सरकारलाई सहयोग भन्दा प्रतिशोध, समर्थन भन्दा विरोध, अनि आफ्नै लाग्ने साईवर सेनावाट हुने पटक पटकका हमलाहरु साँचै स्थिरताको कतै झल्को मेटाउने छन् र ? छुट्टै पाटी जस्तो गरी पटक पटक पाटी पाटीमा गुटका वैठक वस्ने विषयले आम नागरिकमा मुख देखाउने ठाउँ रहन्छ र ?
सरकारले जारी गरेको दुई अध्यादेशपछि उठेको वहस नेकपामा अहिले उत्कर्समा पुगेको छ । यो दुई अध्यादेश के साँच्चै सरकार फेरवदलसम्मको आधार तय गर्ने पृष्ठभुमि वोक्ने खालका छन् वा यो देखाउने वहाना मात्र हो ? यो अहिले सत्तारुढ दल नेकपाका तमाम कार्यकर्ता र शुभचिन्तकका विचमा त छ नै प्रतिपक्ष दल समेत बहश भइरहेको छ । यो विषय खासमा नेकपाभित्रको विषय सन्दर्भमा त्यति अर्थ राख्ने विषय होईन । तर प्रतिपक्षको सवालमा यो एक ट्रेलर हुनसक्छ सरकारले चाहेमा केही गर्न सक्छ भन्ने झस्कोका विच । सामान्य राजनीति वुझ्नेले जान्ने कुरा हो, राजनीतिक शक्ति आर्जन कि त हतियारवाट कि त जनमतवाट हुन्छ । अव नेपालका सवै प्राय दलले जनमतकै वाटो खोजेको भए त्यसका दुई अस्त्र कि आफ्नो मत वढाउ वा अर्कोको मत क्षय गर । यी दुई हतियारवाहेक अरु कुनै विषय हो र ?
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रयोग गरेको हतियार दोश्रो हो । यसले नेकपालाई गर्यो के ? रातारात एकता गर्ने जनता समाजवादीको कारण के हो ? केही दैडिएर काठमाडौं आउनुको कारण सवैले थाहा पाएका छैनन् होलान ? यो एकता रातारात हुनुको पछाडिको कारण दुई दल मात्र नभएर अहिलेको सत्ता पक्षमा देखिएको रडाकोले कतै सत्ता पक्षकै कसैको सिन वा अनसिन कुच छ कि ? भन्ने शंका उव्जाउँदैन र ? कार्यशैलीको विषयमा पार्टीमा छलफल गर्न सकिन्छ तर विषय वस्तुलाई ठिक ढंगले लिनु पर्दैन र ? ठीक छ यी सबै समयक्रमले देखाउला । अव विषय वस्तुमा नै केन्द्रित हौं । केहीलाई भ्रम हुन सक्छ, नेकपा सत्ता आर्जनको वाटो हो । यो नै नेकपाको उत्कर्ष हो । अहिले हामीले नपाए कहिल्यै संभव छैन । केही भ्रम र स्वार्थबीच पार्टी पद्धतिमा समस्या आउनु वा त्यसले अप्ठ्यारो सृजना गर्नु अन्यथा होईन । तर उपल्लो तहकै नेताहरु त्यसमा वहकिनुले कतै नेकपाको भविष्यसंगै नेपाली जनताको सपनामा वेवास्ता गर्न लागिएको त होईन भन्ने देखिएको छ । यी र यस्ता कारणले अनावश्यक छ यो वहस ।
राजनितिक स्थिरता
नेपालको समृद्धिकालागि राजनीतिक स्थिरता आवश्यक थियो, छ र हुनेछ । यसैको आधारभूमिमा नेकपा आज यो स्थानमा आई पुगेको हो । यो स्थिरताको सवाल कुनै अमुक व्याक्तिलाई पदमा लैजाने वा हटाउनेसंग जोडिएको होईन । नेपाली करिव करिव नौ नौं महिनामा फेरिने सरकारको गैर जिम्वेवार परिस्थितको दुश्चक्रवाट उन्मुक्ति खोज्नुको एक परिणाम हो यो । यो परिणामसंग आम नेपालीको सपना जोडिएको छ । यसको प्रमुख नायक प्रधानमन्त्री केपी शर्मा ओली नै हुन् । ओलीको यो सफलतामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताको पनि भुमिका पक्कै छ । २०७४ को आम संसदीय निर्वाचनको घोषणा पत्रमा समेत राजनितिक स्थिरतालाई निचोडको रुपमा यसरी प्रस्तुत गरिएको छ, हामीलाई विश्वास छ, नेपाली जनताले यस निर्वाचनलाई वामपन्थी शक्तिहरूको अत्यधिक बहुमतको सरकार निर्माण गरेर देशलाई राजनीतिक स्थिरता र समृद्धिको दिशामा गुणात्मक ढंगले अघि बढाउने अवसरका रूपमा सदुपयोग गर्नुहुनेछ । नेपाली जनताले वास्तवमा यस निर्वाचनलाई त्यस्तो अवसरकै रूपमा पर्खिरहेका छन् ।
यो नै नेपाली आम मतदाताले वढी रुचाएको संदर्भ थियो । नेपालमा पाँच वर्ष एउटै सरकार नहुनुको विडम्वना नै नेपालको विकासको प्रमुख वाधक हो । यसमा आम नेपालीको एउटै आवाज छ । तर सरकार फेरवदल खास ठुलो विषय नठान्नेहरुले नेपाली कांगे्रसले आफ्नो वहुमतको सरकार आफैले ढलाउँदा र त्यसवाट उत्पन्न परिस्थिति मध्यावधी चुनावको घोषणाको मुल्य अहिलेसम्म चुकाउँदै छ । यो भन्नुको अर्थ जस्तो भए पनि त्यही सरकार रहिरहनु पर्छ भन्ने चाँहि होईन । तर उत्तर नै दिन नसक्ने गरी सामान्य विषयमा आफ्नै दलको सरकालाई ढलाउन पटक पटक तानावाना वुनिरहने हो भने वहुमतको अर्थ के रह्यो ? यसअघिका दुई चुनावका अल्पमतका दलहरुको खिचतानीको उरन्ठ्याउलो अवस्था भन्दा केही कमी देखिदै छ र ?
सरकारलाई सहयोग भन्दा प्रतिशोध, समर्थन भन्दा विरोध, अनि आफ्नै लाग्ने साईवर सेनावाट हुने पटक पटकका हमलाहरु साँचै स्थिरताको कतै झल्को मेटाउने छन् र ? छुट्टै पाटी जस्तो गरी पटक पटक पाटी पाटीमा गुटका वैठक वस्ने विषयले आम नागरिकमा मुख देखाउने ठाउँ रहन्छ र ? यसैले अव पनि नेपाली नागरिकको आशामा घात नहुने गरी सरकार र नेकपाले आफ्नो कार्यशैली स्थिर सरकार र संमृद्धिको वाटोमा हिडेको पुष्ठी गर्ने गरि नेताहरुले व्यवहार देखाउन सके मात्र यो पाँच वर्षलाई गर्ने लुछाचुडि भन्दा २० वर्ष नै सवैलाई पुग्ने गरी साथ दिने अवस्था आउँछ ।
जवाफदेहिता
सरकार पार्टीप्रति जवाफदेही नवनेको भन्दै अहिले सरकार परिवर्तनको विषयमा जुन वहस सतहमा आएको छ, यो कदापी एक पक्षीय हुन सक्दैन । नेकपा वनेको वा दुई पाटी एककृत भएको जेष्ठ ३ गते दुई वर्ष पुग्दै छ । २०७५ जेठ ३ गते तत्कालिन नेकपा (एमाले) र तत्कालिन (माओवादी केन्द्र) बीच एकीकरण भएको थियो । एकीकरण भएको तीन महिनापछि सम्पूर्ण एकता प्रकृया टुगों लगाउने एकीकृत पार्टीले सोही महिनाको ६ गते निर्णय गरेको थियो । तर त्यसपछि अहिलेसम्म पार्टी एकताका काम पुर्ण रुपमा सम्पन्न भैसकेको छैन । सरकारका काममा मात्र केन्द्रित आम मनस्थिति देखिदै छ । सरकार वाहिर भएकाहरुको पार्टी अभियान अघि वढाउने जिम्वेवारी तोकिए पनि त्यसको जवाफदेहिता कतै देखिदैन । पार्टीको वैठक सरकारका काम कारवाहीको आफ्नै सरकार भए जस्तो भन्दा पनि फरक दलको वनेको आफु ओझेलमा परको जस्ता गुनासोले भरिपुर्ण देखिदै छन । सरकारका कामको प्रतिक्रिया दिने रुपमा मात्र वैठक देखिनु ज्यादै घातक विषय हो । नयाँ योजना निर्माण गर्न लाग्नु पर्ने विभिन्न विभागहरु कतै चलायमान देखिदैनन् । यसको विषयमा यिनले गर्ने कामको विषयमा छलफल गर्नुपर्ने ठाउँ अस्ताउँदै गएको छ ।
जनवर्गीय संगठनले गर्ने काम कारवाहीको बिषयमा वा यिनको चलायमान पद्धति वसाउने बिषय छलफलको बिषय नवन्ने र कसरी सरकार ढाल्ने वा कसरी सरकार वचाई राख्ने विचको दौडले पार्टी कहाँ पुग्छ ? यो विषयमा सोच्नु पर्ने समय होईन र ? सरकारले गरेका काम वा उसले गर्नुपूर्व पार्टीमा छलफल हुनु आफैमा ज्यादै राम्रो विषय हो । यो बिषयमा सरकार सजग वन्नु आवश्यक छ । तर आएका विषय पार्टीको हितमा छ वा छैन भन्ने राम्रोसंग आंकलन गर्नुपर्ने पार्टी नेताहरुको दायित्व हुन्छ कि हुँदैन ? वहुमत भनेको स्थायी बिषय होईन, यो समय अनुकुल विषयवस्तुले तलमाथि पार्न सक्छ । वहुमत हुँदा साथ एकले अकोलाई सक्ने हो भने पार्टीभित्र के कोही बाँकी रहला र ? अझ यो महाधिवेशनवाट आएको नेतृत्व होईन, यहाँ दुई अध्यक्षले हस्ताक्षर गरेर वनेको एकीकरण हो । यसको मसी सुक्न नपाउँदै त्यही हस्ताक्षरकर्तालाई भित्ता लगाउँन खोज्दा के पार्टी एकिकरण ठिक ढंगले अघि वढ्न सक्छ ? एकताको बिषय प्रमुख हो कि पद वा सत्ता ? दुबै अध्यक्षको सहमति वेगर निर्णयमा पुग्नु पार्टी एकताको वर्खिलाप हुन जान्छ । वरु छिटो महाधिवेशनमा जानु र त्यसवाट आउने नेतृत्वले गर्ने यो अभ्यास उपयुक्त हुन्छ । जो जहाँ जस्तो अवस्थामा छ, उसले त्यस्तै जवाफदेहिता वोक्नु पर्दैन र ? एकतालाई मान्ने हो भने नेकपाभित्र अहिले दुवै अध्यक्षबिरुद्ध एकले अर्कालाई अल्पमत वा बहुमतको निर्णयले तलमाथि त के ? चलाउन समेत संभव नै छैन ।
शुसासनसहितको समृद्धिको यात्रा
नेपालमा आम नागरिको चाहना शुसासन सहितको समृद्धिको यात्रा हो । अहिलेको ओली नेतृत्वको सरकारवाट यसको अझै ठुलो अपेक्षा छ । तर कोरोनाको यो महामारीको समयमा सरकारले थालेका यी सवै पहललाई विर्साउने गरी जसरी सरकार फेरवदलको नाटक गरिदै छ । यसले आमनागरिको मन दुःखाएको छ । केही व्यक्ति विषेस वाहेक शुसासनको मामलामा यो सरकार धेरै अव्वल सावित भएको छ । दशकौं देखिका वालुवाटारदेखि अफ्ताव आलम र वाईडवडी होस् वा वाहालवाला मन्त्री सभामुखलाई गरिने तत्कालिन कारवाही, सरकारका शुसासनको क्षेत्रमा वाहा भन्नलायक काम छन् । कोरोना महामारीमा यो सरकाले चालेको कदमले नै अहिलेसम्म कोही मर्नु परको छैन । भएको कामलाई आफै भए जस्तो गर्ने र केही परिघटनालाइ पहाड वनाउने परिपार्टीले सरकारलाई मात्र होईन, आम पार्टीलाई नोक्सान पुगेको छ । केही पार्टीभित्र र वाहिरका विभिन्न संलग्नतालाई ताड्न सक्ने हो भने यो सरकार र यसका नेतृत्वकर्तावाट साँचै धेरै काम हुने देखाइसकेको छ । कतै लुट्न नपाएको वा सवारी सिन्डिकेट अन्त्यदेखि कर छलीसम्मका ठुला व्यापारी घरानाको ठगी धन्दा यो सरकारले वाहेक अरुले तोड्ने न आँट गर्ने थियो नत सक्ने नै ।
संचार माध्यमा आउने विज्ञापन जुन बिदेसी भाषामा प्रशारण हुने गर्छन, त्यसलाई क्लिन फिल गर्न वनेको ऐन दशकौंको प्रतिक्षापछि संभव भएको हो । यो संगै केही देखिने पुराना विकृति र विसंगतीलाई तोड्न कठिन वनेको वाहानामा सरकारले गरेका सवै राम्रा कामको ओझेलमा पार्ने काम आफ्नै पार्टी पंतिवाट हुँदा यसले अझै ठुलो समस्या सृजना गरेको छ । आफ्नै दलभित्रका व्यक्तिहरुसंग कठोर वन्नु यो सरकारको अपजस हुन सक्छ । तर आम नागरिक स्थानीय सरकारले गरेका धेरै राम्रा कामलाई समेत ओझेलमा पार्ने, प्रदेश सरकाका कामको तादम्यतालाई वढाउँदै आमनागरिकलाई आशा जगाउने वाटोमा लाग्नु अहिलेको आवश्यकता हो । निरासा वाँडेर भएका राम्रा काम जति सवै भाँडेर नत शुसासन आउँछ नत समृद्धि । शुसासनको सवालमा नेकपा भित्रैका केही नेता र कार्यकर्तासंग जोडिएका विषय सन्दर्भलाई कम्तिमा कानुनको कसिमा निर्दौष सावित भएर आउनु सक्नुपर्छ । यसमा नेता वा कार्यकर्ता भाग्ने विषयले नेपाली कांग्रेसमा मौलाएको मनपरितन्त्र हावी हुन्छ । जसले पार्टीलाई नै सँधैलाई वदनाम गराउँछ । यसतर्फ सवै सचेत हुनु अहिलेको आवश्यकता हो ।
समाजवाद हुँदै साम्यवादमा जाने वाटो तय
नेकपा एकिकरण हुँदा वा दुई पार्टी एक वन्दा आम कार्यकर्ताले देखेको समाजवादको सपना खै ? अव यो बिषयमा वहस हुनु पर्ने होइन र ? समाजवादको विषयमा पार्टीले खाका ल्यान सक्ने गरी तल्लो तहसम्म खै छलफल भएको । अव करिव ३ वर्ष बित्न लाग्यो, अव दुई वर्षमा चुनाव आउने वेला नेकपाले लगेर जाने दस्तावेज ? सरकार फेरवदलमा केन्द्रित हुने यो मनस्थिति यति धेरै चिन्तन पार्टीको आधार पत्र तयार गर्न वा मार्गदर्शन तयार गर्न लाग्न सके कति उचित हुने थियो । विचारको नेतृत्व गर्ने नै नेता वन्ने कम्युनिस्ट पद्धति नेकपामा लागु हुने होईन र ? अझै महाधिवेशनमा समाजवादको स्पष्ट खाका लाने नेता चाहिने होईन र ? पार्टी अध्यक्ष हुन हतारो हुनेले महाधिवेशनको वाटो अपनाउँदा साच्चिकै कति सुन्दर देखिदो हो । नेकपा पार्टीले आफ्ना सवै हतियारहरु थन्काएर सत्तावाट मात्र पार लगाउने कदापी नसोचोस् । पार्टीको मार्गदर्शन सिद्धान्तलाई आधारभूत कार्यकर्तालाई वुझाउने समयमा कलहको विहुलाई विभिन्न आफ्नै पार्टी निकट संचार माध्यम र सामाजिक संजालमा छताछुल्ल पार्दा के कस्तो वैचारिक नेता र वैचारिक नेतृत्व हुन्छ । यसको विषयमा कहिले वहश हुन्छ ? कुन नेता निकट व्यक्ति को र कहाँ छ ?
नेकपामा बसेर बिरोधीको गोटी बन्ने कामले यो पार्टीमा किमार्थ नेता बन्न सकिदैन भन्ने तथ्य पनि बेलैमा बुझ्न जरुरी छ । आम कार्यकर्ता र जनताको एउटै आवाज छ, नेकपाका नेता कमरेडहरु, प्रधानमन्त्री ओलीलाई काम गर्न दिनोस छाडनोस कुण्ठा अनि सर्वनाशको बाटो । अन्यथा तपाईंहरु सोभियत बिघटनको खलनायक जसरी नेपाली कम्युनिष्ट आन्दोलनमाथि कु गर्ने खलनायक सावित हुनुहुनेछ
निचोड
राम राज्य आजको भोलि आउँदैन । व्यक्ति फेरिदैमा सवै सुध्रिदैन । पहिला पद्धति वसाल्न लागौं । कसैलाई सक्ने भनेर कसिएको योजना आफैलाई पहिला सकेर छाड्छ । यसैले अहिले कसरी सरकार असफल सिद्ध वनाउने र त्यही असफलताको कालो धव्वामा चढेर अर्को सत्तारोहण गर्ने भन्ने बिषय आफैमा ज्यादै गलत छ । यो गलत वाटो हो । यसवाट नत पार्टी नत नेता पार लाग्छ । यो आफैमा सकिने सिवाय केही होईन । यसैले अव हाम्रा आधारभूत जिम्मेवारी जवाफदेहिता र मार्गदर्शक सिद्धान्तको बिषयमा वहस थाल्नुपर्छ ।
आवश्यकता अनुसार सुझाव लिने र दिने वाटोलाई प्रशस्त गर्नु अनिवार्य छ । वहुमत र अल्पमतको अभ्यास पार्टीलाई आघात पुग्ने होईन, पार्टी सरकार सफल हुने गरी हुनुपर्छ । समग्रमा पार्टी निर्णयले आम कार्यकर्तालाई चोट पुग्ने, नागरिकलाई निराशामा लाने होईन, उत्साह र सही वाटो दिने हुनुपर्छ । नेकपामा बसेर बिरोधीको गोटी बन्ने कामले यो पार्टीमा किमार्थ नेता बन्न सकिदैन भन्ने तथ्य पनि बेलैमा बुझ्न जरुरी छ । आम कार्यकर्ता र जनताको एउटै आवाज छ, नेकपाका नेता कमरेडहरु, प्रधानमन्त्री ओलीलाई काम गर्न दिनोस छाडनोस कुण्ठा अनि सर्वनाशको बाटो । अन्यथा तपाईंहरु सोभियत बिघटनको खलनायक जसरी नेपाली कम्युनिष्ट आन्दोलनमाथि ‘कु’ गर्ने खलनायक सावित हुनुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्