जनता टाइम्स

१४ चैत्र २०७६, शुक्रबार ११:५८

नेपाली आकाशमा कतार एयरवेजको जहाज, ३ सय विदेशी यात्रु लिएर फर्कियो


काठमाडौं, चैत १४

३०० सय जना विदेशी यात्रु लिएर कतार एयरवेजको जहाज काठमाडौंबाट उडेको छ । विहान करिव साढे ९ बजेतिर खाली जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेको थियो ।

एयरबस ए३३०–३०२ को जहाज विहान ११ बजेर ४८ मिनेटमा काठमाडौंबाट जर्मनी र फ्रान्सका नागरिक लिएर उडेको हो । सो विमानले उद्धारका लागि चार्टर फ्लाइटको अनुमति माग गरेको थियो । नेपालका विभिन्न स्थानमा अलपत्र परेका उनिहरुलाई हिजो पोखरा र लुक्लाबाट उद्धार गरेर काठमाडौं ल्याइएको हो ।

जर्मनी दूतावासका अनुसार शनिवार पनि कतार एयरवेजले पुन चार्टर विमानबाट थप नागरिकको उद्धार गर्नेछ । उनिहरुलाई दोहा हुदै सम्वन्धित देशमा पु¥याइने बताइएको छ ।