रामकृष्ण शर्मा
पार्टी एकीकरणको दुई वर्ष वित्नै लाग्दा नेकपामा कहिलेकाही डिलमै पुगेको जस्तो देखिने त कतै ठुलो उपलव्धी नजिकै आए जस्तो देखिने गरी उतारचढाव चलिरहन्छन । गतिशिल हुनुको अर्थमा यसलाई हेर्ने र केही बाछिटाहरुलाई पन्छाउने हो भने कम्युनिस्ट विचार मन पराउनेहरुका लागि नेपालमा अहिले पुर्नरजागरणको युग हो । वा अर्को अर्थमा भन्नु पर्दा वेलायतमा पुनर्जागरणको समयमा उनीहरुले वाईवलको आधारमा भगवानवाट शासित हुन छाडेर आफू नै भगवान भएको घोषणा गरे । वा मानव नै भगवान हो भने । यो दृष्टान्त नेपालमा कम्युनिस्टले सोच्ने हो भने आम श्रमजिवी वर्गको यदी भगवान मान्ने हो भने भगवान भेटिने समय हो यो । नेताहरुको लागि आधुनिक नेपालको निर्मता हुने ठुलो अवसर प्राप्त भएको समय पनि हो यो ।
हालका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डदेखि सामान्य संगठित सदस्यसम्म । पूरा क्षमताको प्रयोग गरेर यदी मुलुक निर्माणमा लाग्ने हो भने पछिल्लो समयमा उदाएका नेताहरु सिंगापुरका लिक्वान यु हुन् वा चीनका माओ र देङ वा मलेशियाका मोहम्मद महाथिर नेपालमा भेटिने छन् । उनीहरुनै पछिल्ला सवै नेता भन्दा शक्तिशाली हुनेछन् । अर्कोतर्फ कम्युनिस्ट आन्दोलनको ७१ वर्षे इतिहासमा यो एक सुनौलो घडि हो । आफ्नो कार्यनिती लागू गर्ने र धेरै योद्धाहरुको सम्मान गर्ने अनि नेपाली मनलाई ढाडस दिने वा परिवर्तनको कम्युनिस्ट स्वाद चखाउने । जे होस अहिले वि.स.२००६ सालमा गठित दलले आफ्नो जिवनको ७१ वर्ष पार गरेको छ । अनि एक युगमा एक दिन परिवर्तको आशा वोकेर आएको छ । यसले नेपालको राजनीतिमा मात्र होईन, विश्व कम्युनिस्ट आन्दोललाई एउटा दिशा दिनेछ । यो अपेक्षा र आशा अझै वढि नेपाली कम्युनिस्टहरुमा परेको छ । विश्वमा आशा जगाई दिने छ । विचमा हुने केही चुनौतिलाई विर्सिने हो भने एकिकरण पछिका केही जोड घटाउमा नअल्मलिने हो भने, धेरै उपलव्धीका विचमा नेकपा छ । यी एकीरण भएका दलका ठुला नेतादेखि संगठित सदस्यसम्म अनि सुभेच्छुकसम्म पनि यसको समयमै निराकरण गर्नु र आशाको किरण छर्नु अहिलेको आवश्यकता हो । यसमा सवैको प्रतिवद्धता आवश्यक छ ।
एकिकरणपछि उठेका सवालहरु
यसले दिन खोजेको परिवर्तन के हो ? कम्युनिस्ट शासन नै हो वा होईन
नेपाललाई धेरै पटक स्वीजरल्याण्डसंग होस् वा अन्य कुनै विकसित मुलुकसंग नजोडिएको होईन । हुन त विकासको विषयमा धेरै पटक चीन र भारत नजिक रहे पनि उनीहरुको कार्डको आधारमा विकासको योजना नवन्ने गरेको पनि होईन । तर पछिल्लो समय नेपालका नेताहरुलाई सिंगापुरमा ३१ वर्ष शासन गर्ने शासक लिक्वान यु जस्तो नेता वन्न वा दललाई खोज्न नागरिक स्तरवाट आवाज नआएको पनि होईन । अहिले विशेषगरी नेपालमा कम्युनिस्टले सत्ता संचालन गरिरहँदा माओको आत्मसाथ गर्ने हुन् वा देङले चीनमा ८० को दशकमा गरेको परिवर्तनको वाटो पो अवलम्वन गर्लान् कि ? भन्ने धेरै शंका वा संसय वा आशा प्रकट वेला वेला हुने गरेका छन् । स्वाभाविक रुपमा नेपालका कम्युनिस्ट समाजवाद चाहन्छन, त्यो पनि एकाईसौं सताव्दीको । अझै यसमा पनि प्रतिस्पर्धावाट श्रेष्ठताको आधारमा भन्नुको अर्थ यहाँ पुरै माओवादको अभ्यास लागू गर्न समयले धेरै कोल्टो फेरिसक्यो वा अर्को शव्दमा भन्दा अहिले त्यो वातावरण छैन । वा साम्यवादको विषयमा अझै कार्यदिशा तय हुन धेरै विचार विमर्श बाँकी छ ।
यसैले घुमाउरो अर्थमा आधुनिक नेपाल निर्माणका निर्माता वन्नुछ । यो देश र आम नागरिकको संमृद्धिसंग जोडिएको विषय हो । यसमा टेकेर नै अर्को परिवर्तको वाटो प्रसस्त गर्न सकिन्छ । यो नेपाल कम्युनिस्ट पार्टीको पोल्टामा आईपुगेको छ । यो ७१ वर्षका सवै प्रकारका क्रान्तिको उपलव्धी हो । अहिलेको विश्व परिवेश छिमेकी मित्रहरुको अवस्था वा नेपालको अहिले परिस्थितिको आंकलन गर्दा लि क्वान युको भन्दा उन्नत खालको शासन पद्धतिको आवश्यकता देखिएको छ । सिंगापुरका राष्ट्रनायक मानिने लि क्वान युले ३१ बर्षसम्म सिंगापुरका प्रधानमन्त्री रहेका लि क्वानले मुलुकलाई एउटा समुद्री तटीय शहरबाट विश्वकै उदीयमान अर्थतन्त्रको रुपमा परिणत गराएका थिए । लि क्वान सन् २०११ सम्म प्रधानमन्त्रीको रुपमा सक्रिय थिए । सानो टापु मुलुक सिंगापुरलाई विश्वकै समृद्ध देशको रुपमा बदल्न लि क्वानको भुमिका अतुलनीय मानिन्छ । उनलाई सिंगापुरका राष्ट्रपितासमेत भन्ने गरिन्छ । केही आलोचकले भने उनको तनाशाही शैलीलाई खुबै आलोचना गरेका थिए । लि क्वानको पालामा खासगरी मौलिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाइएको थियो । यो वाटोवाट अघि वढ्ने मौका धेरै नजिक छ । तर जस्ताको तस्तै यहाँ लागू हुने अवस्था छैन र हुनुहुदैन पनि । उनले गरेका केही महत्वपूर्ण आधार भने अपनाउन सकिन्छ ।
भ्रष्टचारीलाई निसाना, नागरिकका लागि उत्साह र प्रेरणाको जवरजस्ती प्रसार, पेशागत संगठनहरुको निस्तेजिकरण मजदुर आन्दोलनको व्यवस्थित प्रणाली लगाएतका केही अनुसरण गर्न सकिने अवस्थाहरु छन् । द्धन्द्धात्मक भौतिकवादलाई आत्मसाथ गरेर अघि वढकोले यसमा अझै धेरै वैज्ञानिक आधार र उपाएको खोजी गर्नुपर्ने आवश्यकता छ । यो अझै परिस्किृत र समय सुहाउँदो वन्न सक्छ । यसतर्फ अझै धेरै विमर्शको आवश्यकता छ । समृद्धिमा आधारित कम्युनिस्ट समाजवादमा पुग्ने लक्ष र योजना निर्माण अहिलेको आवश्यकता हो । यो नै अहिलको वाटो हो ।
के नेकपाले नेपालका सवै कम्युनिस्टहरुको भावनाको कदर गर्न सक्ने ठाउँमा छ ? रहला ?
अव उच्च मनस्थिति, अदम्य शाहस र नकरात्मक टिका टिप्पणीलाई पैतालामुनी राखेर अघि वढ्नुको विकल्प छैन । यसैवाट सवै कम्युनिस्ट सदस्य वा नेपाली मनको भावनाको कदर हुन्छ । को कुन पदमा आशिन भयो र छ भनेर गणित हेर्ने वेला यो होईन । यो नेपालको ईतिहाँसमा भिमकाय पाटी हो । यहाँ धेरै भावनाको कदर हुनुपर्ने र सोही अनुसारको व्यवहार प्रदर्शित हुनु आवश्यक छ । समग्र विश्वलाई नै एकपटक यो एकीकरणले सायद आश्चर्य पारेको थियो । यसवाट यहाँसम्म आउँदाका अवधीलाई वस्तुनिष्ठ ढंगले आंकलन गर्नु र आशाको संचार गर्नु अहिलेको आवश्यकता हो । यो पनि हुन सक्छ र भन्नेहरुलाई कतै सपना जस्तो त कतै यो केही दिनको लागि जस्तो देखिन सक्छ । अहिलेको खटपटले कतै होकि भन्ने जस्तो पनि गराउला तर नेपालका कम्युनिस्टहरु धेरै पटक फुट र गुटको छहरामा छाटिएर समुन्द्रमा पुगेको सालिन सर्लक्क परेको ढुङ्गा जस्तो वनेका छन् । अर्कोतर्फ ७१ वर्षको लामो संघर्ष, वलिदानी र वहसले यो ठाउँमा पुर्याएको हो । यसैले यसमा सहभागि दल वा यसका नेता कार्यकर्ता धेरै कठोर यात्रामा निस्किएका सिपालु यात्री वनेका छन् । यसले एक अर्कालाई सदा सहयोग पुग्ने र पुरयाउने गरी । यति भनि रहँदा साँच्चै सवै यस्तै होलान् त ? अहिले एकले अर्कोलाई भित्तैमा पुर्याउने खालको जस्तो देखिने गतिविधीले यो तर्कलाई वल त पुर्याएको होला तरनेताहरुले आश्चर्य चकित पार्ने गरि नेपाली जनतालाई खुसी वाँड्न पनि सिपालु छन् प्रमाणित गर्ने छन् ।
कम्युनिस्टहरु गतिशिलता रुचाउँछन् अनि उनीहरु यथास्थितीमा रमाउन मान्दैनन् । यसलाई आत्मसाथ गर्ने हो भने यो एउटा प्रयोग हो अझै राम्रो उपलव्धी हासिल गर्नको लागि । यसमा रहेका केही व्यक्ति वा पात्र वा प्रवृतिले अवको वाटो धमिल्याउन सक्दैन । यो आत्मसाथ गरेर अघि वढ्नुको विकल्प छैन । अध्यक्ष केपी शर्मा ओलीले हिन्द माहासागर वनेको वेला वाग्मती खोज्नु र अध्यक्ष प्रचण्डले तरेको पुल काटिइ सक्यो अव अघि वढ्नुको विकल्प छैन भन्ने भनाईले यो पुष्टि गरेको गर्ने छ अनि अझै शक्तिसाली एकतावद्ध नेकपा अघि लम्कने छ । कार्ल माक्सले प्रतिपादन गरेको द्धन्द्धात्मक भौतिकवादले नेपाली कम्युनिस्टहरुको वनोटमा यु टर्न गरेको छ, यो अझै सुद्रिढ छ । टुट फटलाई द्धन्द्ध मानेको देखिने परिस्थितिवाट एकता र विजयउन्मुख यात्रामा अघि वढ्नेसम्म । अहिलेसम्म नेकपाभित्रका उतार चढावको नियाली रहेका आम कार्यकर्तामा पक्कै पनि निराशा र सपनाको देहबसान नेताहरुवाट हुन सक्दैन । यो विश्वासमा आम नेपाली रहेका छन् ।
नेकपाले र आम नेपाली सपनाको मुर्त आकार दिन सक्ला ?
नेपालमा राणा शासनको अन्त्यपछि राजनितिक दलहरुको गतिविधी व्यापक हुन थाल्यो । जसले दलगत मत तयार गर्यो । यो धेरै लामो समय टिक्न सकेन । तरपनि मत शुसुप्त रुपमा रहिरहयो । नागरिक स्वभाविक रुपमा स्वतन्त्रता चाहने प्राणी हो । यसैले यहाँ राजा महेन्द्रको दमन कालमा पनि राजनैनिक गतिविधी चलिरहे, जो नेपालको राजनितिक ईतिहाँस धेरै उतार चढाव पूर्ण रहयो । २०३६ सालमा पूरा हुन नसकेको क्रान्तीको वाँकी भाग पूरा गर्न २०४७ साल कुर्नुपर्यो । त्यसपछिको दलगत विकास ज्यादै तिव्र गतिमा विकास भयो । जो २०७५ सम्म आई पुग्दा कांग्रेसको वहुमतको सरकार, सरकार संगै संसदको विघटन, एमालेको अल्पमतको सरकार, माओवादी जनयुद्ध, संसद पुनःस्थापना, संविधान सभाको पहिलो र दोश्रो निर्वाचन, संविधान निर्माण, स्थानीय तह, प्रदेश र संघको सवै निर्वाचन सम्पन्न भएका छन् । यसवाट विशेषगरी नेकपा एमालेलाई अल्पमतको सरकार निर्माण गर्ने अवसर होस् वा फुटको संघार वा तेश्रो दल वा दोश्रो र अहिले पहिलो सवै महशुस वा भोगाई संगालेको पाको पार्टी वनाएको छ । अर्कोतर्फ माओवादी केन्द्र जसको युद्धवाट सत्ता प्राप्तीको वाटो, देशको पहिलो दल, तेश्रो दल जस्ता धेरै सिकाई र अवस्था वाट गुज्रेर यो ठाउँमा आउँदा पाको र जिम्मेवार दल वनायो ।
यो भन्नुको अर्थ दल अमुक मात्र होईन, त्यसमा रहेका सवै नेता कार्यकर्ता अनि आम नेपाली नागरिकले वुझ्ने गरी त्यो महशुसिकरण भएको छ । यसले यी दलका नेता अध्यक्ष जसले पार्टीको सम्पूर्ण नेतृत्व गरिरहनु भएको छ उहाँहरुलाई यो ठाउँमा पुग्न वाध्य वनायो वा अवसरको सृजना गर्ने ढोका आफै खोल्ने मन जगायो । सवै खालका अवस्थाको सामाना गरेर अव एक सुनौलो ढोका उघ्रेको छ । जुन आधुनिक नेपालका निर्मता नेताद्धय वन्ने वा उहाँहरुले हाँकेको पार्टीले यो देशको युगिन जिम्वेवारी निर्वाह गर्ने । यो यदी दुई नेता वा पार्टीले नगरेको भए यो देशमा कुनै न कुनै शक्ति वा दलले अवश्य गर्नेवाला थियो । यो केही समयको ढिलो चाँडो किन नहोस् । यसैले यो युगिन महत्व र समयको मागलाई वुझेर गर्नु नै पर्ने कामको ढोका खुलेको छ । त्यसैले जानेर वा नजानेर वा महशुस भएर वा नभएर गर्न सकेर वा नसकेर चाहेर वा नचाहेर यो महान अभियानको यात्री वन्नुको कुनै नेपालीलाई विकल्प छैन । यसैले यो हाम्रै पालामा हाम्रै पहलमा र हाम्रै पार्टीले गर्नु कम्युनिस्टहरुको सपना साकार भएको हो । यसैले यो हुनु थियो, आजै हुनु थियो, अहिले नै हुनु थियो, भयो । यसलाई सफल वनाउनु तपाई हाम्रो दायित्व हो । अव सवै कार्यकर्ताले खवरदारी गर्नु पर्ने र यो सफल नेकपा बनाउनु पर्ने समय हो ।
अहिले शक्तिशाली वन्ने योजनामा हो नेकपा ?
यो अहिलेको आम कम्युनिस्ट पार्टीका कार्यकर्ता वा आम नागरिकको प्रश्न हो नेकपा वलियो बन्दै छ ? पूर्वनेकपा एमालेले स्थानीय तहदेखि केन्द्रसम्म चुनावमा परिणाम हासिल गरिसकेपछि उसले चलाउने राज्य सत्ता अन्य दलले चलाएको भन्दा किन फरक हुन सकेन भन्ने प्रश्न पार्टी पंक्तीभित्र व्यापक उठ्यो । पूर्वमाओवादी केन्द्रमा पनि यही कुरा उठ्यो। पार्टीले उठाएर जितेका सवै जनप्रतिनिधीहरुले पाटीको कुन विधी अन्तरगत काम गर्ने ? उनीहरुले गरेको कामलाई अनुगमन गर्ने को वा जनपक्षीय काम भयो भएन त्यसको अनुगमन वा निर्देशन दिने को ? पार्टी फस्ट हो की सत्ता वा त्यहा पुग्ने व्यक्ति के पार्टीको निर्देशन मान्नु पर्दैन । त्यो वार्ड अध्यक्षदेखि अहिलेका प्रधानमन्त्रीसम्मले । यी यावत प्रश्नहरु उठीरहँदा सत्ता प्राप्तीसम्म ठुलो योजना वनाएर लागेका कम्युनिस्ट पार्टीहरु सत्ता प्राप्ती पछि के गर्ने र त्यो सत्तालाई दिगो र आम नागरिकको भावना जित्ने गरि कसरी चलाउने भन्नेमा अन्योल ग्रस्त देखिए । यसलाई समयमै ध्यान पुर्याउनु पर्ने अवस्था छ र थियो । उता सामान्यदेखि सामान् सम्मका राजनितिक नियुक्ति र सल्लाहकार नियुक्तिसम्ममा मत वाझिने अवस्थाले पार्टीभित्र विधिको अवलम्वनको टड्कारो खाँचो देखिएको छ ।
यो अवस्थामा कतै हिरोईजम खोज्ने वा कुनै मन्त्री वा कुनै स्थानीय सरकार प्रमुख वा प्रधानमन्त्रीले मिराकल गर्ने अड्कल वाजीमा पनि सत्ता संचालन नभएको भने होईन । उता सत्ताको वागडोर सम्हालेकाहरुका समस्या अवस्था के छ ? यो अवस्थामा समेत चासो राख्ने र समाधानको पहल गर्ने को ? समग्रमा नेकपाको अझै पनि एकता वद्ध शत्तिशाली पार्टी हेर्ने अभिलाशा आम कार्यकर्ताको वाँकी नै छ। नेपाल कम्युनिस्ट पार्टी निर्माण हुँदा केही निराशा, कतै संकोच अवस्य देखिएको छ । यो समयमा स्पष्ट खाका खोज्न धेरै कठिनाई देखिएको छ । तर अव चीनमा अभ्यास हुने पार्टी फस्टको सिद्धान्त र त्यसको विचार धारा वा कंग्रेसमा पारित निती सत्तामा लागू गर्ने अभ्यास कतिसम्म सफल हुने हो ? त्यसको लागि राम्रो वहसको थालनी आवश्यक छ । अर्कोतर्फ प्रजातान्त्रिक मुलुकहरुमा लागू भएका सरकारी विधि जो जुन सुकै दलआए पनि त्यती तात्विक फरक हुँदैन कार्यान्वयनको शिलशिला वाहेक । यस्ता विधिको विषयमा राम्रो वहस छलफल आवश्यक छ । यदी विधिवत तवरले जाने हो भने वन्ने संगठनात्मक पद्धति, नेतृत्व विकासको चरण र अभ्यास यसले पूरा गर्नुपर्ने कोर्शमा धेरै ध्यान दिनु आवश्यक छ ।
समाजवादमा पुग्नको लागि गर्नुपर्ने वहस अझै वाँकी छ । तर नगरि हुँदैन । यो अहिले नै वनि नहाले पनि यसको विषयमा हाम्रो अव वन्ने पार्टी वैचारिक विश्वविद्यालयमा यसको निर्माण हुनु आवश्यक छ । आफ्नो सिद्धान्त नभेटिदासंगै हराएको राप्रपा अनि कांग्रेस जस्तो अवस्था नेकपा नदेखियोस भन्ने आम कार्यकर्ताको चाहना छ । जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको वहुदलीय जनवाद धेरै वैज्ञानिक दर्शन रहेको छ । यसलाई अझै परिस्कृत वनाउन तत्कालिन माओवादीले अवलम्वन गरेको एक्काईसौं सताव्दीको जनवादको विषयलाई पनि समेटेर अवको कार्यनितिक पाटो निर्माण गर्न सकिन्छ । यस विषयमा तत्काल वैचारिक वहस थाल्नु आवश्यक छ । यसले नै संगठनात्मक संरचना नेतृत्वको विकासक्रम अनि सत्ता संचालनको विधी तय गर्न सहज हुने छ ।
निश्कर्ष
विश्व परिवेशमा तरगं उत्पन्न गराउदै जुन एमाले र माआवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी निर्माण भयो । यो एक मिराकल भयो, केपी ओली र प्रचण्डको हिरोईजम उत्कर्षमा पुग्यो । तर यसको अनुभुति आम नागरिकमा आउने समयमा गर्नु पर्ने साझा पहलकदमीलाई वेवास्ता गरेर वहुमत र अल्पमतको खेलमा लाग्न मिल्ला ? अहिले एकले जित्ने र अर्कोले हार्ने खेल खेल्ने समय हो र ? महाधिवेशन आउँदैन र ? यसले के आम नेपाली नागरिक कार्यकर्तालाई उत्साह थपेको छ ? वा तपाईहरुको पद पाउने लडाईले दुई वर्ष अघि गरेको प्रतिवद्धतालाई धुलोमा नमिसाउला ? यस्तो काम बन्द हुनुपर्छ । सरकार वा पार्टीको नेतृत्व परिवर्तनमा लागेर आफ्नै सर्वनाश निम्त्याउने काम नेताहरुबाट पक्कै हुँदेन । नेताहरु धेरै अनुभवी र खारिएको हुनुहुन्छ । नेकपा सशक्त र एकजुट वलियो सरकारसहित निस्किने छ । अवका वहस छलफलवाट सरकार ढाल्ने वा वनाउने भन्ने घृणित खेलवाट मुक्त हुनुपर्छ। नेपाली नागरिकमा अहिले संमृद्धिको हुटहुटी चढेको छ । यो कुनैपनि वादवाट किन पुरा नहोस् यसको उचित उपयोग अहिलेको नेपाल कम्युनिस्ट पार्टीले गर्न सक्नुपर्छ संमृद्धिको वाटो भएर समाजवाद पुग्न ।
प्रतिक्रिया दिनुहोस्