जनता टाइम्स

४ असार २०७७, बिहीबार १६:१०

प्रधानमन्त्री ओलीले खोल्नुभयो एमसिसीदेखि महाकाली सन्धिसम्म बिरोध गर्नुको रहष्य : यस्तो छ तथ्य


काठमाडौं, असार ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसी संझौता पढेर मात्रै आफ्नो धारणा बनाउन सुझाव दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सो सुझाव दिनुभएको हो ।

‘एमसिसी पढेको मान्छे मैले त्यत्ति भेटिन, पहिला पढनोस । पढने भन्दा हल्लाको भरमा कुदने र जसरी हुन्छ बिरोध भनेर खुट्टाले टेकेर हिडनुको साटो टाउकोले टेकेर किन आफूलाई दुःख दिने ? लहैलहैमा लागेर अमेरिकी सेना आउने भयो भनेर कुदने किन ? पहिला एमसिसी संझौता पढेर यहाँ यहाँ कमजोरी रहेछ भनौं न,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कसैको लहैलहैमा लागेर किन दुःख पाउने ? पढे हुन्थ्यो नि संझौतामा के लेखेको छ ? कि यस देशमा बिकाश हुन लाग्यो भन्ने चिन्ता हो ? कि यो देशमा अनुदान आउन लाग्यो भन्ने चिन्ता लाग्यो ।’

उहाँले इतिहासमा दर्ज हुने गरी गहन अध्ययनसहित आफ्नो धारणा राख्न पनि सांसदहरुलाई सुझाव दिनुभयो । ‘संसदका जनप्रतिनिधिले इतिहासमा दर्ज हुने गरी बोल्नु पर्दछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘ देश चलाउछु भन्ने ब्यक्तिहरुले लहलहैमा होइन, तथ्यका आधारमा राख्नुपर्छ ।’ उहाँले महाकाली सन्धिको बिषयमा तात्कालिन एमालेका नेताहरुले देखाएको दोहोरो चरित्रबारेको रोचक तथ्यसमेत राख्नुभयो ।

‘एक समय महाकाली सन्धिको बिषयमा यति आँधी हुरी मच्चियो कि म चकित परें, दुई सरकारको बीचमा हस्ताक्षर हुँदा हामी सरकारमा नभए पनि हाम्रो पार्टीका नेतृत्व उपस्थित थियो । प्रणव मुखर्जीले हस्ताक्षर गर्ने बेलामा कलम समातेपछि पनि तो मे साइन करु भनेर हामीलाई सोधेका थिए । पहिला चार पटक सोधे पनि । पछि हँ हँ साइन किजिए भन्ने साथीहरु नै बिच्कएपछि मैले अलिकति कडा भाषा प्रयोग गरेक ाथिए, त्यो बेला हामीले गाँजा भाङ त खाएका थिएनौं त्यो बेला भनेर,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले आफूले अभिभावकत्व लिएको बालबालिकाको पढाइको जिम्मा लिने प्रतिवद्धता पुनः दोहोर्याउनु भयो । ‘मैले अभिभावकत्व लिएको बिद्यार्थीलाई काठमाडौंमै ल्याएर शैक्षिक बोडर्स गर्ने, आमा बाबुलाई नै काठमाडौं ल्याउने प्रबन्ध गरेको थिए । सिरहामा सैक्षिक अभिभावकत्व लिएकालार्य पनि त्यसै गरी पढाउने भन्ने सोचेका थिए । तर लकडाउनकोकारणले त्यो पूरा हुन सकेन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मैले शैक्षिक अभिभावकत्व लिएका सवैको शिक्षा अगाडि बढछ । यसै अनुसारको प्रगति गर्दै अघि बढने छन । अन्य गरिव जेहेन्दार बिद्यार्थीलाई पनि हेरिनेछ ।’

उहाँले अनलाइन शिक्षा संभव भएको ठाउँमा अघि बढाइएको र अन्यलाई आवश्यक पढाईको ब्यवस्था गर्ने जानकारी पनि दिनुभयो । ‘संभव हुने ठाउँका लागि अनलाइन शिक्षा सुरु गर्यौं । त्यो सवैलाई संभव छैन । हुन सकेको ठाउँमा अनलाइन शिक्षा, अफलाइन शिक्षा, रेडियो शिक्षा, टेलिभिजन शिक्षा पुर्याउने कोशिष गरेका छौं, सवै ठाउँमा इन्टरनेट पुर्याउने प्रयाशमा छौं । तर जहाँ पुगेको छैन, त्यहाँ पुर्याउने प्रयाशमा छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले सरकारको प्रयाशकै कारण नेपाल बिभिन्न क्षेत्रमा प्रगतितर्फ अगाडि बढेको बताउनु भयो । ‘सडकमा भिखारी देखिने युग समाप्त भएको छ, बालबालिका सडकमा देखिने युग समाप्त भएको छ, यसैगरी निरक्षर नरहेको देश भनेर प्रमाणित गर्ने छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यस बर्ष साक्षर बनाउन संभव भएन, अर्काे बर्ष हामीले पर्खनुपर्छ । अर्काे बर्षबाट नेपाल निरक्षर नरहेको अवस्थामा पुर्याउने छौं । यो बर्ष गर्ने भनेका थियौं, त्यो संभव नहुने देखियो । अर्काे बर्ष चाँहि पक्का हुन्छ । हामी एक स्टेप अगाडि बढने छौं ।’