गाजापट्टी । इजरायलले गाजामा हवाई आक्रमण तीव्र पारेको छ । मङ्गलवार राति र बुधबार बिहान उत्तरी गाजामा इजरायलले शृङ्खलाबद्ध हवाई आक्रमण गरेको थियो । जबालियास्थित इन्डोनेसियाली अस्पतालले आक्रमणमा ६० जनाको मृत्यु भएको जनाएको छ ।
यस अवधिमा कम्तीमा २२ बालबालिका मारिएको भनिएको छ । हमासले एक इजरायली–अमेरिकी बन्धकको रिहाइमा मध्यस्थता गरेको एक दिनपछि यो आक्रमण भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प खाडी देशहरूको भ्रमणमा रहेकै बेलामा यो हमला भएको हो ।
धमिलिँदैछ युद्धविरामको आशा
मङ्गलवार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यस्तो कुनै तरिका छैन जसबाट इजरायलले गाजामा आफ्नो युद्ध रोक्न सकोस् भन्ने अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्तिले युद्धविरामको आशालाई चकनाचुर पारेको छ ।
इजरायली सेनाले आक्रमणबारे चाहिँ टिप्पणी गर्न अस्वीकार गरेको छ । यसैबिच हमासको पूर्वाधारलाई लक्षित गरी सैन्य कारबाही अघि मङ्गलवार राति जबालियाका बासिन्दाहरूलाई क्षेत्र खाली गर्न चेतावनी दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्