नेतासहित पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री,सीमाविद तथा परराष्ट्रविदलाई आमन्त्रण गरिएको छ । भारतले केही दिनअघि सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भुभाग कालापानी, लिपुलेक र लिम्पयाधुरालाई आफ्नोतिर राखेपछि नेपालमा चर्को बिरोध भइरहेको छ ।

परराष्ट्र मन्त्रालयले नेपाली भुभाग समेटदै भारतज जारी गरेको नक्स नेपाललाई मान्य नहुने सार्वजनिक घोषणा गरिसकेको छ भने भारतले उल्टै पुरानै नक्सा रहेको र नेपाली भुभाग नरहेको जिकिर गरेपछि नेपालमा भारतबिरोधी आन्दोलन चर्कदै गएको छ । सत्तारुढ नेकपाकै भातृ संगठन अनेरास्वबियूले देशब्यापी आन्दोलन चर्काएको छ भने भारतीय दुतावाससमेत घेराउ गरिसकेको छ । भारतको आपत्तिजनक कामको बिषयमा राष्ट्रिय सहमतिका साथ एउटै धारणा बनाएर भारतसँग मिचिएको सिमा फिर्ता गराउने प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनु भएको हो ।

‘प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर राष्ट्रिय सहमति कायम गरी भारतलाई आफ्नो गलत काम सच्याउन नेपालको तर्फबाट औपचारिक प्रस्ताव गर्ने र मिचिएको सिमा फिर्ता गराउन नेपालको एकमत बनाउन यो बैठक बोलाइएको हो । नेपाली भूमि कालापानी क्षेत्र समेट्ने गरी भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि सरकार राष्ट्रिय धारणा बनाएर अघि बढ्ने तयारीमा लागेको हो । ‘प्रधानमन्त्रीज्यूले शनिबार अपराह्न पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेताहरू, विज्ञहरूसहितको परामर्श बैठक आह्वान गर्नुभएको छ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जनताटाइम्ससँग भन्नुभयो ।

छलफलमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, पूर्वपरराष्ट्रमन्त्रीहरूसहितलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीका प्रेससंयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । छलफलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रविद्, सीमाविद्, विभिन्न राजनीतिक दलका नेताहरू, नापी विभागका महानिर्देशकलगायतलाई पनि डाकिएको छ । नापी विभागले प्रस्तुत गर्ने नक्सा, तथ्य–प्रमाणका आधारमा छलफल गर्ने र सुझाबसहितको निष्कर्षका आधारमा भारतसँग संवाद अघि बढाउने सोचमा प्रधानमन्त्री ओली रहनुभएको छ ।